समाचार

विषादीयुक्त फलफुल तरकारीको आयात रोक्न माग

काठमाडौँ, असार २२ गते । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले विषादीयुक्त फलफुल तथा तरकारीको आयात रोक्न सरकारसँग माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दवावमा जनतालाई विष खुवाइरहेको आरोप लगाउनुभयो । सांसद गौरीशङ्कर चौधरीले भारतबाट फलफुल तथा तरकारी आयात रोक्न आग्रह गर्नुभयो । सांसद चित्रलेखा यादवले भारतबाट आयात भइरहेका फलफुल तथा […]


मुख्यमन्त्री नमूना कृषि गाउँमा ३१ हजार बिरुवा रोपियो

गलकोट, असार २१ गते । गण्डकी प्रदेश सरकारले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा सूचीकृत भएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ को रेशमा चिया, सुन्तला, अलैँची र टिमुरका ३१ हजार बिरुवा रोपण गरिएको छ । गण्डकी प्रदेश सरकारको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ रेशलाई विनियोजन गरेको […]


गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योग कारवाहीमा

काठमाडौँ, असार २० गते । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने उद्योगलाई कारवाही गरेको हो । विभागले घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग बारा, नव नेपाल प्लाष्टिक, नारायणी सिमेन्ट उद्योग बारा, होङ्सी शिवम् सिमेन्ट प्रालि, […]


भूमिहीन अतिविपन्न दलितले जमीन पाउने

काठमाडौं, असार २० गते । सरकारले भूमिहीन अति विपन्न दलित समुदायलाई आवासका निम्ति भूमि उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न अति विपन्न समुदायका दलित समुदायलाई भूमि उपलब्ध गराउन लागेको हो । कति जमीन उपलब्ध गराइने हो भन्ने सार्वजनिक भएको छैन । यसका लागि मन्त्रालयले […]


‘टिस्यु कल्चर’बाट केराको बेर्ना उत्पादन शुरु

लम्की, असार १८ गते । कैलालीका दुई युवा कैलालीको टीकापुरमा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन कार्यमा लागेका छन् । केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि युवाको आकर्षण बढ्दै गइरहेका बेला टीकापुरका दुई युवा कृषकले टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन शुरु गरेका हुन् । बीउ अभावका कारण अन्य खेती अपेक्षाअनुसार उत्पादन लिन नसकेपछि टीकापुर नगरपालिका–४ […]


स्वरोजगारसहितको प्राविधिक शिक्षामा जोड

पोखरा, असार १८ गते । मुलुकको प्राथमिकतामा रहेको प्राविधिक शिक्षा गुणस्तरीय र स्वरोजगार सिर्जना गर्ने खालको हुनुपर्नेमा मङ्गलबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा आयोजित प्राविधिक शिक्षा एवं व्यावसायिक तालीमको विस्तार, विकास तथा गुणस्तर सुनिश्चितता विषयक परामर्श बैठकमा वक्ताहरूले दक्ष जनशक्ति उत्पादनमा जोड दिएका हुन् । […]


एक विदेशीसहित चार पर्वतारोही सम्मानित ; प्रकाश योग्य र परिपक्व : अध्यक्ष दाहाल

काठमाडौँ, असार १७ गते । पर्वतीय पर्यटन प्रवद्र्धनमा विशेष योगदान गरेको भन्दै ‘प्रकाश दाहाल स्मृति प्रतिष्ठान’ले एक विदेशीसहित चार पर्वतारोहीलाई सम्मान गरेको छ । प्रकाश दाहालको ३८ औँ जन्मजयन्तीको अवसरमा आज यहाँ आयोजित ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान–२०७६’ कार्यक्रममा सगरमाथा ओरोही तथा सम्पर्क अधिकृतका रुपमा कार्यरत ज्ञानेन्द्रकुमार श्रेष्ठ, आइसफल डा आङ सार्की शेर्पा, पर्वतारोही छिरिङ […]


प्रधानमन्त्री कृषि कार्यक्रम प्रभावकारी

रुपन्देही, असार १७ गते । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रधानमन्त्री कृषि कार्यक्रम प्रभावकारी भएको बताउनुभएको छ । रिपोर्टस क्लब प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कायक्रममा उहाँले सो कार्यक्रम शुरु भएपछि कृषि उत्पादकत्वमा समेत वृद्धि भएको बताउनुभयो । सरकारले कृषि उत्पादन वृद्धिका लागि आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिइएको उहाँको भनाइ […]


‘डिजिटल नेपालः लाखौँ रोजगारी सिर्जनाको आधार’

काठमाडौँ, असार १६ गते । सूचना प्रविधि (आइटी) क्षेत्रमा एकैसाथ लाखौँको रोजगारी सिर्जना गर्न सकिने आधार प्रस्तुत गर्दै प्रविधि क्षेत्रका जानकारले सूचना प्रविधिसम्बन्धी नियम कानूनलाई सरलीकृत बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ अन्तर्गतको ‘सूचना प्रविधि र रोजगार’ विषयको छलफलमा सहभागी वक्ताले सरकारको सानो नीतिगत निर्णयका आधारमै मात्र ठूलो सङ्ख्यामा रोजगारी […]


टेलिकमको ‘फाइबर टू होम’ सेवा शुरु

सुर्खेत, असार १६ गते । प्रदेश राजधानी वीरेन्द्रनगरमा नेपाल टेलिकमको ‘फाइबर टू होम’ सेवा शुरु भएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज दिउँसो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फोन गरेर सेवा शुभारम्भ गर्नुभएको हो । टेलिफोन सन्देशमा मुख्यमन्त्री शाहीले कर्णाली सरकारले अघि सारेको डिजिटल प्रदेशको कार्ययोजनालाई पूरा गर्न यो सेवाले थप मद्दत […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter