समाचार

कक्षा १२ को चालीस नम्बरका लागि अनलाइन परीक्षा हुने

कठमाडौँ, भदौ ३१ गते । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई […]


प्राधिकरणमा कुलमानका चार वर्ष : डुब्नै लागेकाे संस्था खूद नाफामा

काठमाडौँ, भदौ ३० गते। नेपाल सरकारका सार्वजनिक संस्थानमा को कसले राजनीतिक नियुक्ति लिएर आउँछ भन्ने कुराको चासो आम मानिसलाई हुँदैन । ती संस्थामा पुग्ने मानिस कोही चर्चाको शिखरमा पुग्ला वा नपुग्ला त्यो कर्मले निर्धारण गर्दछ । नागरिकलाई सेवा दिने लक्ष्यका साथ सरकारले स्थापना गरेका अधिकांश सार्वजनिक संस्थानले जनतालाई सेवा दिएको र नाफा कमाएको पाउनसमेत मुस्किल […]


सरकारको प्रवक्तामा ज्ञवाली, प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा खतिवडा, लामाे दूरीका बस असाेज १ बाट चल्ने

लक्की चाैधरी / काठमाडौं, भदौ ३० गते । आन्तरिक हवाई उडान तथा लामो दूरीका यातायातका साधन असोज १ गतेदेखि चल्न दिने सरकारले निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार नियमित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो । आन्तरिक हवाई उडान सञ्चालन गर्दा र लामो तथा छोटो दूरीका यातायात सञ्चालन गर्दा स्वास्थ्य […]


अर्थतन्त्रको संरचनात्मक परिवर्तनको लागि सीमान्तकृत वर्गलाई लक्षित गरेर नयाँ कार्यक्रम ल्याउनु पर्छ ः पुर्व अर्थसचिव डा. सुबेदी

२५ वर्ष नेपालको सरकारी सेवामा विताउनु भएका पूर्व अर्थसचिव डा. शान्तराज सुबेदीले अर्थ सचिव, सह सचिव, आन्तरिक राजश्व विभागको उपमहानिर्देशक  तथा प्रमुख कर प्रशासक, प्रमुख जिल्ला अधिकारी तथा सूचना विभागको महानिर्देशकको रुपमा निजामती सेवामा योगदान गर्नुभयो व्यक्तिगत लाभको लागि सरकारी सम्पत्तिको प्रयोगबाट टाढै रहने उहाँ अध्ययन तथा अनुसन्धानमा व्यस्त हुनुहुन्छ । अर्थशास्त्रमा पीएचडी गर्नुभएका सुबेदी […]


बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिनुहुँदैन: प्रम ओली

काठमाडौँ, भदौ २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले शिक्षामा प्रविधिको प्रयोग गरी बालबालिकालाई पढाइप्रतिको रुचि बढाउनुपर्नेमा जोड दिनुभयो । […]


विद्युतीय सार्वजनिक सवारी, बसको आफ्नै यात्रा अनिश्चित

लक्ष्मण दर्नाल / काठमाडौँ, भदौ २८ गते । विदेशबाट आयात हुने पेट्रोल, डिजेलबाट चल्ने गाडी विस्थापन गर्दै स्वदेशी उत्पादनको विद्युतीय ऊर्जा प्रयोग गरी सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको नीति कार्यान्वयनमा आउन अझै धेरै कुर्नुपर्ने देखिएको छ । तीन वर्षअघि २०७५ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले विद्युतीय बसमा यात्रा गरेर विद्युतीय बस सञ्चालनका लागि प्रोत्साहन […]


कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

शेषकान्त पण्डित / काठमाडौँ, भदौ २८ गते । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो […]


सामुदायिक विद्यालयका छात्राका खाता खोल्दै नेपाल बैंक

काठमाडौँ, भदौ २७ गते । मुलुकको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने भएको छ । स्थानीय तहसँग सम्झौता गरी शून्य मौज्दातमा ती छात्राको खाता खोल्ने तथा खोलिएका त्यस्ता खातामा बैंकले उच्चतम ब्याजदर प्रदान गर्नेछ । चाङ्गुनारायण नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका […]


गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही

काठमाडौँ, भदौ २७ गते । औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ ।मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि काठमाडौंका चार र भक्तपुरका एक गरी पाँच उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागले जनाएको हो । काठमाडौँको हाइजिङ सोप एन्ड केमिकलले उत्पादन […]


‘जग्गाकाे कित्ताकाट सम्पूर्ण रुपमा खुला गरेको होइन’: मन्त्रालय

काठमाडौँ, भदौ २६ गते। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला गरेको नभई थप व्यवस्थित र कानून बमोजिम मात्र बनाउन खोजेको स्पष्ट पारेको छ । मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतबाट यस विषयलाई कानुन बनाइ व्यवस्थित गर्न जारी भएको आदेश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझावको आधारमा कित्ताकाटसम्बन्धी […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter