काठमाडौँ, असार ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोग ९कोभिड–१९० महामारीविरुद्धको सङ्घर्षमा औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्त्वपूर्ण हुने बताउनुभएको छ । सरकारले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षाका मुख्य आधारसमेत शारीरिक एवं मानसिक रूपले स्वस्थ र निरोगी नागरिक भएकोमा उहाँले जोड दिनुभयो । छैटौंँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना […]
काठमाडौँ, असार ६ गते । नेकपा सचिवालय बैठकले नेपालीसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिइनु उपयुक्त हुने निष्कर्ष निकालेकाे छ । सचिवालय बैठकले हाल संसदमा छलफलमा रहेकाे प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्ने गरी विधेयक अघि बढाउने निर्णय गरेको हाे नेपाली […]
काठमाडौँ, असार ६ गते । लगानी बोर्डले रु एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले पाँचवटा जलविद्युत् परियोजना र दुईवटा सिमेन्ट उद्योगका लागि उक्त रकम बराबरका सात परियोजना स्वीकृत गरेको हो । बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी […]
काठमाडौँ, असार ५ गते । अर्थमन्त्री डा खतिवडाले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७७ माथिको छलफलका क्रममा मन्त्री डा खतिवडाले भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणको अनुभवका आधारमा अगाडि जान सकिने बताउँदै हाल मानवीय स्वास्थ्य समस्याबीच अर्थतन्त्रका […]
काठमाडौँ, असार ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा स्काउट शिक्षालाई राखेर बालबालिकालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रेमी बनाउन जरुरी भएको बताउनुभएको छ । देशभरका विद्यालय र स्थानीय तहमा स्काउट अभियानको विकास र विस्तारका लागि आवश्यक कार्य गर्न सम्बद्ध निकायलाई प्रधानमन्त्री ओलीले आह्वान समेत गर्नुभयो । नेपाल स्काउटको ६९आँैं स्थापना दिवसको अवसरमा […]
काठमाडौँ, असार ४ गते । नेपालमा थप ६७१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ७८४८ पुगेको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । महिला ८० र पुरूष ५९१ सङ्क्रमित भएका छन् । उपत्यकामा ६ जना सङ्क्रमित काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ […]
इलाम, असार ४ गते । ‘सदावहार’जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न बाहना बनाउँदै कम मूल्य दिएको र नगरपालिकाले बनाएको चियाको मूल्यको मापदण्डअनुसार पनि लागत नदिएको किसानको गुनासो छ । उद्योगले हरियोपत्तीमा लागत नै नउठ्नेखालको मूल्य […]
काठमाडौँ, असार ३ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोरोना प्रभावका कारण मन्त्रालयको बजेट कटौती भए पनि थप रकम माग गरेर पनि राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री नेम्वाङले ठूला राष्ट्रिय गौरवका आयोजना विसं २०७९÷८० सम्ममा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । […]
काठमाडौँ, असार ३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुकभर नै दूरसञ्चारको फोरजीको सेवा पुग्ने गरी काम गरिरहेको जानकारी दिनुभएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका विभिन्न शीर्षकमाथि राष्ट्रियसभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका जिल्लामा फोरजीसेवा विस्तारका लागि सर्वेक्षणको काम […]
काठमाडौँ, असार २ गते । दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले आज रु ६ करोड २५ लाख बराबरको ती परीक्षण उपकरण आज सरकारलाई हस्तान्तरण गरेको छ । कोहकाका तर्फबाट यहाँस्थित कोरियली राजदूतावासको कार्यबाहक राजदूत […]