काठमाडौँ, असार २९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले प्रेस काउन्सिल नेपालको आज अपराह्न भ्रमण गर्नुभएको छ । सो अवसरमा उहाँले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढ्दै गरेकाले पहिला मन्त्रालय आफैँ डिजिटलाइज्ड हुनुपर्ने बताउनुभयो । सरकार डिजिटल ढाँचामा गइसकेकाले अबको कामकारवाहीमा कागजविहीन प्रविधिको अवलम्बन हुनुपर्नेमा […]
काठमाडौँ, असार २९ गते । उच्च तथा दिगो आर्थिक वृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई टेवा दिन र सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गरी मध्यम आययुक्त राष्ट्रमा स्तरोन्नति हुन वैदेशिक सहायता नेपालका निम्ति अपरिहार्य भएको छ । “आगामी आर्थिक वर्ष वैदेशिक अनुदानबाट रु ६० अर्ब ५२ करोड र रु २ […]
सिबी अधिकारी / काठमाडौँ, असार २८ गते । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । यीमध्ये सबैभन्दा धेरै युएईबाट पाँच हजार ५२६, कुवेतबाट पाँच हजार […]
काठमाडौँ, असार २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो तथा प्राकृतिक विपदमा परेका नागरिकहरूको तत्काल उद्धार, राहत तथा व्यवस्थापनको काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको चौथो बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले सो निर्देश गर्नुभएको हो । पछिल्लो केही दिनयता परेको […]
शालिग्राम नेपाल । माडी, चितवन, असार २७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीको ऎतिहासिक एकतालाई ध्यान दिएर मात्र पार्टीको विवाद समाधान गरिने बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी माडी कमिटीले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नहुने बताउनु भयो । उहाले […]
उपेश महर्जन / काठमाडौँ, असार २६ गते । पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित आठहजार ३०६ रहेका छन् । पछिल्लो २४ घण्टामा चार […]
काठमाडौं, असार २६ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको सीप नै मुलुकको आर्थिक विकासको आधार भएको बताउनुभएको छ । स्याङ्जाको विभिन्न ठाउँमा भएको सीपमूलक तालिमको शुक्रबार समापन शुभकामना दिनुहुँदै मन्त्री अर्यालले भिडियो संवाद मार्फत् सो कुरा बताउनु भएको हो । सो अवसरमा मन्त्री अर्यालले ’समृद्ध नेपाल र सुखी नेपाली’को […]
काठमाडौं, असार २५ गते । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका मध्ये ५ लाख भन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ । संघीय संसदको विकास समिति तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ५ लाख ७ हजार ६ सय २३ घरको पुनर्निर्माण सम्पन्न भएको र २ लाख २ […]
केशवराज पौडेल / काठमाडौँ, असार २५ गते । भोलि असार २६ गते शुक्रबारदेखि आउँदो शुक्रबारसम्म मनसुन अझैँ धेरै सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ‘एक साता बिहान घाम लागे जस्तो हुने र रातको समयमा मनसुन अत्यधिक सक्रिय रहनेछ’ जल तथा मौसम विज्ञान विभागका मौसमविज्ञ वरुण पौडेलले भन्नुभयो । पचास मिलिलिटरसम्म भएको […]
शान्ति लामा / काठमाडौँ, असार २४ गते । केन्द्रीय तथ्याङ्क विभागले नमुना जनगणनामा १० हजार घरपरिवारको विवरण सङ्कलन गरेको छ । आगामी १२औँ राष्ट्रिय जनगणनाको तयारी स्वरूप नमुना जनगणना गरिएको हो । नमुना गणना क्षेत्र नक्साङ्कनका अनुसार ११ हजार ६१० घरपरिवारको सर्वेक्षण गर्ने लक्ष्य राखिएको थियो । कोरोना कहर र बन्दाबन्दीबीच तीन महिना ढिलो गरी […]