समाचार

चैत ११ देखि १८ गतेसम्म देशै लकडाउन; एक सातासम्म घर बाहिर निस्कन नपाइने

काठमाडौ, चैत्र १० गते । सरकारले भोली बिहानदेखि एक साताभरि देशभर लकडाउन गर्ने निर्णय गरेको छ। भोली बिहानबाट १८ गतेसम्मको लागि लकडाउन गर्ने निर्णय भएको हो। रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको उच्चस्तरीय समन्वय समितिले लकडाउन गर्ने निर्णय गरेको हो। विश्वर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि लकडाउनको मोडालिटी तयार भएको हो। लकडाउनको समयमा […]


पाण्डेको नाम सर्वसम्मतिबाट अनुमोदित

काठमाडौँ, चैत १० गते । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले चीनका लागि आवासीय र प्रजग कोरिया तथा मङ्गोलियाका लागि गैरआवासीय राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको सिंहदरबारमा आज बसेको बैठकले पूर्वपरराष्ट्रमन्त्री पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिले पाण्डेविरुद्ध उजुरी आह्वानका लागि १० दिनको […]


नेपालीसँग नियमित सम्पर्क बस्न खाडीका दूतावासहरूलाई निर्देशन

काठमाडौ, चैत्र १० गते । पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले खाडी मुलुकमा रहेका नियोगहरूलाई त्यहाँ रहेका नेपालीसँग नियमित सम्पर्क बस्न निर्देशन दिनुभएको छ । परराष्ट्र मन्त्रालयबाट भिडियो कन्फरेन्स मार्फत खाडी मुलुकका नियोगका पदाधिकारीसँग गर्नुभएको छलफलमा सो निर्देशन दिनुभएको हो । उहाँले छलफलका क्रममा खाडीमा रहेका नेपालीलाई सुरक्षित रहन, आतङ्कित नहुन तथा त्यहाँको सरकारले दिएको स्वास्थ्य सम्बन्धी प्रोटोकललाई […]


माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध परीक्षण सफल

चरिकोट, चैत ९ गते । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थलको परीक्षण सफल भएको छ । दोलखाको लामाबगरमा निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवक्र्सको काम सम्पन्न भएसँगै बाँधमा पानी थुनेर एक सातादेखि गरिएको परीक्षण सफल भएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनुभयो । एक सातादेखि पानी थुनेर गरिएको परीक्षणमा सिभिलका सबै […]


चैत ६ पछि झण्डै पाँच लाखले छाडे राजधानी

नारायण ढुङ्गाना / काठमाडौँ, चैत ९ गते । सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ । चैत ६ गतेदेखि आज बिहानसम्म मात्रै झण्डै पाँच लाखले राजधानी छाडेका छन् । राजधानी भित्रिने क्रम भने न्यून छ । तीन दिनको अवधिमा राजधानी आउने यात्रु […]


नेपाली मास्क भारतीय बजारमा

लम्की, चैत ८ गते । कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् । टीकापुरमा महालक्ष्मी गार्मेन्टले उत्पादन गरेका मास्क थोकमा रु १५ मा बिक्री गर्न थालेपछि भारतीय नागरिकसमेत मास्क […]


५५ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा प्रधानमन्त्री ओलीकाे शुभकामना

काठमाडौँ, चैत ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले दलित भएकै कारणले विविधखाले हिंसाको शिकार बन्नुपर्ने अवस्था आधुनिक सभ्यता र लोकतान्त्रिक शासन व्यवस्थालाई नै नसुहाउने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले ५५ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको ९ मार्च २१० अवसरमा सम्पूर्ण दलित समुदाय तथा देशवासीमा शुभकामना व्यक्त गर्नुहुँदै सो धारणा व्यक्त गर्नुभएको हो । […]


विदेशको कमाइले स्वदेशमा कागती खेती

नारायणपुर, चैत ७ गते । तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा एक युवाले व्यावसायिक कागती खेती गर्नुभएको छ । रुकुम खारा स्थायी घर भई विजौरीमा बस्दै आउनुभएका रामचन्द्र खड्काले २२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक कागती खेती शुरु गर्नुभएको हो । वार्षिक ५० हजारका दरले जग्गा भाडामा लिई व्यवसाय शुरु गर्नुभएका खड्कालाई शुरु शुरुमा गाउँलेले नै पत्याएका थिएनन् […]


कोरोनाको सङ्क्रमणका कारण भिसा अवधि थप्नेको भीड

रमेश पौडेल / पोखरा, चैत ७ गते । कोरोनाको सङ्क्रमणका कारण पोखरा आएका पर्यटक भिसा अवधि बढाएर पोखरामै बसाइ लम्बाउने गरेका छन् । नेपालबाट सीधा हवाई उडान रोकिँदा भारतको कलकत्ता, कतार, हङकङ भई आफ्नो देशमा जान सम्बन्धित देशले उडान रोकेका कारण पोखरामै बसाइ अवधि लम्बाएका हुन् । सिङ्गापुरबाट नेपाल घुम्न आएका सिरिल थोमस बेसाञ्जर ३० […]


अदालतको अनुमतिविना पनि फोन ट्यापिङ गर्न मिल्नेमा सहमति

काठमाडौँ, चैत्र ६ गते । विधायन व्यवस्थापन समितिले विशेष अवस्थामा अदालतको अनुमतिविना पनि फोन ट्यापिङ गर्न मिल्ने प्रावधानसहित विशेष सेवा गठनसम्बन्धी विधेयकबारे अन्तिम टुंगो लगाएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डतालगायत विशेष विषयमा फोन ट्यापिङ गर्न अदालतको अनुमति नचाहिने व्यवस्था गर्दै विधेयकलाई अन्तिम टुंगो लगाएको हो । […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter