समाचार

उपनिर्वाचनका लागि २१ दलको निवेदन

काठमाडौँ, असोज १ गते । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ सहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । उपनिर्वाचनमा भाग लिन चाहने दललाई आयोगमा दर्ताका लागि भदौ मसान्तसम्मको अवधि तोकेको थियो । आयोगका सहसचिव एवं प्रवक्ता गिरिजा शर्माले […]


दुई विधेयक स्वीकृत, एक समितिमा

काठमाडौँ, असोज १ गते । प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ भने एक विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई बैठकले […]


दोस्रो नौलिन जेटिआई जुनियर टेनिस च्याम्पियनशीपमा ९१ खेलाडीको सहभागिता

काठमाडौँ, भदौ ३१ गते। दोस्रो नौलिन जेटिआई जुनियर टेनिस च्याम्पियनशीप, २०१९ मंगलबारबाट शुरु भएको छ । प्रतियोगितामा पाँच उमेर समूहका ९१ जना खेलाडीको सहभागिता रहेको छ । अन्डर ८, अन्डर ९, अन्डर १०, अन्डर १२, अन्डर १४ मा ब्वाइज तथा गल्र्सको सहभागिता रहेको छ । अन्डर १४ बाहेक अन्य खेलमा सिंगल्सतर्फ हुने छ । त्यसैगरी […]


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था थप

काठमाडौँ, भदौ ३१ गते। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई लक्षित गरी विमानस्थलकाे सुरक्षा व्यवस्थापनलाई तीव्रता दिएको छ । विमानस्थलको सुरक्षा निकायका प्रमुख डिआइजी सूर्यप्रसाद उपाध्यायले विमानस्थलको सुरक्षामा उचित व्यवस्थापन गर्न तीव्रता दिइएको जानकारी गराएका हुन् । डिआइजी उपाध्यायले ‘नेपाल भ्रमण वर्ष–२०२०’समेत ध्यानमा राखेर विमानस्थलको सुरक्षाका लागि थप सय वटा सिसीटिभी क्यामेरा जडान गर्न लागिएको […]


राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित

काठमाडौँ, भदौ ३१ गते। राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाले सो विधेयक बैठकसमक्ष प्रस्तुत गर्नुभएको थियो । यसअघि उहाँले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफावार छलफल गरियोस् भनी राखेको प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृतसमेत गरेको थियो । गृहमन्त्री थापाले विधेयकको संशोधन प्रस्तावमाथि सांसदले राखेको […]


परिवर्तन विरोधीको प्रतिकार गर्न अध्यक्ष प्रचण्डको आह्वान

काठमाडौँ, भदौ ३० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गर्नुभएको छ । पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, “समृद्धि र विकासको […]


नियम निलम्बनको प्रस्ताव स्वीकृत

काठमाडौँ, भदौ ३० गते । राष्ट्रियसभाको आजको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सांसद खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने उक्त प्रस्तावलाई सांसदहरु प्रमिला कुमारी र कोमल ओलीले समर्थन गर्नुभएको थियो […]


घरबहालमा बस्नेलाई बढी महसुल नउठाउन आग्रह

काठमाडौँ, भदौ २९ गते । काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रमा घर बहालमा बस्नेलाई घरबेटीले मनलाग्दी विद्युत् महसुल लिइएको विषयमा नेपाल विद्युत् प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “प्राधिकरणसँग विद्युुत् लिएर मनलाग्दी तवरले व्यापार नगर्नूस्, जति महसुल उठेको हो, सोही अनुसार मात्रै घर बहालमा बस्नेसँग महसुल […]


चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ – अध्यक्ष दाहाल

काठमाडौँ, भदौ २९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) सामूहिक विकास र ‘कनेक्टिभिटीसँग’ सम्बन्धित भएकाले यसका परियोजनामा सामेल हुन नेपालले ढिलाइ गर्न नहुने बताउनुभएको छ । नेपाल बुद्धिजीवी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘बिआरआई संवाद’ मा अध्यक्ष दाहालले यसमा कुनै सैन्य गठबन्धनको […]


सामाजिक सुरक्षा कार्यक्रम छिटो कार्यान्वयनमा ल्याउनुहोस् – मन्त्री विष्ट

काठमाडौँ, भदौ २८ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ष विष्टले सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरणका लागि ढिलाइ नगर्न निजी विद्यालयलाई आग्रह गर्नुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), काठमाडौँको आयोजनामा आज राजधानीमा आयोजित विद्यालय, शिक्षक र विद्यार्थी सम्मान कार्यक्रममा उहाँले सरकारले सहज ढङ्गले वातावरण निर्माण गरेकाले जतिसक्दो छिटो सामाजिक सुरक्षा कार्यक्रम […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter