
काठमाडौं । कार्तिक १३ : महाराजगञ्जमा जुवाको खालबाट पक्राउ परेका ६ जना जुवाडेलाई नछाड्न अदालतले आदेश दिएको छ। सर्वोच्चमा बुधबार थप ६ जुवाडेले बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेपछि सबै मुद्दालाई एकसाथ राखेर सुनुवाई गर्ने आदेश सर्वोच्चले गरेपछि उनीहरु बस्नु पर्ने भएको हो। ‘बन्दीप्रत्यक्षीकरणका निवेदनहरु साथै राखि एकैपटक हेर्नुपर्ने देखिएकाले’ उनीहरु बुधबार नै छुट्न नपाएका हुन्। […]

काठमाडौं । कार्तिक १३ : प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्यपरीक्षणका लागि बुधबार धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल गएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गम्भीर समस्या नरहेको र परीक्षणपछि सम्भवतः आजै निवास फर्कने उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । प्रधानमन्त्री ओली गत भदौमा सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण […]

शिवशंङ्कर मिश्र, बारा, कात्तिक १२ गते । तिहार सकिए लगतै मध्यतराईका बजारमा छठको रौनक शुरु भएको छ । ठेकुवा तथा प्रसाद बनाउन पवित्र तथा शुद्ध माटोको चुल्हो बनाउन महिलाले माटो ल्याउन थालेका छन् । छठ ब्रत्तको लागि पकाइने ठेकुवा, प्रसाद तथा चोखो खाना बनाउन माटोको नयाँ चुल्हो बनाउने परम्परा रहेको छ । छठ पर्वका लागि […]

काठमाडौँ, कात्तिक ११ गते । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य अनुसन्धानलाई विश्वस्तरको मापदण्डमा पुर्याउन नयाँ आचारसंहिता ल्याउने भएको छ । नेपालमा स्वास्थ्यसित सम्बन्धित खोज, अुनसन्धानलाई विश्वस्तरमा पुर्याउन र मान्यता दिन आचारसंहिता ल्याउन लागेको परिषद्का कार्यकारी अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् १९५५, सन् २००१ र सन् २०११ मा […]

काठमाडौँ, कात्तिक ११ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मनाइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट […]

काठमाडौं, कात्तिक १० गते । हिमालय एयरलायन्सले काठमाडौं–वेइजिङका लागि आफ्नो पहिलो उडान भरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन हुने गरी भ्रमण वर्षको पूर्वसन्ध्यामा नियमित उडान सुरु गरिएको जनाइएको छ । उत्तरी छिमेकी राष्ट्र चीनको राजधानी वेइजिङसित काठमाडौं हवाई माध्यमले पहिलोपटक जोडिन पुगेको छ । त्रिभुवन विमानस्थलबाट बिहान ८ बजेर ३० मिनेटमा उडान […]

काभ्रेपलाञ्चोक, कात्तिक ९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल निर्माणार्थ तत्काल अध्ययन शुरु हुने बताउनुभएको छ । बनेपा नगरपालिका–१२ बाँसडोलस्थित वडा कार्यालयद्वारा विभिन्न चाडपर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउन केही हप्ताभित्रै अध्ययन शुरु हुने बताउनुभएको हो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “संसदीय समितिले […]

बाकु, कात्तिक ९ गते ।प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता भएको छ । असंलग्न अभियानको अठारौँ शिखर सम्मेलनका क्रममा उहाँहरूबीच भेटघाट भएको हो । भेटघाटमा उहाँहरुबीच ऊर्जा सहयोग, पारवहन सहयोगको सही उपयोग, व्यापारिक क्रियाकलापलाई गति दिनुपर्ने पक्षका साथै दुईपक्षीय सम्बन्ध र आपसी अभिरुचिका विषयमा छलफल भएको […]

शिवशंकर मिश्र, बारा, कात्तिक १० गते । बारा, कातिक ९ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ग्यास तथा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि सरकारले भारतको मोतिहारी देखि बाराको अमलेखगञ्ज हुँदै चितवनको लोथरसम्म ग्यास तथा पाइपलाइन परियोजनाको शुभारम्भ गरेको घोषणा गरेको बताउनुभएको छ । ग्यास तथा पेट्रोलियम पाइपलाइन परियोजनाको शनिबार एक कार्यक्रमका बीच अमलेखगन्जमा […]

अमरराज नहकी / तनहुँ, कात्तिक ८ गते । वैदेशिक रोजगारी छोडेर तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेका ६ जना युवा मिलेर पूmल खेती गरेका छन् । उनीहरुको फूलको माग बढेकाले उनीहरु खुसी भएका छन् । सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै भारतीय फूल निरुत्साहित गर्न थालेकाले फूल विक्री गर्न सहज भएको उनीहरुको भनाइ छ । फूल खेती गर्ने […]