
काठमाडौं, असार २७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर क्षतिग्रस्त यति एयरलाइन्सको विमान हाटाइएको छ । नेपालगञ्जबाट यात्रु लिएर आएको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । त्यसपछि विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध हुँदै आएको छ । करीब आठ घण्टपछि विमानस्थल […]

काठमाडौ, असार २७ गते । दुई दिन देखिको निरन्तर वर्षाले देशभर धनजनको क्षति भएको समाचारहरू प्राप्त भएका छन् । गृहमन्त्रालयका अनुसार देशभर शुक्रबार अपरान्ह सम्म एघार जनाको मृत्यु भएको छ भने आठ जना वेपत्ता भएका छन् । बाढी पहिरोका कारण १३ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ । यसबीच मुलपानीमा पर्खाल भत्कँदा तीन जनाको मृत्यु […]

काठमाडौँ, असार २५ गते । साँझ ६/७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस शुरु गरेका हुन् । तीन रुटमा बस शुरु भएको संस्थाका व्यवस्थापक महेन्द्रराज […]

भैरहवा, असार २६ गते । रुपन्देहीको सियारी गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन टेम्पो प्रदान गरेको छ । स्वरोजगार ड्राइभिङ तालिम प्राप्त गरेका गाउँपालिकाभित्रका १८ जना युवालाई गाउँपालिकाले टेम्पो वितरण गरेको हो । गाउँपालिकमा युवा स्वरोजगार कार्यक्रम अन्तर्गत विगतमा विभिन्न तालिम सञ्चालन गरिएको थियो । त्यसमध्ये ड्राईभिङ तालिम लिएका १८ युवालाई पहिलो चरणको कार्यक्रम अन्तर्गत टेम्पो प्रदान […]

काठमाडौँ, असार २५ गते । नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले आफूहरु माथि चोरी, ठगी, लुटपाट, पाकेटमार, दुव्र्यवहारलगायतका घटना भएको भन्दै उजुरी दिन थालेका छन् । नेपाल घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र पर्यटकलाई पर्ने समस्या समाधान गर्न विसं २०३५ माघ १२ गते स्थापना भएको पर्यटक प्रहरीमा विदेशी पर्यटकले उजुरी दिएका हुन् । पर्यटक प्रहरीमा चालू […]

काठमाडौँ, असार २५ गते । नेपाल प्रहरीको प्रदेश प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) रहनुहुने भएको छ । प्रहरी समायोजन भएर जाँदा प्रदेश प्रहरी प्रमुखमा डिआइजी राख्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यबीच यस्तो सहमति जुटेको हो । प्रदेश प्रमुखको पदको नाम भने निक्र्योल भइसकेको छैन । ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा […]

शिवराज ढुङ्गाना /अछाम, असार २४ गते । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा रहेका एचआईभी संक्रमितलाई पोषण भत्ता वितरण गरिएको छ । गाउँपालिकामा रहेका ६ वटै वडाका ३४ जना संक्रमितलाई पोषण भत्ता दिइएको हो । एचआईभी संक्रमितमा पोषणको अवस्था कमजोर हुनेभएकोले पोषणमा कमी हुन नदिन प्रतिव्यक्ति तीनहजार दुईसय ३५ का दरले पोषण भत्ता वितरण गरिएको गाउँपालिकाले जानकारी […]

काठमाडौँ, असार २४ गते । पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समयका लागि रोक्ने भन्ने विषयमा विभागमा अनौपचारिक रुपमा समेत छलफल नभएको जनाएको छ । […]

काठमाडौँ, असार २३ गते । मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको न्यून चापीय रेखा (पानी पर्ने प्रणाली) उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उक्त न्यून चापीय प्रणाली चार÷पाँच […]

काठमाडौँ, असार २३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइने बताउनुभएको छ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “आगामी तीन वर्षभित्रमा सबै नेपालीको घरमा उज्यालो पु¥याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ ।” […]