समाचार

कर्मचारी अवकाशको उमेरहद अब ६० वर्ष

काठमाडौँ, कात्तिक २९ गते । सङ्घीय निजामती सेवा ऐन लागू भएपछि नियुक्त हुने निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद अब ६० वर्ष हुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपसमितिको प्रतिवेदनमा सहमति गर्दै उमेरहद बढाएको हो । यसअघि अनिवार्य अवकाशको उमेरहद ५८ वर्ष थियो । समितिमा विधेयकको दफावार छलफल भने जारी छ । […]


ब्याज अनुदान कार्यविधि संशोधनको तयारी

सविता शर्मा / काठमाडौँ, कात्तिक २८ गते । सहुलियतपूर्ण कर्जाको कार्यविधि संशोधनका लागि मन्त्रिपरिषद्मा पुगेको छ । सरकारले गतवर्ष सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी गरेको थियो । युवा स्वरोजगार बढाउने उद्देश्यसहित सरकारले गतवर्ष कार्यान्वयनमा ल्याएको उक्त कार्यविधि प्रभावकारी बन्न नसकेपछि संशोधनमा पुगेको हो । कार्यविधिबाट सहजरूपमा सहुलियतपूर्ण कर्जा पाउन नसकेको गुनासो […]


यस पटकका त्रिविको ४५ औँ दीक्षान्तमा १० हजारको आवेदन

काठमाडौँ, कात्तिक २७ गते । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ । त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेदेखि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको हो । यस वर्षर्ने ४५ औँ दीक्षान्त समारोहमा १० हजार १७८ विद्यार्थीले दीक्षितका लागि आवेदन दिएको दीक्षान्त मूल […]


स्वार्थमा लाग्ने कर्मचारीमाथि सरकारकाे निगरानी

काठमाडौँ, कात्तिक २७ गते । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुगम क्षेत्रमा बस्न लागिपर्ने कर्मचारीलाई प्रमोशन गर्ने पक्षमा सरकार नरहेको बताएका छन् । उनले प्रमोशनका लागि नम्बर नपुग्दा दुर्गम क्षेत्रमा जान चाहने कर्मचारीहरुको नियत पनि सही नभएकाले निगरानी राख्न सरकार प्रतिवद्ध रहेको बताए । बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा […]


बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

भक्तपुर, कात्तिक २६ गते । नेपालको औपचारिक सद्भावना भ्रमणमा आउनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गर्नुभएको छ । यहाँ आइपुग्नुहुँदा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपतिको टोलीलाई स्वागत गर्नुभएको थियो । राष्ट्रपतिले भक्तपुर दरबार स्क्वायरका मन्दिर तथा कलाकृतिको सूक्ष्म अवलोकन गर्नुभयो । राष्ट्रपति हमिद आजै अपराह्न चारदिने भ्रमणका लागि […]


डा. केसीले भारतीय प्रधानमन्त्रीलाई पत्र लेख्दै अनसन स्थगित गरे

डडेलधुरा, कात्तिक २६ गते चिकित्सा शिक्षा सुधारको माग राख्दै १७औँ अनसन बसेका डा. गोविन्द केसीले भारतीय प्रधानमन्त्रीको नाममा पत्र लेख्दै अनसन तोडेका छन् । उनले आफ्नो भूमि भारतले अतिक्रमण गरेकाले सरकारलाई सघाउनका लागि अनसन तोडेको उल्लेख गरेका छन् । चिकित्सा शिक्षा ऐन संशोधन गरिनुपर्ने, एमबिबिएस, बिडिएस शुल्क र सिट संख्यामा वृद्वि गर्ने निर्णय खारेज गरिनुपर्नेलगायत […]


सिसडोलको फोहर व्यवस्थापन गरिँदै

काठमाडौँ, कात्तिक २६ गते । काठमाडौँ महानगरपालिकाले विगत १३ वर्षदेखि सिसडोलमा थुपारिएको फोहरको अन्तिम व्यवस्थापन कार्य शुरु गरेको छ । लामो समयदेखि व्यवस्थापन हुननसकेको फोहर महानगरपालिकाले अहिले माटोले पुरेर व्यवस्थापन गर्न थालेको हो । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम पनि भइरहेको र […]


आधा दर्जन विदेशी एयरलाइन्सले नेपालमा उडान भर्दै

काठमाडौँ, कात्तिक २४ गते । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने तयारी गरेका छन् । नेपाल गन्तव्यमा उडान विस्तारका लागि भारतका दुई, कुवेत, फिनल्यान्ड र अष्ट्रेलियाको एक\एक वायु सेवा प्रदायकले उडान भर्न लागेका हुन् । भारतको स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयरले नेपालमा […]


छात्रवृत्तिका लागि सरकारले नै विद्यार्थी छनोट गर्ने

प्रकृति अधिकारी / काठमाडौँ, कात्तिक २४ गते । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका शिक्षण संस्थाहरूले उपलब्ध गराउनुपर्ने छात्रवृत्तिका लागि सरकारले नै विद्यार्थी छनोट गर्ने भएको छ । त्यस्ता शिक्षण संस्थाहरूले अनिवार्य रूपमा कुल भर्नाको १० प्रतिशत निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने बाध्यात्मक नियम छ । यस्तो नियम भए पनि अधिकांश शिक्षण संस्थाहरूले छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्दै आएका छन् । शिक्षा, […]


पण्डितले अब नागरिकता हेरेर मात्र विवाह गराउने

जाजरकोट, कात्तिक २४ गते । विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पण्डितहरु सहमत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter