
इनरुवा, भदौ २४ गते । सुनसरीका कृषक गाईपालनतर्फ आकर्षित भइरहेका छन् । गाईपालनबाट राम्रो आम्दानी हुने भएकाले कृषक गाईपालनतर्फ आकर्षित भएका हुन् । सुनसरीमा आर्थिक वर्ष २०७५/०७६ मा तीन लाख ९५ हजार ६०० को सङ्ख्यामा गाईपालन गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्दले जनाएको छ । जिल्लामा आव २०७४/०७५ मा तीन लाख ९२ हजार ७७३ […]

काठमाडौँ, भदौ २३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक पाहुनाको आतिथ्य सत्कारसँग प्रत्यक्ष सरोकार राख्ने पर्यटक यातायात व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधार गरिने बताउनुभएको छ । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारण सभाको आइतबार साँझ उद्घाटन गर्दै मन्त्री भट्टराईले अर्बौं लगानी भएको र हजारौँले रोजगारी पाइरहेको […]

काठमाडौँ, भदौ २३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । पार्टीको केन्द्रीय कार्यालयद्वारा आज पार्टी कार्यालयमा आयोजित शहीद सुरेश वाग्ले ‘वासु’ को २१औँ स्मृतिसभामा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समयमा पार्टीका नेताहरु अलि बढी आत्मकेन्द्रित र व्यक्तिकेन्द्रित हुँदै गएको […]

काठमाडौँ, भदौ २२ गते । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजयादशमीको शुभसाइत सार्वजनिक गरेको छ । दशैँको मुख्य दिन असोज २१ गते मङ्गलबार विजयादशमी पर्व परेको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले साइत नै खोजेर दशैँको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १०ः३५ बजेको समय उत्तम रहेको जानकारी दिनुभयो ।

काठमाडौँ, भदौ २२ गते । चीनका विदेशमन्त्री वाङ ई नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार साँझ राजधानी आईपुग्नु भएको छ । उहाँलाई परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी तथा चीनका लागि नेपाली राजदूत लिलामणि पाैडेल सहितको उच्चस्तरीय टोलीले त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा स्वागत गर्नुभएको थियो । उहाँल राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार उहाँको शिष्टाचार भेट हुने छ । त्यस्तै […]

काठमाडौँ, भदौ २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताउनुभएको छ । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरणका लागि आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बदलिँदो […]

काठमाडौँ, भदौ २१ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमका निम्ति उर्वर र लगानीको पर्याप्त प्रतिफल दिने देश नेपालमा ढुक्क भएर पूँजी परिचालन गर्न चिनियाँ व्यवसायीहरूलाई आह्वान गर्नुभएको छ । बेइजिङस्थित नेपाली राजदूतावास र चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले राजधानीमा आज आयोजना गरेको नेपाल–चीन आर्थिक तथा व्यापार सहयोग मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “लगानीकर्ताको रकम र […]

काठमाडौँ, भदौ २१ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार मिडियामैत्री वातावरण निर्माणमा केन्द्रित रहेको बताउनुभएको छ । पछिल्लो समय मिडिया काउन्सिल विधेयकका सन्दर्भमा विभिन्न किसिमका चर्चा परिचर्चा चलिरहेका बेला उहाँले सञ्चारमाध्यमको विश्वसनीयता, पारदर्शिता र व्यावसायिकता अभिवृद्धि गर्ने गरी सरकार अघि बढेको बताउनुभयो । वल्र्ड कम्युनिकेटर्स काउन्सिल (डब्लुसिसिआई) को नेपाल च्याप्टर तथा दक्षिण एशिया मिडिया कन्फ्रेन्सको आज […]

काठमाडौँ, भदौ २१ गते । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रध्वजोत्थान (लिङ्गो ठड्याउने) साइत यही भदौ २४ गते मङ्गलबार बिहान ९ः१७ बजे रहेको जनाएको छ । इन्द्रध्वजोत्थान इन्द्रजात्राको महत्वपूर्ण दिन हो । भक्तपुरको चित्तपोल सामुदायिक वनबाट ल्याइएको इन्द्रजात्राकोे लिङ्गो शुक्रबार बिहान ९ः३५ बजे भोटाहिटीबाट वसन्तपुरतिर प्रवेश गराइएको थियो । पहिले भोटाहिटीभन्दा भित्रको क्षेत्रलाई मात्र नगर […]

काठमाडौँ, भदौ २० भदौ । सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गरि फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको नीजि चिकित्सकले बताउनुभएको छ । एक विज्ञप्ति प्रकाशित गर्दै डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री अब आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्षम रहेको समेत स्पष्ट पार्नुभयो […]