
काठमाडौ, कात्तिक ८ गते । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । आज यहाँ आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । दुवै बैंकले नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपश्चात् एकीकृत कारोवार शुरु गर्नेछन् […]

इश्वरचन्द्र झा / काठमाडौं, कात्तिक ८ गते । एशियन फुटबल फेडेरेशन(एएफसी)ले अखिल नेपाल फुटबल संघलाई ३५ हजार अमेरिकी डलर जरिवाना गरेको छ । एएफसीले मुख्य प्रशिक्षक विष्णु गुरुङमाथि एक हजार अमेरिकी डलरको जरिवाना तोकेको छ । मलेसियाको क्वालालाम्पुरमा एएफसीको अनुशासन तथा आचारसंहिता समितिको मंगलबार र बुधबार बसेको बैठकले नेपाललाई उक्त राशी बराबरको जरिवाना तोकेको हो […]

काठमाडौँ, कात्तिक ७ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुशासन र कानुनको पालना गराउने कार्यमा सरकार अगाडि बढेको बताउनुभएको छ । उहाँले राजनीतिमा हुने अपराधिकरण र भ्रष्टिकरणलाई कसैले पनि प्रोत्साहित गर्न नहुने र दोषीमाथि कानुनअनुसार हुने छानविन एवं कारवाहीलाई ‘प्रतिशोध साँधेको’ भन्ने दृष्टिकोणबाट हेरिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिमा हुने अपराधिकरण […]

काठमाडौं, कात्तिक ७ गते । पूर्वसभामुख कृष्णबहादुर महरालाईको डीएनए टेस्ट गर्न दिन जिल्ला अदालत काठमाडौले आदेश थिएको छ । यस अघि प्रहरीले डीएनए टेस्ट लगायतका अनुसन्धान प्रक्रिया पूरा नभएको भनि म्याद थप गर्न माग भएको थियो । सोही अनुसार अदालतले पाँच दिन थप थुनामा राखी अनुसन्धान गर्न अादेश दिएकाे थियाे । तर पूर्व सभामुख महराले […]

सुर्खेत, कात्तिक ७ गते । उपराष्ट्रपति नन्दबहादुुर पुनले कर्णाली प्रदेशले पर्यटन क्षेत्रबाटै लाभ लिन सक्ने बताउनुभएको छ । सुर्खेतका पर्यटकीयस्थल काँक्रेविहार र बुलबुले उद्यानको आज अवलोकन गर्दै उहाँले पर्यटन प्रवद्र्धन गर्नसके कर्णालीले मुहार पर्ने बताउनुभएको हो । उपराष्ट्रपति पुनले खस भाषाको उत्पत्तिस्थल जुम्लाको सिंजा उपत्यकालाई काँक्रेविहारसँग जोडेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । […]

काठमाडौँ, कात्तिक ६ गते । असंलग्न आन्दोलन (नाम)को संस्थापक राष्ट्र नेपालले शान्ति, विकास र सुरक्षाका लागि सबल एवं सक्रिय ‘नाम’ अपरिहार्य भएको बताएको छ । अजरबैजानको बाकुमा जारी नामको मन्त्रिस्तरीय बैठकमा नेपालले सङ्गठनका सदस्य राष्ट्रबीच एकताको भावनासहित एकअर्काको क्षमता अभिवृद्धिमा सघाउनुपर्नेमा जोड दिएको छ । उक्त बैठकलाई आज सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्यस्तो पारस्परिक […]

काठमाडौं, कात्तिक ६ गते । गैरआवासीय नेपाली संघका नवनिर्र्वाचित अध्यक्ष कुमार पन्तले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग संघले निर्माण गरिरहेको लाप्राक नमूना वस्तीबारे छलफल गर्नुभएको छ । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले संघका सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै संघले निर्माण गरिरहेको लाप्राक नमूना वस्ती निर्माणमा आर्थिक तथा भौतिक सहयोग पु¥याउन हुने […]

काभ्रे, कात्तिक ६ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधिकरण र भष्ट्रिकरण स्वीकार्य हुन नसक्ने बताउनुभएको छ । पछिल्लो समय मुलुकमा राजनीतिक नेताले गलत गरेका कारण कानुनी दायरामा ल्याएको प्रति लक्षित गर्नुहुँदै – गलत गर्ने ढिला चाडो कानुनी कठघरमा आउने छन् – उहाँले भन्नुभयो । हामीले राजनीतिकमा अपराधिकरणलाई स्थान दिन हुँदैन, […]

परासी, कार्तिक ५ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारका कामको नतिजा देखिने बेला आएको बताउनुभएको छ । पहिलो वर्ष सरकारले विकासको आधार तयार पारेको र अव विस्तारै नतिजा देखिदै जाने बताउनुभयो । पश्चिम नवलपरासीको परासीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आज गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “झट्ट बाहिरबाट हेर्दा केही नभएको जस्तो देखिए पनि […]

भैरहवा, कात्तिक ५ गते । तिहार नजिकिँदै जाँदा व्यावसायिक रूपमा फूल नर्सरी तथा पसलमा सर्वसाधारणको भीड लाग्न थालेको छ । एक हप्ताअघिसम्म पनि सुनसान देखिने नर्सरी तथा पसलमा केही दिनयता मानिसको बाक्लो उपस्थिति देखिन थालेको हो । गाउँघरमा तिहारका लागि आफ्नै घर आँगनमा फूल उपलब्ध हुने गरेको भए पनि सहरी क्षेत्रमा व्यावसायिक रूपमा नै खरिद […]