
सञ्चिता घिमिरे / काठमाडौँ, भदौ ११ गते । सरकारले काठमाडौँ उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ । काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो । चालू आर्थिक वर्षमा नै यसको निर्माण शुरु हुने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार ती स्थानमा फ्लाइओभर निर्माणका लागि अध्ययन भइरहेको […]

काठमाडौँ, भदौ ११ गते । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तिको विषयमा सरकार समक्ष कुनै औपचारिक प्रस्ताव नआएकाले त्यसमा कुनै सत्यता नरहेको बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णय जानकारी गराउन सञ्चार मन्त्रालयमा बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा मन्त्री डा. खतिवडाले उहाँलाई सामाजिक सञ्जालले पुनः नियुक्ति गरेको […]

काठमाडौँ, भदौ ११ गते । माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मिति २०७७/०५/११ गते मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका बाह्राैँ तहका कर्मचारी महेन्द्र श्रेष्ठलाई कोभिड १९ फोकल पर्सन तोक्नु भएको छ । श्रेष्ठले यस अघि स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी बहन गरिसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणमा […]

काठमाडौँ, भदौ १० गते । कोरोनाको जोखिम बढेका कारण रोकिएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) वितरण हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एनओसी खुला गर्ने निर्णय गरेको हो । कतिपय विद्यार्थी विदेश अध्ययनको प्रक्रियामा रहे पनि शिक्षा मन्त्रालयबाट एनओसी नपाउँदा रकम पठाउन र अध्ययनको प्रक्रिया रोकिएको थियो । मन्त्रिपरिषद्को निर्णयले विद्यार्थीलाई एनओसी पाउने बाटो […]

मुकुन्द गैरे / काठमाडौँ, भदौ १० गते । उपत्यकाका क्वारेन्टाइन पर्याप्त नभएका बेला विदेशबाट फर्किनेलाई होटल क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । हिजो विदेशबाट आएका १५५ जना नेपाली होटल क्वारेन्टाइनमा बसिसकेका होटल सङ्घ नेपाल (हान) का महासचिव साजन शाक्यले बताउनुभयो । उहाँले विदेशबाट आएर होटल क्वारेन्टाइनमा बस्न आउनेको लागि सबै पूर्वाधार तयारी अवस्थामा रहेको बताउनुभयो […]

काठमाडौँ, भदौ ९ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले एक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी गरिरहेको बताएका छन् । उनले सरकारले यही वर्ष सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी गरे पनि कोभिड– १९ का कारण पुनः ठूलो संख्यामा बालबालिकाहरू सडकमा देखिने जोखिम रहेको बताए । मंगलबार कोभिड– १९ का कारण […]

सञ्चिता घिमिरे / काठमाडौँ, भदौ ९ गते । काठमाडौँ उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनानुसार अस्पतालले कुपण्डोलस्थित नयाँ भवनमा कोभिड–१९ सङ्क्रमितका लागि छुट्टै शय्याको व्यवस्था गर्ने तयारी गरेको छ । नेपालमा कोभिडको सङ्क्रमण शुरु […]

काठमाडौँ, भदौ ८ गते । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही नागरिकको जीवन रक्षाको कार्य गर्ने स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराइले आज जारी गरेको प्रेस विज्ञप्तिमा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्नेप्रति सचेत हुन, उनीप्रति सहयोग […]

काठमाडौँ, भदौ ८ गते । कोरोना कहरका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा विप्रेषण आयमा रु चार अर्ब २४ करोडले गिरावट आएको छ । आर्थिक वर्ष २०७५÷७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई रु ८ खर्ब ७९ अर्ब २७ करोड रहेको थियो । यस्तै आर्थिक वर्ष २०७६÷७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी […]

सिबी अधिकारी / काठमाडौँ, भदौ ७ गते । नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन् । सरकारले भदौ १६ देखि निश्चित शर्तसहित नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पिसीआर परीक्षण सहज भएका […]