समाचार

नेपाल बंगलादेश मैत्रीपूर्ण फुटबलको दोस्रो खेल गोलरहित बराबरीमा टुंगियो

काठमाडौं, मङ्सिर २ गते । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको छ । पहिलो खेलमा २–० को हार बेहोरेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई बराबरीमा रोक्न सफल भएपनि उपाधि आयोजक बंगलादेशले जितेको छ । नेपालले उपाधि हात पार्न दोस्रो खेलमा कम्तिमा २–० को गोल अन्तरले आयोजक बंगलादेशलाई हराउनु पर्ने थियो । […]


दुई हजार ८७८ जना सङ्क्रमण मुक्त, ५०२ जना सङ्क्रमित थपिए

काठमाडौं, मंसिर २ गते । नेपालमा कोरोना भाइरसका ५०२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५०२ जना सङ्क्रमित थपिएको र दुई हजार ८७८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ११ हजार ९७३ […]


तिहारमा बिक्री भएन पाल्पाली ढाका टोपी र झिनियाँ

सुशीला रेग्मी / रामपुर , कात्तिक ३० गते । नेपाली हिन्दूहरुको ठूलो पर्व तिहार अर्थात् भाइटीकाको चहलपहल नहुँदा यस वर्ष गाउँघर प्रायः सुनसान जस्तै देखिन्छन् । यस पटक कोरोना भाइरसको सङ्क्रमणले गर्दा पनि गाउँघरमा तिहारको रौनक छाउन सकेको छैन । त्यसैले यो वर्ष बाहिरबाट भाइटीका लगाउन गाउँ भित्रिनेको सङ्ख्या पनि घटेको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी […]


पर्यटनमन्त्रीद्वारा पर्यटन सूचना केन्द्रको उद्घाटन

सन्तोष राउत / सोलुखुम्बु, कात्तिक ३० गते । सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकास्थित लुक्लामा निर्माण गरिएको पर्यटन सूचना केन्द्रको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराइले उद्धघाटन गर्नुभएको छ । पर्यटन विभागको भ्याटसहित तीन करोड ६३ लाख एक हजार ९५० रुपियाँको लागतमा निर्माण गरिएको भवन मन्त्री योगेश भट्टराईले उद्घाटन गरे पश्चात गाँउँपालिकालाई हस्तान्तरण गर्नुभएको छ […]


प्यूठानमा किवीको व्यावसायिक खेती, प्रति केजी पाँच सय रुपियाँमा विक्री

सुजल श्रेष्ठ / प्यूठान, कात्तिक २९ गते । गौमुखी गाउँपालिका–३ रजबाराका नरेन्द्र मल्लले तीन वर्ष अघि लगाएको किवी फल्न थालेको छ । व्यावसायिक रुपमा खेती शुरु गर्नुभएका मल्लले लगाएको किवी फल्न थालेको हो । “शुरुमा रोपेका बोटहरुमध्ये केही बोटमा फल लागेको छ,” उहाँले भन्नुभयो, “नयाँ फल भएकाले छरछिमेकीलाई पनि चखाउने गरेको छु ।” करिव एक […]


नयाँ पाठ्यक्रम विवादः गणितको मर्म बुझाउँदै गणितज्ञ

प्रकाश सिलवाल / काठमाडौँ, कात्तिक २९ गते । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणितलाई अनिवार्य विषयमा नराख्दा के फरक पर्छ रु यस्ता प्रश्नमा केन्द्रित हुँदै गणितज्ञहरु सरकारका नीति निर्माता र सरोकार भएकालाई गणितको मर्म बुझाएर थाकेका छैनन् । उनीहरु नयाँ पाठ्यक्रम लागू होस् भन्ने पनि चाहन्छन् र अनिवार्यमा थपिएको ‘सामाजिक अध्ययन र जीवनोपयोगी […]


दशैँ-तिहारमा मुगुको राराताल घुम्नेको लर्को

सिञ्जा, कात्तिक २८ गते । कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल राराताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दशैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो । दशैँतिहारको बीचमा आन्तरिक पर्यटकको सङ्ख्या वृृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । कोरोना महामारीले करिब सात महिना सुनसान रहेको रारामा अहिले दैनिक […]


चीन नीतिमा अडिग, पाण्डे समानुपातिमा सिफारिस, थापा सहमहामन्त्री

नारद गौतम / ललितपुर, कात्तिक २८ गते । बीपी कोइरालाको समयदेखि लिँदै आएको चीनसँगको नीतिमा कांग्रेस अडिग रहेको जनाएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सो कुरा स्पष्ट गरेको हो । नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डतामाथि कुनै पनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लङ्घनको विपक्षमा कांग्रेस सधैं अडिग छ र अडिग रहने बैठकले […]


एक हजार ९१३ थपिए, सङ्क्रमित दुई लाख चार हजार २४२ पुग्यो

काठमाडौं, कात्तिक २७ गते । नेपालमा कोरोना भाइरसका एक हजार ९१३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ९१३ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । पछिल्लो चौबीस घण्टामा दुई हजार ३४९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै […]


प्रस्तावित राजदूत अनुमोदितः उच्च तहको भ्रमण गराइने प्रतिबद्धता

काठमाडौँ, कात्तिक २७ गते। संघीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । प्रस्तावित राजदूतको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि समितिको आजको बैठकले उहाँहरुको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । सरकारले अमेरिकामा पूर्वअर्थमन्त्री डा युवराज […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter