
तारानाथ आचार्य / बलेवा, असोज ११ गते । आज विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम हुन्थे । कोभिड–१९ को त्रासदी हटेको छैन । प्रविधिको प्रयोगमार्फत हुने कार्यक्रमबाहेक बागलुङमा कुनै पनि कार्यक्रम भएनन् । पर्यटनका हिसाबले भरपुर सम्भावना […]

पोखरा, असोज १० गते। पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्थाले यस वर्ष भने कोभिड–१९ कारण पर्यटन केन्द्रित कार्यक्रमको आयोजना गरेका छैनन् । हरेक वर्ष सेप्टेम्बर २७ मा बाजागाजा, झाँकीसहित पोखरा विमानस्थल र पर्यटक बसपार्कमा पर्यटकलाई ढाकाटोपी […]

काठमाडौँ, असोज १० गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार […]

काठमाडौँ,असोज ९ गते।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले महिलाको नेतृत्व बढाउनु मात्र नभई टिकाउनु पनि आजको चुनौती भएको बताउनु भएको छ । सामाजिक सेवा दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घले आज जुममार्फत आयोजना गरेको सामाजिक क्षेत्रमा महिलाको भूमिका विषयक बहस कार्यक्रममा उहाँले भन्नुभयो, “महिलालाई नेतृत्व तहमा ल्याउनु मात्र नभई उनीहरुको आर्थिक विकास आजको […]

काठमाडौँ, असोज ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आह्वान गरेको पर्यटनउपज साझेदारी कार्यक्रममा देशभरबाट ७१३ वटा आयोजनाका आवेदन परेका छन् । मन्त्रालयले सङ्घीयताको मर्मअनुरुप स्थानीय, प्रदेश र सङ्घ तीनै तहको लागत साझेदारीमा काम गर्ने गरी गत भदौ १ मा पर्यटन पूर्वाधारका कार्यक्रम माग गरेको थियो । भदौ महिनाभरिको समयसीमा तोकेर गरिएको कार्यक्रम […]

सन्तोष राउत / सोलुखुम्बु, असोज ८ गते । नेपालका हिमाल आरोहणका लागि नेपाल आउनुभएका बहराइनका राजकुमारको टोली बिहीबार सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आइपुगेको छ । टोलीले सोलुखुम्बुको छ हजार ११९ मिटरको उचाईं रहेको लुबुचे हिमाल आरोहण गर्नेछ । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफाको १५ सदस्यीय टोली र तीन बेलायती नागरिकको टोली लुक्ला […]

काठमाडौँ, असोज ८ गते । नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । इजरायलको नर्सिङ क्षेत्र(अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र)मा नेपाली केयर गिभर लैजाने सम्बन्धमा सम्झौता हुन लागेको हो । सम्झौतापत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र […]

काठमाडौँ, असोज ७ गते । सरकारले देशभरका १५ वटा सरकारी अस्पतालमा गरिब तथा विपन्न वर्गलाई आकस्मिक सेवा निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यविधि बनाएर निःशुल्क सेवा प्रारम्भ गरेको हो । पहिलो चरणमा राष्ट्रिय ट्रमा सेन्टर र कान्ति बाल अस्पतालले निःशुल्क आकस्मिक स्वास्थ्य सेवा सुरु गरेको छ । सरकारले यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत […]

काठमाडौँ, असोज ७ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो । त्रिविले विद्यार्थीलाई पायक पर्ने ठाउँबाट नै […]

गलेश्वर,असोज ६ गते। म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह विक्रीबाट रु ४० लाख भित्राएका छन् । कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा एक सय घार, रुम भन्ने ठाउँमा ६०, जिर्जा भीरमा ५०, पन्थेडम्बार भीरमा ४० घार काटेर मह निकालेको मह ब्यापारी समेत रहनुभएका स्थानीयवासी चित्र छन्त्यालले बताउनुभयो । […]