समाचार

पण्डितले अब नागरिकता हेरेर मात्र विवाह गराउने

जाजरकोट, कात्तिक २४ गते । विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पण्डितहरु सहमत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक […]


बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउनु हुने

काठमाडौँ, कार्तिक २३ गते । जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा आउनुहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नु भएको हो । उहाँ नेपालमा कार्तिक २६ गतेदेखि २९ गतेसम्मको औपचारिक भ्रमणमा रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपालका राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति हमिद बीच भेटवार्ता हुनेछ […]


१० महिनामा १० लाख पर्यटक भित्रिए, २० लाख भित्र्याउने आधार बन्दै

विश्वास रेग्मी / काठमाडौँ, कात्तिक २२ गते । विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो । नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा […]


उपत्यकामा सवारीसाधनको बाटो निर्धारण हुन सकेन

काठमाडौं, कात्तिक २२ गते । काठमाडौँ उपत्यकामा कुन मार्गमा कस्ता र कति मात्रामा सवारी साधन चल्ने भनी निर्धारण हुनसकेको छैन । मार्ग निर्धारण हुन नसक्दा कतिपय मार्गमा आवश्यकताभन्दा बढी सवारी साधन हुँदा सवारी चाप बढी छ भने ग्रामीण क्षेत्रमा सवारी साधन कम मात्रै चल्दा स्थानीयवासी हैरान छन् । डेढ वर्ष पहिले यातायात व्यवसायीको एकाधिकार तोडेसँगै […]


सामाजिक सुरक्षामा याेगदान दिनेलाई एक कराेडसम्म घरजग्गा ऋण दिने : श्रममन्त्री विष्ट

काठमाडौँ, कात्तिक २२ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई सरकारले बढिमा एक करोडसम्मको ऋण दिने तयारी भइरहेको बताएका छन् । सिंहदरबारमा शुक्रबार गैर सरकारी संस्था महासंघ, उपभोक्ता महासंघ, कर्मचारी संचय कोषलगायतका पदाधिकारीहरुसँगको सामूहिक छलफलमा उनले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरुको मागलाई ध्यानमा राखेर सरकारले घरजग्गा वापत बढिमा […]


दुई वर्षमा कर्णाली उज्यालो बनाउछौँ : मन्त्री पुन

सल्यान, कात्तिक २१ गते । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताउनुभएको छ । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घ सल्यानले आज सल्यानको बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकारले समृिद्धको सपना बोकेर […]


कालापानी क्षेत्रमा २०१८ सालमै जनगणना गरिएको थियो: सञ्चारमन्त्री

काठमाडौँ, कात्तिक २१ गते । संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कालापानी क्षेत्र भारतमा पर्नेगरी भारतीय पक्षबाट एकपक्षीय रुपमा जारी भएको पोलिटिकल नक्शालाई अस्वीकार गर्ने बताउनुभएको छ । भारतीय पक्षबाट पोलिटिकल नक्शा जारी गर्दा नेपालको भूमि कालापानी क्षेत्रलाई समेटेको विषयमा सरकारको धारणा के छ ? भन्ने जिज्ञासा राखेपछि प्रवक्ता बाँस्कोटाले सो धारणा व्यक्त गर्नुभएको […]


उपनिर्वाचनकाे कार्यान्वयन चरण सुरु

काठमाडौँ, कात्तिक २० गते । निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनका सम्पूर्ण तयारी पुरासँगै कार्यान्वयन चरण सुरु भएको स्पष्ट पारेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि कात्तिक २१ र स्थानीय तहका लागि २७ गते मनोनयन दर्ताका लागि समय तोकिएको छ । आयोगले बुधबार पत्रकार सम्मेलनगरी दिएको निर्वाचन कार्यक्रमअनुसार, कात्तिक २२ गते […]


स्वीस सरकारद्वारा दुई अर्ब दश करोड अनुदान

काठमाडौँ , २० कार्तिक – स्वीस सरकारले झोलुङ्गे पुल तथा प्रदेश र स्थानीय सरकार सुशासन प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्न रु दुई अर्ब दश करोड अनुदान सहयोग उपलव्ध गराउने भएको छ । अनुदान सहयोगसमम्बन्धी समझदारीपत्रमा नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजावेथ फ पेलर ओस्वाल्ड र अर्थ सचिव राजन खनालले आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो […]


नेपाली विद्यार्थीले जिते वैज्ञानिक पुरस्कार

काठमाडौँ, कात्तिक १९ गते । रुसमा सम्पन्न आठौँ एसिया प्रशान्त युवा वैज्ञानिक सम्मलेनलमा राजधानीको साउथवेस्र्टन स्टेट कलेज वसुन्धराका विद्यार्थी स्वराजसागर प्रधानले स्वर्ण पदक प्राप्त गर्नुभएको छ । प्रधानले आफ्नो भौतिक विज्ञान समूहमा २३ मुलुकका करिब ५० प्रतिस्पर्धीलाई जित्दै स्वर्ण प्राप्त गर्नुभएको हो । सम्मेलनमा विभिन्न समूहमा रहेका करिब तीन सय प्रतिस्पर्धीमध्ये प्रधानले ‘युज अफ माइक्रोस्याटलाइट […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter