
हुमाकान्त पोखरेल / तम्घास, कात्तिक ३० गते । गुल्मीको रुरु गाउँपालिका–४ बलेटक्सारकी मीना खासुलाई आजकाल घर खर्च चाहिए श्रीमान् गुहार्नु पर्दैन । विद्यालयमा छोराछोरीको खर्चदेखि लिएर विभिन्न सहकारीमा गर्ने कारोवारको समेत उहाँ आफैँ जोहो गर्नुहुन्छ । कारण हो, बलेटक्सारकै भण्डारीडाँडामा स्थापना भएको राष्ट्रिय कफी अनुसन्धान केन्द्र । हुन त केन्द्रले आफैँ उहाँलाई रकम दिने पनि […]

काठमाडौँ, कात्तिक २९ गते । सङ्घीय निजामती सेवा ऐन लागू भएपछि नियुक्त हुने निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद अब ६० वर्ष हुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपसमितिको प्रतिवेदनमा सहमति गर्दै उमेरहद बढाएको हो । यसअघि अनिवार्य अवकाशको उमेरहद ५८ वर्ष थियो । समितिमा विधेयकको दफावार छलफल भने जारी छ । […]

सविता शर्मा / काठमाडौँ, कात्तिक २८ गते । सहुलियतपूर्ण कर्जाको कार्यविधि संशोधनका लागि मन्त्रिपरिषद्मा पुगेको छ । सरकारले गतवर्ष सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी गरेको थियो । युवा स्वरोजगार बढाउने उद्देश्यसहित सरकारले गतवर्ष कार्यान्वयनमा ल्याएको उक्त कार्यविधि प्रभावकारी बन्न नसकेपछि संशोधनमा पुगेको हो । कार्यविधिबाट सहजरूपमा सहुलियतपूर्ण कर्जा पाउन नसकेको गुनासो […]

काठमाडौँ, कात्तिक २७ गते । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ । त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेदेखि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको हो । यस वर्षर्ने ४५ औँ दीक्षान्त समारोहमा १० हजार १७८ विद्यार्थीले दीक्षितका लागि आवेदन दिएको दीक्षान्त मूल […]

काठमाडौँ, कात्तिक २७ गते । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुगम क्षेत्रमा बस्न लागिपर्ने कर्मचारीलाई प्रमोशन गर्ने पक्षमा सरकार नरहेको बताएका छन् । उनले प्रमोशनका लागि नम्बर नपुग्दा दुर्गम क्षेत्रमा जान चाहने कर्मचारीहरुको नियत पनि सही नभएकाले निगरानी राख्न सरकार प्रतिवद्ध रहेको बताए । बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा […]

भक्तपुर, कात्तिक २६ गते । नेपालको औपचारिक सद्भावना भ्रमणमा आउनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गर्नुभएको छ । यहाँ आइपुग्नुहुँदा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपतिको टोलीलाई स्वागत गर्नुभएको थियो । राष्ट्रपतिले भक्तपुर दरबार स्क्वायरका मन्दिर तथा कलाकृतिको सूक्ष्म अवलोकन गर्नुभयो । राष्ट्रपति हमिद आजै अपराह्न चारदिने भ्रमणका लागि […]

डडेलधुरा, कात्तिक २६ गते चिकित्सा शिक्षा सुधारको माग राख्दै १७औँ अनसन बसेका डा. गोविन्द केसीले भारतीय प्रधानमन्त्रीको नाममा पत्र लेख्दै अनसन तोडेका छन् । उनले आफ्नो भूमि भारतले अतिक्रमण गरेकाले सरकारलाई सघाउनका लागि अनसन तोडेको उल्लेख गरेका छन् । चिकित्सा शिक्षा ऐन संशोधन गरिनुपर्ने, एमबिबिएस, बिडिएस शुल्क र सिट संख्यामा वृद्वि गर्ने निर्णय खारेज गरिनुपर्नेलगायत […]

काठमाडौँ, कात्तिक २६ गते । काठमाडौँ महानगरपालिकाले विगत १३ वर्षदेखि सिसडोलमा थुपारिएको फोहरको अन्तिम व्यवस्थापन कार्य शुरु गरेको छ । लामो समयदेखि व्यवस्थापन हुननसकेको फोहर महानगरपालिकाले अहिले माटोले पुरेर व्यवस्थापन गर्न थालेको हो । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम पनि भइरहेको र […]

काठमाडौँ, कात्तिक २४ गते । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने तयारी गरेका छन् । नेपाल गन्तव्यमा उडान विस्तारका लागि भारतका दुई, कुवेत, फिनल्यान्ड र अष्ट्रेलियाको एक\एक वायु सेवा प्रदायकले उडान भर्न लागेका हुन् । भारतको स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयरले नेपालमा […]

प्रकृति अधिकारी / काठमाडौँ, कात्तिक २४ गते । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका शिक्षण संस्थाहरूले उपलब्ध गराउनुपर्ने छात्रवृत्तिका लागि सरकारले नै विद्यार्थी छनोट गर्ने भएको छ । त्यस्ता शिक्षण संस्थाहरूले अनिवार्य रूपमा कुल भर्नाको १० प्रतिशत निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने बाध्यात्मक नियम छ । यस्तो नियम भए पनि अधिकांश शिक्षण संस्थाहरूले छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्दै आएका छन् । शिक्षा, […]