
सुरेन्द्र खत्री / रुकुम (पश्चिम), कात्तिक ४ गते । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा सिस्नुको पाउडर उद्योग सञ्चालनमा आएको छ । स्थानीय स्तरमा खेर गैरहेको अर्गानिक सिस्नुलाई पाउडर बनाएर बाहिर निर्यात गर्न मुसिकोट नगरपालिका –५ सेरीगाउँमा हिमालय सिस्नु पाउडर उद्योग सञ्चालनमा आएको हो । स्थानीय पाँचजना युवाहरुको सहभागितामा गठित हिमालयन बहुसेवा प्रालि मार्फत उद्योग सञ्चालन […]

काठमाडौँ,कात्तिक ४ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको स्पष्ट गर्दै त्यस्ता भ्रमबाट मुक्त हुन सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार सम्पन्न म्यान्मा गणतन्त्र सङ्घको राजकीय भ्रमणका सम्बन्धमा जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सञ्चारकर्मीसँगको भेटमा उहाँले नेपालमाथि कुनै पनि विषयमा कुनै पनि देशले […]

काठमाडौं, कात्तिक ३ गते । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उहाँले बताउनुभयो । कात्तिक १२ गते मङ्गलबार दिनभर […]

काठमाडौँ, कात्तिक ३ गते । चीन सरकारले मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई १५ करोड आरएमबी अर्थात करीब दुर्इ अर्ब ४० करोड रूपियाँ बराबरको सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा आज दुईपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतामा उप प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका रक्षामन्त्री वेइ फेङ्हेबी बीच आज बेइजिङ्मा हस्ताक्षर […]

काठमाडौँ, कात्तिक ३ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले श्रमिक कल्याणकारी कोषका लागि रु एक करोड छ लाख सहयोग गर्ने भएको छ । एनआरएनको नवनिर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले वैदेशिक रोजगारीमा पीडितलाई सहयोग गर्ने हेतुले कोषका लागि प्रतिबद्धता जनाएको संस्थाले एक विज्ञप्तिमार्फत जनाएको हो । एनआरएनका अध्यक्ष पन्तको प्रस्तावमा नवनिर्वाचित पदाधिकारी एवम् सदस्यले उक्त […]

काठमाडौं, कात्तिक २ गते । सरकारले अभियानको रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने तथा नेपाल भ्रमण वर्ष २०२० वर्षलाई सफल बनाउनेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घ एनआरएनए को नवौँ विश्व नेपाली सम्मेलन सम्पन्न भएको छ । एनआरएनएले नेपालको समृद्धिका निम्ति ठूला आयोजनामा नेपाल लगानी बोर्डसँग सहकार्य गरी […]

बनेपा, कातिक २ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकमा विधिको शासन स्थापित गर्न सरकार कटिबद्ध भएर लागेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी काभे्र जिल्ला कमिटीको सपथ ग्रहण तथा पहिलो बैठकमा बोल्नुहुँदै मन्त्री बाँस्कोटाले गलत कुरा समाजमा स्थापित हुन नसक्ने बताउनुभयो । ‘गलत कुरा समाजमा स्थापित हुन सक्दैन, म दोहो¥याउन चाहन्छु […]

काठमाडौं, कात्तिक १ गते । सर्वोच्च अदालतले प्रदेश–१ बाहेक छ वटा प्रदेशसभाका स्थानीय तहका जनप्रतिनिधिले मासिक सुविधा लिने गरी बनाएको कानून बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आज निर्णय सुनाउँदै स्थानीय तहका पदाधिकारीले लिइरहेको पारिश्रमिक, तलब, सेवा सुविधासम्बन्धी कानून बदर गर्ने […]

प्रेमराज सिम्खडा / कालिकोट, कात्तिक १ गते । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा युवती समूहको सक्रियतामा वालविवाह रोकिएको छ । नगरको वडा नं ६ की १८ वर्षीया किशोरीले उमेर नपुगी गरिएको वालविवाह सोही वडामा गठित लालीगुराँस अविवाहित युवती समूहले वडा सरकारको रोहवरमा विवाह वदर गराई माइतीमा फिर्ता गराएको छ । समूहकी युवतीले वडा नं ६ का […]

काठमाडौं, कात्तिक १ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्ने बताउनुभएको छ । आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले सुदूरपश्चिम प्रदेश विगतमा पनि पछाडि परेकाले अब विकास निर्माणको काम यतातिर बढी केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर […]