समाचार

मन्त्री ढकाल र बाँस्कोटालाई थप जिम्मेवारी

काठमाडौं, पुस २५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाथ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई थप मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ । मन्त्री ढकाललाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र मन्त्री बाँस्कोटालाई सहरी विकास मन्त्रालयका कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोक्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस अघि […]


तस्बीरमा जलाशयमा डुबेर श्रीस्वस्थानी व्रतकथा शुभारम्भ

आदित्य दाहाल / साँखु, पुस २५ गते । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उहाँको […]


सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ – मन्त्री अर्याल

काठमाडौँ, पुस २४ गते । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालको २७ औँं वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले उद्यमशीलता, व्यवसायिकतामा जानुपर्ने बताउनुभयो । राज्यले सहकारीलाई तीन खम्बे अर्थनीति अन्तर्गत समेटेको भन्दै उहाँले एक सहकारी एक रोजगारी अनिवार्य रूपमा […]


जर्मनी र युएईमा नेपाल भ्रमण वर्षको प्रवर्धन

काठमाडौं, पुस २४ गते । सङ्घीय गणतन्त्र जर्मनीको राजधानी बर्लिन र संयुक्त अरब इमिरेट्सको अबुधाबीमा त्यहाँस्थित नेपाली राजदूतावासको सक्रियतामा ती देशका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले विविध प्रवर्धनात्मक कार्यक्रम आयोजना गरिएका छन् । कार्यक्रमका क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्वशान्तिका प्रतीक गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थलको […]


प्रदेश ३ को स्थायी राजधानी सङ्घीयताको मर्मअनुसार हुनुपर्नेमा जोड

हेटौँडा, पुस २३ गते । प्रदेश ३ का प्रदेशसभाका सदस्यहरुले प्रदेशको स्थायी राजधानी जनचाहना र सङ्घीयताको मर्मअनुसारको स्थानमा हुनुपर्नेमा जोड दिनुभएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा बोल्दै प्रदेश सभाका सदस्यहरुले प्रदेशको अधिकारक्षेत्र भित्र रहेको विषयमा क्षेत्राधिकारभन्दा बाहिर गएर पार्टीले निर्देशन दिनु संविधानको भावना र मर्म विपरीत भएको बताउनुभयो । प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको […]


नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन

काठमाडौं, पुस २३ गते । नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खट्नुभएका नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन दिएको छ । अमेरिकी कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थालेपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सेनालाई सतर्क हुन निर्देशन दिएको हो । सेनाले आज […]


अबको पत्रकारितालाई स्वर्णयुगमा बदल्नुपर्छ -मन्त्री बाँस्कोटा

भक्तपुर, पुस २३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ भक्तपुरको आज आयोजित २३ औँ स्थापना दिवसमा उहाँले संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफैंँ राजीनामा दिएर आन्दोलनमा उत्रने स्पष्ट गर्नुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “एउटा कुरा […]


सिड्नीमा ‘नेपाल भ्रमण वर्ष २०२०’ अन्तरराष्ट्रिय शुभारम्भ

काठमाडौँ, पुस २२ गते । अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र न्यू साउथ वेल्स राज्य संसद्का सभामुख जोनाथन ओडीले संयुक्तरुपमा सिड्नीमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा त्यहाँका विपक्षी दलका नेता, नगरपालिका प्रतिनिधिलगायतले शुभकामना दिनुभएको थियो । पर्यटनमन्त्री […]


चिसोसँगै राजधानीमा ह्वात्तै बढ्यो विद्युत् माग

रमेश लम्साल / काठमाडौँ, पुस २२ गते । राजधानी र आसपासका क्षेत्रमा चिसो वृद्धिसँगै विद्युत् माग बढेर ४५० मेगावाटको हाराहारीमा पुगेको छ । माग बढी भएका कारण विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई थप जटिलता पैदा भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकको पाँचखालसम्मको मागमा उल्लेख्य वृद्धि भएको प्राधिकरणले जनाएको छ । विद्युत् उच्च माग भएको गत […]


खाडीका चार मुलुकमा काउन्सिलर र श्रम सहचारी सिफारिश

काठमाडौँ, पुस २१ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ठूलो सङ्ख्यामा नेपाली कार्यरत मध्यपूर्वका विभिन्न चार मुलुकमा श्रम काउन्सेलर र श्रम सहचारी सिफारिश गरेको छ । मन्त्रालयले साउदी अरेबियाको श्रम काउन्सेलरमा उपसचिव जीवनकुमार राई र संयुक्त अरब इमिरेट्स (युएई) का लागि निर्मला थापालाई सिफारिश गरेको प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिनुभयो । यस्तै […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter