काठमाडौँ, फागुन २९ गते । राष्ट्रियसभाको बैठकमा ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ । सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सो प्रतिवेदन पेश गर्नुभएको हो । यसैगरी अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिको कार्यालयबाट मन्त्रिपरिषद्को गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । बैठकमा सभाका […]
काठमाडौँ, फागुन २८ गते । भारत सरकार नेपालमा निर्यात हुने औषधिलाई निरन्तरता दिन सकारात्मक भएको छ । भारतमा यही फागुन २३ र २४ गते भएको ग्लोबल बिजनेस समिट २०२० मा भाग लिई स्वदेश फर्कनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले भारतका केन्द्रीय नागरिक उड्ययन, आवास तथा शहरी मामिलामन्त्री हरदीपसिंह पुरीसँगको भेटसँगै भारतीय मन्त्रीले नेपालमा […]
काठमाडौ, फागुन २८ गते । देशका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूले विदेशबाट आउन सक्ने कोरोना भाइरस (कोभिड १९) संक्रमितहरूप्रति विशेष निगरानी राख्न सरकारलाई सुझाव दिएका छन् । उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा सरकारले गठन गरेको कोरोना नियन्त्रण सम्बन्धी उच्च स्तरीय संयन्त्रको पहलमा प्रधानमन्त्रीको कार्यालयमा बुधबार आयोजित सर्वदलीय बैठकमा सो सुझाब दिइएको हो बैठकमा दलका प्रतिनिधिहरूले पहिलो नम्बरमा […]
शर्मिला पाठक / काठमाडाैं, फागुन २८ गते । सडक सफा गर्न काठमाडौँ महानगरपालिकाले बुमर (यान्त्रिक कुचो) सञ्चालनमा ल्याएको एक वर्ष बितेपनि अपेक्षा अनुरुप यहाँका सडक सफा देखिँदैन । कामपाले हालसम्ममा ब्रुमरमन्त्रमार्फत सडक सफा गरेर पाँच हजार ७९ टन धुलो सङ्कलन गरिसकेको छ । पानी परेको दिनबाहेक अन्य दिन अहिले दैनिक सात यन्त्रले सडक सफा गरिरहेको […]
नारायण ढङ्गाना / काठमाडौँ, फागुन २७ गते । सरकारले अत्यावश्यक वस्तुुको आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पार्दै अनावश्यक हल्लाको पछि लागेर वस्तु भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । नेपालमा सङ्क्रमण नरहेको कोरोना भाइरस (कोभिड–१९) को अनावश्यक त्रासका कारण अत्यावश्यक वस्तुको अभाव हुने आशङ्का उब्जाउन जरुरी नभएको सरकारले प्रष्ट पारेको छ । सरकारले छ महिनासम्म […]
काठमाडौँ, फागुन २७ गते । गोरखा भूकम्पले क्षति पु-याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र अघि बढेको छ । नौतलाको काम जारी रहेको , हालसम्मको ३३ प्रतिशत सम्पन्न र रु ८५ करोड खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले जानकारी गराउनुभयो । दुई वर्षमा सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले पुनःनिर्माणको […]
शेषकान्त पण्डित / काठमाडौँ, फागुन २६ गते । ऐतिहासिक दरबार हाइस्कुलका रूपमा परिचित भानु माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि नयाँ भवनबाट कक्षा सञ्चालन गर्ने भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको भवन निर्माण कार्य सम्पन्न भएसँगै यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालनको तयारी गरिएको हो । नेपाल र चीन सरकारको निर्माण प्राविधिक टोलीले अन्तिम स्वीकृति […]
काठमाडौँ, फागुन २६ गते । कोरोना भाइरसको आशंकामा नेपालमा हालसम्म गरिएका ४ सय ४१ नमुना परीक्षणको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले हालसम्म नेपालमा कोरोना भाइरस नदेखिएको बताए । ‘हालसम्म कोरोना भाइरस नेपालमा फैलिएको छैन्, तर सम्भावित जोखिमलाई मध्यनजर गर्दै यथोचित व्यवस्था गरिएको छ,’ […]
सिबी अधिकारी / काठमाडौं, फागुन २५ गते । कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी शुरु गरेका छन् । कोरोनाको हल्लाले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई असर पार्ने खतरा देखेका व्यवसायीले पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने ठूलो लगानी भएको हवाई क्षेत्रले बढी मार खेप्नुपरेको जनाएका हुन् […]
काठमाडौं, फागुन २५ गते । चन्द्रागिरी नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा आकाशे पुल निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । नगर प्रमुख घनश्याम गिरीले राजधानी भित्रिने प्रमुख नाकामा रहेको चन्द्रागिरीमा बटुवालाई बाटो काट्न सहजताका लागि आकाशे […]