
निजी कम्पनीले छपाइ गर्दा स्पस्ट नबुझिने कार्ड छापेपछि यातायात व्यवस्था विभागले झण्डै १३ हजार कार्ड पुनः छपाइ गर्न थालेको छ । निजी कम्पनीले रङ्गीन कार्ड छाप्दा फोटो र विवरण नबुझिने छापेपछि पुनः छपाइ शुरु भएको हो । निजी कम्पनीले झण्डै तीन लाख रङ्गीन कार्ड छापिएकामा १३ हजार कार्ड अस्पस्ट रहेको विभागका प्रवक्ता तीर्थराज खनालले बताउनुभयो […]

काठमाडौँ, असार १५ गते । विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिललले शनिबार लिएको पोष्टग्राजुएट्स तह (पिजी) अध्ययन पूरा गरेका ३४२ जना चिकित्सक सो परीक्षामा सहभागी भएका थिए । तीमध्ये २१७ जना मात्र उत्तीर्ण र १२५ जना अनुत्तीर्ण भएका काउन्सिलले जनाएको छ । नेपाली सेनाद्वारा सञ्चालित […]

काठमाडौँ, असार १४ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असार महीनाभित्रै पार्टी एकताको बाँकी काम सम्पन्न गरिने बताउनुभएको छ । जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकताको बाँकी काम सम्पन्न गराउन ढिलाइ भइरहेको सन्दर्भमा उक्त कुरा बताउनुभएको […]

पाल्पा, असार १४ गते । पूर्वराष्ट्रपति डा रामवरण यादवले जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ प्रेस स्वतन्त्रता हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ दलित समितिको आयोजना र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको आतिथ्यतामा नेपाल पत्रकार महासङ्घ दलित समुदायका पत्रकारको राष्ट्रिय सम्मेलनमा उहाँले विभेद् लोकतन्त्रले स्वीकार गर्न नसक्ने बताउनुभयो । उहाँले जातीय विभेद्का विरुद्ध लडिरहन आग्रह गर्नुभयो […]

काठमाडौँ, असार १३ गते ।नेपाल हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी भइरहेको जनाएको छ । समितिले आज पत्रकार सम्मेलन गरी आगामी साउन २ गतेदेखि हज यात्रामा निस्कने हजयात्रीको व्यवस्थापनका लागि आवासीय सुविधा र खानपिनको राम्रो व्यवस्था गरिएको जनाएको हो । यस वर्ष पनि नेपालबाट एक […]

काठमाडौँ, असार १२ गते । कागेश्वरी मनोहरा नगरपालिकाको सुव्यवस्थीत संचालन तथा विकास निर्माण सम्वन्धमा नेपाली कांग्रेसको तर्पmबाट १७ बुँदे ज्ञापनपत्र प्रस्तुत गरेको स्मरण गराउँदै नेपाली कांग्रेसले कागेश्वरी मनोहरा नगरपालिकाले अवलम्वन गरेका पछिल्लो नीति तथा कार्यक्रम, विकास निर्माण र जनसरोकारसंग सम्वन्धित विविध गतिविधिहरुलाई थप जनमुखि, पारदर्शी तथा लोकतान्त्रिक मूल्य मान्यता अनुरुप संचालन गर्न अपिल गरेको छ […]

काठमाडौँ, असार १२ गते । नेपाली काङ्ग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया जारी राखेको छ । पार्टीले बुधबारदेखि शुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया आज बिहान ८ बजेबाट पुनः शुरु गरेको हो । बुधबार मात्र २६ प्रतिनिधिले छलफल तथा अन्तरक्रियामा भाग लिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो […]

काठमाडौ, असार १२ गते । यस वर्षका माध्यामिक शिक्षा परीक्षा (एससीईइर्) को परीक्षाफल विहीबार प्रकाशित भएको छ । यस वर्षको एसईई परीक्षमा कुल चार लाग ५९ हजार २७५ जना विद्यार्थी सहभागी भएका थिए । नेपाल सरकार राष्ट्रिय परीक्षा वोर्डका अनुसार जीपीए ३.६० देखि ४.०० सम्म १७ हजार ५८०, जीपीए ३.२ देखि ३.६ सम्म १७ हजार […]

काठमाडाैं, असार ११ गते । सरकारले तीन सय विद्युतीय बस खरीद प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरीद र सञ्चालनका लागि प्राविधिक अध्ययनलगायतका काम अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । बस कुन प्रक्रियाबाट खरीद गर्ने र कसरी सञ्चालन गर्ने भन्ने विषयमा आवश्यक छलफल भइरहेको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो […]

काठमाडौँ, असार ११ गते । राष्ट्रियसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाईस्वीकृत गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको उक्त विधेयकलाई बहुमतले स्वीकृत गरेको हो । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०७६’ माथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटको खर्च गर्ने क्षमता सरकारसँग रहेको बताउनुभयो […]