समाचार

नयाँ तीन हजार ५१७ सङ्क्रमितसँगै कुल एक लाख ६८ हजार २३५

काठमाडौं, कात्तिक १४ गते । नेपालमा कोरोना भाइरसका तीन हजार ५१७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५१७ जना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लाे चाैबीस घण्टामा १४ हजार ९०९ नमुना परीक्षण गरिएकाे जनाएकाे छ । थपिएका […]


सुुरु भयो नियमित खोप

राजन रावत / हुम्ला, कात्तिक १४ गते । हिमालपारिको बस्ती लिमीका तीनवटै गाउँका बालबालिकाले पहिलो पटक सबै खालका खोप लगाउन पाएका छन् । यसअघि स्वास्थ्यकर्मी वर्षको एक पटक मात्र उपस्थिति हुँदा जनशक्ति अभावमा सबै खालका खोप नियमित लगाउन पाएका थिएनन् । सबै प्रकारका खोप लगाउन नपाएका बालबालिकाले चाहिने खोप लगाउन थालेपछि अभिभावक पनि खुसी हुन […]


तातोपानी नाका पुनःसुचारु आज एक कन्टेनर सामान भित्रियो

विदुर आचार्य, चौतारा, कात्तिक १३ गते । पटक पटकको अनेकन अवरोधपछि बिहीबारवाट नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । औपचारिक रुपमा बुधबारदेखि सुरु भनिए पनि बिहीबार एक कन्टेनर सामग्रीसहित नाका सुचारु भएको हो । लामो समय बन्द रहेको तातोपानी नाका पछिल्लो पटक असोज १९ गते सञ्चालनमा आएको थियो । सामान आयात गर्ने […]


दुई हजार ३६४ थपिए, तीन हजार ३८ सङ्क्रमणमुक्त

काठमाडौं, कात्तिक १३ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ३६४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ३६४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ७६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ३६४ जनामा […]


ट्राफिक अनलाइन सेवा प्रभावकारी

काठमाडौँ, कात्तिक १२ गते। महानगरीय ट्राफिक प्रहरी महाशाखाले अघिल्लो महिनाबाट सञ्चालनमा ल्याएको अनलाइन सेवा प्रभावकारी देखिएको छ । घरबाटै सेवा लिन सेवाग्राहीहरु अभ्यस्त हुन थालेका छन् । एक महिनामा दुई हजार ५०० बढीले अनलाइनबाटै सेवा प्राप्त गरिसकेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । सवारीसाधान र त्यसका कागजातको सिफारिसका लागि महाशाखा धाउनुपर्ने […]


भारतीय सेनाध्यक्ष नरवणे कात्तिक १९ गते नेपाल आउँदै

काठमाडौं, कात्तिक ११ गते । नेपाली सेनाले भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणेको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले भारतीय सेनाध्यक्ष नरवणे कात्तिक १९ गते नेपाल आउनुहुने जनाएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे चार सदस्यीय भ्रमण दलका साथ नेपाल आउनुहुने निर्देशनालयले […]


पर्यटक आकर्षित गर्न छुट प्याकेज घोषणा

दमौली, कात्तिक ११ गते। आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन् । कोभिड–१९ ले थला परेको बन्दीपुरको पर्यटन व्यवसाय उकास्नका लागि यहाँका व्यवसायीले होटलमा छुट प्याकेज घोषणा गरेका हुन् । चाडपर्वलाई लक्षित गरी सबै होटल तथा रेष्टुरेण्टले १० देखि १५ प्रतिशतसम्म छुट प्याकेज दिइरहेको क्षेत्रीय […]


५७० थपिए, तीन हजार १६८ सङ्क्रमणमुक्त

काठमाडौं, कात्तिक ११ गते। नेपालमा पछिल्लो करिब दुई महिना यताकै सबैभन्दा कम कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा मात्र ५७० जना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दुई हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५७० […]


एक हजार ७४१ थपिए, चार हजार पाँच सङ्क्रमणमुक्त

काठमाडौं, कात्तिक १० गते । नेपालमा कोरोनाभाइरसका एक हजार ७४१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार छ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार छ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७४१ […]


दुई हजार ८५६ थपिए, सङ्क्रमित एक लाख ५८ हजार ८९ पुग्यो

काठमाडौं, कात्तिक ९ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ८५६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ८५६ […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter