
काठमाडौँ, साउन ४ गते । उपप्रधान एवम् अर्थमन्त्री पौडेलले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना दिने क्रममा उहाँले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । वर्तमान सरकार राजनीतिक र आर्थिक स्थिरताका लागि गठन […]

काठमाडौँ, साउन ४ गते । बंगलादेशमा इन्टरनेट सेवा बन्द भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूसँगको सम्पर्क टुटेको छ । कोटा विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि बंगलादेश सरकारले इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरेको हो । जसले गर्दा एकअर्कामा सम्पर्क हुन सकेको छैन । नेपालमा फोन सम्पर्क नहुँदा विद्यार्थीहरू तथा घर परिवारमा चिन्ता छाएको छ । कतिपय […]

लखन चौधरी / धनगढी । धान रोपाइँ सकिए यता सुदूरपश्चिम प्रदेशको ग्रामीण भेगका युवाहरू धमाधम भारत पस्न थालेका छन् । रोपाइँपछि बेरोजगार युवाहरू सिजन अनुसारको कामको खोजीमा मजदुरी गर्न भारत पस्न लागेका हुन् । उनीहरू बर्सेनि यो बेला भारत पस्दै आएका छन् । रोपाइँ सकेपछि दसैँसम्मका लागि रोजगारी गर्न उनीहरू भारत जाने गरेका हुन् । […]

काठमाडौँ, साउन ३ गते । नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर (जन्ममिति) का सम्बन्धमा कुनै कैफियत नरहेको स्पष्ट पारेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेखित जन्म मिति सम्बन्धी विवरणमा आशङ्का गर्ने ठाउँ नरहेको बताउनुभयो । रथी सिग्देलले […]

काठमाडौँ, साउन २ गते । काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएपछि महानगरले बुधबार बिहानदेखि पुनः काम सुरु गरेको हो । महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय […]

फडिन्द्र अधिकारी / लेखनाथ, साउन २ गते। गण्डकी सरकारले सञ्चालन गरेको गण्डकी विश्वविद्यालयले यसै वर्षबाट कृत्रिम बौद्धिकता (एआई)को अध्यापन सुरु गर्ने भएको छ। आधुनिक युगमा प्रविधिमैत्री उच्च शिक्षा प्रदान गर्ने एआई अध्यापन सुरु गर्न लागिएको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयले बुधबार मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्टलिजेन्स कार्यक्रम सार्वजनिक गरेको हो। सेप्टेम्बर महिनाबाट एमआइटी एआइको कक्षा […]

बिन्दु थापा / पाल्पा, असार ३१ गते । तानसेन नगरपालिका–११ मा ड्रागनफ्रुटको व्यावसायिक खेती सुरु गरेकी जुनकला रानाले वार्षिक चार पटक फलेको फल बेचेर मनग्य आम्दानी गर्न पाउँदा खुसी हुनुभएको छ । एक लाख पचास हजारको लगानी गरेर ड्रागनफ्रुटको व्यवसाय सुरु गरेको रानाले युट्युब हेरेर ड्रागनफ्रुट खेती सुरु गरिएको बताउनुभयो । उहाँले दाङबाट प्रतिबोट ३ […]

शालिग्राम नेपाल / चितवन, साउन १ गते । चितवन मेडिकल कलेजमा स्वास्थ्य बिमा सेवा सुरु भएको छ । गत जेठ १८ गते स्वास्थ्य बिमा बोर्ड र अस्पतालबिच सम्झौता भएपछि आज (मङ्गलबार) अर्थात् साउन १ गतेबाट सो कार्यक्रम सुरु भएको हो । स्वास्थ्य बिमा कार्यक्रम दुई वर्षदेखि रोकिएको थियो । नयाँ मेडिकल कलेजले सेवा दिन थालेपछि […]

नवलपरासी / असार ३१ गते । पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी परिवर्तन भएको छ । चितवन कालिका नगरपालिका निवासी भट्टराईले विगत तीन वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा व्यावसायिक केराखेती गर्दै आउनुभएको छ । नेपाली सेनाको जागीरे जीवनपश्चात् वैदेशिक रोजगारीको आकर्षक अवसर आए पनि यसलाई त्याग्दै उहाँ व्यावसायिक रूपमा केरा खेतीमा लाग्दै आउनुभएको छ […]

काठमाडौँ / असार ३१ गते । चालु आर्थिक वर्षमा सर्वोच्च अदालतमा दर्ता भएका ३७.८४ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले सो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतमा प्रवक्ता वेदप्रसाद उप्रेतीले विगत ५ वर्षको तुलनामा यस वर्ष करिब ७ प्रतिशतले मुद्दा फर्छ्यौट वृद्धि भएको बताए। उनले […]