समाचार

अर्थतन्त्रको संरचनात्मक परिवर्तनको लागि सीमान्तकृत वर्गलाई लक्षित गरेर नयाँ कार्यक्रम ल्याउनु पर्छ ः पुर्व अर्थसचिव डा. सुबेदी

२५ वर्ष नेपालको सरकारी सेवामा विताउनु भएका पूर्व अर्थसचिव डा. शान्तराज सुबेदीले अर्थ सचिव, सह सचिव, आन्तरिक राजश्व विभागको उपमहानिर्देशक  तथा प्रमुख कर प्रशासक, प्रमुख जिल्ला अधिकारी तथा सूचना विभागको महानिर्देशकको रुपमा निजामती सेवामा योगदान गर्नुभयो व्यक्तिगत लाभको लागि सरकारी सम्पत्तिको प्रयोगबाट टाढै रहने उहाँ अध्ययन तथा अनुसन्धानमा व्यस्त हुनुहुन्छ । अर्थशास्त्रमा पीएचडी गर्नुभएका सुबेदी […]


बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिनुहुँदैन: प्रम ओली

काठमाडौँ, भदौ २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले शिक्षामा प्रविधिको प्रयोग गरी बालबालिकालाई पढाइप्रतिको रुचि बढाउनुपर्नेमा जोड दिनुभयो । […]


विद्युतीय सार्वजनिक सवारी, बसको आफ्नै यात्रा अनिश्चित

लक्ष्मण दर्नाल / काठमाडौँ, भदौ २८ गते । विदेशबाट आयात हुने पेट्रोल, डिजेलबाट चल्ने गाडी विस्थापन गर्दै स्वदेशी उत्पादनको विद्युतीय ऊर्जा प्रयोग गरी सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको नीति कार्यान्वयनमा आउन अझै धेरै कुर्नुपर्ने देखिएको छ । तीन वर्षअघि २०७५ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले विद्युतीय बसमा यात्रा गरेर विद्युतीय बस सञ्चालनका लागि प्रोत्साहन […]


कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

शेषकान्त पण्डित / काठमाडौँ, भदौ २८ गते । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो […]


सामुदायिक विद्यालयका छात्राका खाता खोल्दै नेपाल बैंक

काठमाडौँ, भदौ २७ गते । मुलुकको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने भएको छ । स्थानीय तहसँग सम्झौता गरी शून्य मौज्दातमा ती छात्राको खाता खोल्ने तथा खोलिएका त्यस्ता खातामा बैंकले उच्चतम ब्याजदर प्रदान गर्नेछ । चाङ्गुनारायण नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका […]


गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही

काठमाडौँ, भदौ २७ गते । औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ ।मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि काठमाडौंका चार र भक्तपुरका एक गरी पाँच उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागले जनाएको हो । काठमाडौँको हाइजिङ सोप एन्ड केमिकलले उत्पादन […]


‘जग्गाकाे कित्ताकाट सम्पूर्ण रुपमा खुला गरेको होइन’: मन्त्रालय

काठमाडौँ, भदौ २६ गते। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला गरेको नभई थप व्यवस्थित र कानून बमोजिम मात्र बनाउन खोजेको स्पष्ट पारेको छ । मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतबाट यस विषयलाई कानुन बनाइ व्यवस्थित गर्न जारी भएको आदेश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझावको आधारमा कित्ताकाटसम्बन्धी […]


अध्यक्षद्वयको प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौं, भदौ २६ गते । नेकपाको स्थायी कमिटिको आजको बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्ष द्वयले प्रस्तुत गर्नु भएको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । पार्टीभित्रको आन्तरिक विवाद चुलिएपछि दुई अध्यक्षले साउन ३० गते ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलले पार्टीको आन्तरिक विवाद सल्टाउने सुझावसहितको विषय तयार […]


नियमित अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढाउने निर्णय

काठमाडौँ, भदौ २५ गते । सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ । यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पिसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने भएको हो । उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, […]


एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौँ, भदौ २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रबन्ध सरकारले गर्ने घोषणा गर्नुभएको छ । एसिड आक्रमणबाट पीडितहरूसँग सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिहरू समेतको उपस्थितिमा गरिएको परामर्शका क्रममा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई त्यसको व्यवस्थापनको निर्देशनसमेत दिनुभएको हो । घटना घटेको अवस्थादेखि सम्पूर्ण उपचार खर्च, […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter