समाचार

आगामी चार दिन यो वर्षकै धेरै पानी पर्ने, सावधान रहन आग्रह

नारायण ढुङ्गाना / काठमाडौँ, असार २४ गते । मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ । असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान […]


उपत्यकामा २८ सहित थप २०४ सङ्क्रमित, कुल १६ हजार १६८

काठमाडौँ, असार २३ गते । पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । आज देशभर छहजार १३३ जनाको पीसीआर परीक्षण गरिएकोमा सङ्क्रमित सङ्ख्या २०४ आएको हो । योसँगै जम्मा […]


बिना मास्क बाहिर निस्कने र सामाजिक दूरी मिच्नेलाई पक्राउ गर्न सक्ने

काठमाडौँ, असार २२ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण समुदायस्तरमा बढ्दै गएपछि स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना नगर्नेमाथि सरकारले कडा कारबाही गर्ने नीति लिएको छ । बन्दाबन्दीको स्वरुप परिवर्तन गर्दै सरकारले स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी निश्चित व्यवसाय सञ्चालन लागि खुला गरे पनि त्यसको पालना नगरेको जनगुनासो बढेपछि गृह मन्त्रालयले कडा नीति लिन लागेको […]


कृषि ऋणमा दुई प्रतिशत ब्याज छुट !

भरतपुर, असार २२ गते । भरतपुर महानगरपालिकाले २५ लाख रुपियाँसम्मको कृषि ऋणमा २ प्रतिशत ब्याज सहयोग गर्ने भएको छ । ‘भरतपुर कृषकमैत्री ऋण’ कार्यक्रम लागू गर्दै महानगरले कोभिड–१९ बाट प्रभावित किसानको उत्थानका लागि यो कार्यक्रम लागू गरेको हो । महानगर कृषि महाशाखाका प्रशासकीय अधिकृत विनोद लामिछानेले किसानका लागि लक्षित गरी महानगरले ‘भरतपुर कृषकमैत्री ऋण’ कार्यक्रम […]


बन्दाबन्दीबीच नमूना जनगणना सकियो, खासै अवरोध भएन

शान्ति लामा / काठमाडौँ, असार २१ गते । आगामी १२ औँ राष्ट्रिय जनगणनाको तयारीका लागि गरिएको नमूना (पाइलट) जनगणनामा १० हजार घरपरिवारको विवरण सङ्कलन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । नमूना जनगणनाको गणना क्षेत्र नक्साङ्कनका अनुसार ११ हजार ६१० घरपरिवारको सर्वेक्षण गर्ने लक्ष्य राखिएको थियो । कोरोना कहर र लकडाउनबीच तीन महिना ढिलो गरी […]


उपत्यकामा ३० सहित थप २९३ सङ्क्रमित, कुल १५ हजार ७८४; छ हजार ५४७ डिस्चार्ज

काठमाडौँ, असार २१ गते । पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छन् । योसँगै कुल सङ्क्रमित १५ हजार ७८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । यस्तै काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ३० पुगेको छ । काठमाडौँ जिल्लामा २७, ललितपुरमा दुई र भक्तपुरमा […]


नेतृत्वलाई दबाब दिन युवा नेता सक्रिय, कतै छलफल, कतै धर्ना

लक्की चौधरी / काठमाडौँ, असार २० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएपछि पार्टीका युवा नेताहरूले दुई अध्यक्षलाई मिल्न दबाब दिने कार्यक्रम तय गरेका छन् । कोरोना महामारी र सलहको समस्या विद्यमान भएका बेला सरकारको नेतृत्व गरेको दल आन्तरिक विवादमा फस्नु उचित नभएको भन्दै युवा नेताहरू दबाबको कार्यक्रम अगाडि बढाउने निर्णयमा पुगेका […]


नेकपाको आन्तरिक संघर्षमा कांग्रेसले सत्ताको दाउ हेर्नुहुन्न : वरिष्ठ नेता पौडेल

काठमाडौँ, असार २० गते । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको आन्तरिक शक्तिसंघर्षमा कांग्रेसले सत्ताको दाउ हेर्न नहुने बताएका छन् । बागमती प्रदेशस्तरीय जुम मिटिङमा नेता पौडेलले कम्युनिस्टहरूमा समस्या सिर्जना गर्ने, तर समाधान दिन नसक्ने संस्कार रहेको भन्दै उनीहरूको अप्ठ्यारोमा कांग्रसले दाउ हेर्न नहुने बताएका हुन् । ‘कम्युनिस्टहरूले दुईतिहाइ पचाउन सकेनन् । कोरोना र सलहको […]


नेपाल पर्यटन बोर्डद्वारा पर्यटन प्रोटोकल तालिम शुरु

काठमाडौं, असार १९ गते । नेपाल पर्यटन बोर्डले पर्यटन प्रोटोकोलसम्बन्धी डिजिटल तालिम शुरु गरेको छ । कोभिड १९ सङ्क्रमणको जोखिमपछि पर्यटन क्षेत्र खुला गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन बोर्डले जारी गरेको पर्यटन क्षेत्रको स्वास्थ्य सुरक्षा निर्देशिकालाई प्रभावकारी प्रयाग गर्न पर्यटन व्यवसायीहरूका लागि अनलाइन तालिम शुरु गरेको हो । नेपाल पर्यटन बोर्डका […]


रोयल सासा फर्मास्युटिकल्सद्वारा औषधि उत्पादन सुरु

काठमाडौं, असार १९ गते । रोयल सासा फर्मास्युटिकल्सले चितवनमा औषधि उत्पादन सुरु गरेको छ । पश्चिम चितवनको भूवन वस्तीमा स्थापित करिब ५० करोड रुपैयाँको लागतमा स्थापित कम्पनीले २४ प्रकारका औषधि उत्पादन गर्नेछ । रोयल सासाका कार्यकारी निर्देशक अर्जुन पौडेलका अनुसार कम्पनीले वार्षिक १५ करोड ट्याबलेट, ५० लाख क्याप्सुल, ५० लाख ट्युब मलम, ६० लाख पुरिया […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter