समाचार

उपत्यकामा बढ्यो खानेपानीको उत्पादन र वितरण

काठमाडौँ, साउन ९ गते । वर्षासँगै काठमाडौँ उपत्यकामा पानीको उत्पादन बढेको छ । अहिले दैनिक १७ करोड लिटरसम्म पानी उत्पादन भइरहेको छ । पानीको उत्पादन बढेसँगै वितरण पनि बढाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । सुख्खा मौसममा उपत्यकामा दैनिक नौ करोड लिटर पानी उत्पादन हुन्छ । त्यतिबेला नौ दिनकोे अन्तरालमा पानी वितरण […]


वायुसेवा कम्पनीले भदाै १ गतेबाट सहज रूपमा जहाज उडाउने

सिबी अधिकारी / काठमाडौँ, साउन ८ गते । सरकारले आगामी भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सुरक्षित उडानका सबैखाले तयारी गरिरहेका छन् । कोभिड–१९ सङ्क्रमबाट जोगिएर सुरक्षित हवाई सेवा सञ्चालनका लागि वायुसेवा कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्डका सबै प्रक्रियाको अभ्यास गरिरहेका हुन् । निजी क्षेत्रका अग्रणी […]


वर्षाका कारण सातवटा राष्ट्रिय राजमार्गमा क्षति, चार राजमार्ग ठप्प

सञ्चिता घिमिरे / काठमाडौँ, साउन ८ गते । अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ । वर्षा शुरु भएपछि यी सबै राजमार्गमा गरी १०० भन्दा बढी सडक बाढीपहिरोका कारण अवरुद्ध भएकामा अहिलेसम्म कतिपय स्थानमा खुल्न सकेको छैन । देशव्यापीरूपमा तीन दिनदेखि […]


नेकपा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवस देशभर मनाइए; मार्क्सवादको जग बसाउने नेता

काठमाडौँ, साउन ७ गते । माक्र्सवादी दृष्टिकोणबाट नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक विश्लेषण गर्दै गणतन्त्रको आधार तयार गर्ने नेपाल कम्युनिष्ट पार्टीको संस्थापम महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवस देशभर मनाइएको छ । संयुक्त जनआन्दोलनका प्रणेता पुष्पलालको जन्मस्थल रामेछापडाँडाको भँगेरीमा समेत पुष्पलालको स्मरण गरिएको छ । त्यस्तै, कीर्तिपुरको चम्पादेवीमा रहेको शालिकमा माल्यार्पणसहित नेपालको […]


घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी

गण्डकी, साउन ६ गते । कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरेको छ । साहसिक खेल प्याराग्लाइडिङमा रुचि राख्ने पर्यटकलाई लक्षित गरी उनीहरूलाई भित्र्याउने सोचका साथ त्यसको सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो । देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङका लागि उपयुक्त हुने देखिएका कारण यहाँ परीक्षण उडान गरी सम्बद्ध निकायबाट अनुमति […]


भदौ १ गतेदेखि लामो दुरीको यातायात सञ्चालन हुने

काठमाडौं, साउन ६ गते । सरकारले भदौ १ गतेदेखि देशभर छोटो, मझौला र लामो दुरीको यातायात जनस्वास्थ्यको शर्त पालना गरी सञ्चालन गर्ने निर्णय गरेको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिनुभएको हो । उहाँका अनुसार भदौ १ गतेदेखि शैक्षिक कार्यक्रम स्वरुप विद्यालयमा विद्यार्थी भर्ना […]


रोप्ने मात्रै हैन, बिरुवा संरक्षणमा पनि जुट्दै दाङका सामुदायिक वन

गोकर्ण पौडेल / तुलसीपुर, साउन ५ गते । जिल्लामा बर्सेनि हजारौँ बिरुवा रोपिन्छन् तर संरक्षण भएको देखिँदैन । डिभिजन वन कार्यालयसँग वार्षिकरुपमा वितरण गरिएका बिरुवाको तथ्याङ्क छ तर संरक्षण गरिएको बिरुवाको कुनै तथ्याङ्क छैन । डिभिजन वन कार्यालयले बिरुवा उत्पादन, रोपण, तारबारका लागि वार्षिक एक करोडभन्दा बढी रकम खर्च गर्छ । जिल्लाका कतिपय सामुदायिक वनहरू […]


आन्तरिक र बाह्य उडान सुचारु गरीने, सार्वजनिक यातायातकाे जाेर विजाेर हाटाइने

काठमाडौं, साउन ५ गते । मन्त्रिपरिषदको बैठकले आन्तरिक तथा बाह्य दुवै उडान खुला गर्ने निर्णय गरेको छ । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले साउन २१ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने र आगामी भदौ १ गतेदेखि बाह्य उडान खोल्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीकाअनुसार तत्काल विद्यालय, क्याम्पस नखोल्ने […]


एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौमा बोलपत्र आह्वान गरिने: मन्त्री नेम्वाङ

काठमाडौँ, साउन ४ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौसम्ममा बोलपत्र आह्वान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा उहाँले आयोजनाको बोलपत्र आह्वान आर्थिक वर्षको शुरुकै महिनामा गरिने दृढता व्यक्त गर्नुभयो । एक वर्षमा सम्पन्न हुने आयोजनामा सकेसम्म भदौ र […]


गाडीको सर्भिसिङ थालियो, मजदुरलाई गाउँबाट डाकियो

केशवराज पौडेल / काठमाडौँ, साउन ४ गते । मौद्रिक नीतिमा व्यवसायी कुरा समेटिएको भन्दै यातायात व्यवसायीहरूले साउन ८ गतेदेखि पुर्णरुपमा यातायात सञ्चालनको तयारीमा जुटेका छन् । लामो समयदेखि ग्यारेजमा रहेका बसहरूलाई सर्भिसिङका लागि मर्मत केन्द्रहरूमा लिएर जान थालेको र गाउँगाउँमा रहेका यातायात मजदुरहरूलाई शहरमा लिएर आउन थालेको व्यवसायीहरूले बताएका छन् । ‘हाम्रो माग राष्ट्र बैङ्कले […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter