समाचार

बुधबार रातिदेखि उपत्यकामा निषेधाज्ञा

काठमाडौँ, भदौ २ गते । बुधबार राति १२ बजेदेखि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू हुने भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको बैठकले १० भदौसम्म निषेधाज्ञामा जाने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले निषेधाज्ञा लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी […]


चार लाख ७२ हजार ७८ जना विद्यार्थीको प्राप्ताङ्क प्रमाणित

शेषकान्त पण्डित / काठमाडौँ, भदौ १ गते । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धारित लिखित परीक्षा नलिई विद्यालयलाई नै आन्तरिक मूल्याङ्कन गर्न जिम्मा दिइएको एसईईको नतिजा सार्वजनिक गरिएको हो । वि.सं. २०७६ सालको एसईईमा चार लाख ८२ हजार ९८६ […]


निजी क्षेत्रलाई मन्त्री पुनको आग्रह– ढुक्क भएर जलविद्युतमा लगानी गर्नुस्, सरकार बिजुली किन्न तयार छ

काठमाडौँ, भदौ १ गते । ऊर्जा, जलस्राेत त तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले जलविद्युत् क्षेत्रमा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई अपिल गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको ३५औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पुनले निजी क्षेत्रको लगानी सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए । निजी क्षेत्रबाट उत्पादित बिजुली सरकारले खरिद गर्ने र बजारको […]


मनसुनको दुई महिनाः विपद्मा परी २३१ को मृत्यु, ७७ बेपत्ता

काठमाडौँ, साउन ३२ गते । मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पुर्याएको छ । अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा सयौँ नागरिकले अकालमै ज्यान गुमाए । नेपालमा […]


गृहमन्त्री थापाको अपिल : कोरोना नियन्त्रणका लागि सुरक्षा नियमहरू पालना गर्न सर्वसाधारणलाई अनुरोध

काठमाडौँ, साउन ३२ गते । गृहमन्त्री रामबहादुर थापाले कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरू पालन गर्न सर्वसाधारणलाई अपिल गरेका छन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको सबै नियम पालना गर्न अपिल गरेका हुन् । सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना […]


कोभिड-१९ सङ्क्रमितलाई सहयोग गर्न ‘अक्सिजन बैङ्क’ स्थापना

अच्युत रेग्मी / काठमाडौँ, साउन ३१ गते । आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैङ्क’ स्थापना गरिएको छ । लाइन्स क्लब अफ काठमाडौँ समर्पणले आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित परिवारको उपचारका लागि आवश्यक अक्सिजन प्रदान गर्न २०० सिलिन्डर अक्सिजनसहित ‘अक्सिजन बैङ्क’ स्थापना गरेको हो । […]


आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेधको आदेश

काठमाडौँ, साउन ३१ गते । उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेध गरेको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग […]


५० प्रतिशत कम फल्यो जुम्ली स्याउ

खलङ्गा, साउन ३० गते । गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि चिन्तित छन् । वर्षभरि दुःख गर्दा पनि स्याउ नफल्दा १० जनाको परिवार कसरी पाल्ने भन्ने पिरलो हुन थालेको तिला गाउँपालिका – १ राराका […]


अङ्ग्रेजी संस्करणको नेपालकाे नक्सा स्वीकृत

काठमाडौँ, साउन ३० गते । नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत भएको छ । सो नक्सालाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अङ्ग्रेजी संस्करणको नेपालको नक्सा स्वीकृत गर्नुभयो । नापी विभागले नक्सा समितिमा निर्णय गरी […]


अचेल कता गए होलान् तामाका गाग्री ?

जमुनावर्षा शर्मा / पोखरा, साउन २९ गते । पोखरा–६ लेकसाइड गौरीघाटकी ५६ वर्षीय जमुना भुजेललाई घर अगाडिको सार्वजनिक धारामा प्लाष्टिकका बोत्तल र जार लिएर पानी भर्न आउने सर्वसाधरणको घुइँचो देख्दा आफ्ना पालाको तामाको गाग्रीको झझल्को आउँछ । अचेल कता गए होलान् तामाका गाग्री ? उहाँको रन्को छ । आफ्ना पालामा मेवाखोला र तालबाट डोकोमा बोकेर […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter