समाचार

समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण – गृहमन्त्री थापा

काठमाडौँ, असोज ५ गते । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आजदेखि शुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा उहाँले विकास, समृद्धि, शान्ति व्यवस्था र स्थायित्वलाई बलियो बनाउन युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको हो […]


विकास आयोजनामा स्थानीयको सकारात्मक भूमिका हुनुपर्छ : उर्जामन्त्री पुन

काठमाडौँ, असोज ५ गते । उर्जामन्त्री वर्षमान पुनले विकास आयोजनामा स्थानीय जनताले सकारात्मक भूमिका खेल्नुपर्ने बताएका छन् । पछिल्लो समय विभिन्न आयोजनामा स्थानीयले अनुचित लोभ देखाउँदा लगानी मैत्री वातावरण बिग्रिएको भन्दै उनले विकासमा अवरोध हुन नदिन सबै सचेत हुनुपर्ने बताए । काठमाडौंमा आइतबार आयोजित जलविद्युत सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले कुनै नयाँ आयोजना गाउँमा आउना साथ […]


प्रचण्ड–बाबुराम सार्बजनिक भएको स्थानमा बन्यो ‘ट्रि हाउस’

शिवकुमार काशी / हेटौँडा, असोज ४ गते । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई भूमिगत जीवनबाट सार्वजनिक भएको स्थानलाई पर्यटकीय हिसावले विकास गर्ने तयारी गरिएको छ । लामो समय भूमिगत र सशस्त्र राजनीति गरेका तत्कालीन माओवादीका शीर्ष नेताहरू जनतामाझ सार्बजनिक भएको मकवानपुरको मनहरी गाउँपालिका वडा नं १ स्थित भोर्लेटाँडीस्थित आँपबगैचालाई पर्यटन पार्कको रुपमा […]


बामदेब गौतमले कास्कीमा उम्मेदवारी नदिने

काठमाडौं, असोज ४ गते । नेकपाका नेता बामदेब गौतमले आफूले कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने बताउनु भएको छ । उहाँले शनिवार बालुवाटारमा बसेका नेकपा सचिवालय बैठकमा सो जानकारी गराएको प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्नुभएको छ । उहाँको विज्ञप्तिमा भनिएको छ – आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको […]


शिक्षा प्रणालीमा सुधारको खाँचो : उपराष्ट्रपति पुन

ललितपुर, असोज ४ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताउनुभएको छ । नेपाल शिक्षक महासङ्घद्वारा आज आयोजित ‘प्रथम राष्ट्रिय परिषद्’को उद्घाटन समारोहमा उहाँले शिक्षक, पाठ्यक्रम तथा पाठ्यपुस्तकको पनि सुधार गरी शिक्षाको सुधार गर्नुपर्ने बताउनु भएको हो । शिक्षकहरु केवल बालबालिकालाई औपचारिक ज्ञान दिने गुरु मात्रै नभएर समाज सुधारक र परिवर्तनका संवाहक […]


आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटायो

काठमाडौँ, असोज ३ गते । नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ। निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो। निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी दिए। अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ इन्धनको मूल्य […]


२० लाख पयर्टक भित्र्याउने गरि काम भइरहेको छ : पर्यटनमन्त्री भट्टराई

काठमाडौँ, असोज ३ गते । संस्कृति, पयर्टन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० मा २० लाख पयर्टक भित्र्याउने गरि सरकारले तयारीको कामलाई तीब्रता दिइरहेको बताएका छन् । मन्त्रालयको कार्ययोजनाका सन्दर्भमा शुक्रबार पत्रकारहरुसँगको भेटघाटमा मन्त्री भट्टराईले गत वर्ष नेपालमा १२ लाख पयर्टकको आगमन भइसकेकाले थप ८ लाख पयर्टक थप्नेगरी सरकारले भ्रमण वर्षको तयारी […]


देश प्रगति र विकासको गतिमा अगाडि बढ्दैछ : प्रधानमन्त्री

काठमाडौँ, २ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले देश लगातार प्रगति र विकासको गतिमा अगाडि बढ्दै गएको बताउनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवास भवनको शिलान्यासपछि आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारबाट केही पनि भएन र सरकारले केही पनि गरेन भनेर कराउनेलाई व्यवहारबाट जवाफ मिल्दै जाने बताउनुभयो । संसद् भवनलगायत अन्य आवाससमेत निर्माण गर्दै […]


विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न निर्वाचन आयोग सकारात्मक

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको बताएका छन् । उनले त्यसका लागि सरकारले छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने उनले बताए । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार थपलियाले विदेशमा रहेका नेपालीहरुलाई कसरी मतदानमा भाग लिने व्यवस्था गर्ने भन्ने सन्दर्भमा आयोगले विभिन्न अध्ययन गरिरहेको जानकारी […]


विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडेर समृद्धि ल्याउने – प्रधानमन्त्री ओली

काठमाडौँ, असोज १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूर्तिमा सघाउन वैज्ञानिकहरुलाई आग्रह गर्नुभएको छ । सातौ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आज यहाँ आयोजित मूल कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा राजनीतिक उपलब्धि हासिल र स्थिर सरकार गठन भइसकेकाले शान्तिपूर्ण ढङ्गले सुशासनका साथ अगाडि बढेको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter