समाचार

अन्तर्राष्ट्रिय उडान बढाउँदै निगम

काठमाडौँ, असार १० गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गर्ने भएको छ । निगमले भारतको नयाँ दिल्लीमा तीन र दुबई गन्तव्यमा एक उडान बढाउन लागेको जनाएको हो । अन्तर्राष्ट्रिय गन्तव्यमा उडान बढाउँदै लैजाने प्रयासअनुरुप दुई गन्तव्यमा उडान वृद्धि गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो […]


राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता, गलत प्रचार गरियाे मन्त्री अर्याल

काठमाडाैं, असार १० गते । राष्ट्रियसभाको आजको बैठकले गुठी विधेयक, २०७५ फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ । राष्ट्रिय सभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सो प्रस्ताव राख्नुभएको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गुठी विधेयक,२०७५ सर्वसम्मतले फिर्ता लिइएको घोषणा गर्नुभयो । भूमि व्यवस्थामन्त्री अर्यालले धर्म र परम्परा […]


कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा

काठमाडौँ, असार ९ गते । गृहमन्त्री रामबहादुर थापाले नेकपा ‘विप्लव’ समूहका गतिविधिलाई गम्भीर समस्याका रूपमा लिई राजनीतिक ढङ्गबाट समाधान खोज्न लामो समयदेखि प्रयत्न भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा यही असार ५ गते सर्लाही लखनदेहीमा कुमार पौडेल मारिएको घटनाबारे जानकारी दिँदै उहाँले विप्लव समूहबाट उठाइएका मुद्दालाई राजनीतिकरूपमै समस्या खोज्न वार्ता […]


छोरी जन्मिए बैंक खाता

सिमकोट, असार ८ गते । कर्णाली प्रदेश सरकारले दश वटै जिल्लामा छोरी जन्मिएपछि एक हजारको बैंक खाता संचालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा यस्तो कार्यक्रम ल्याए पछि नयाँ आर्थिक वर्ष सुरु भएपछि अब कर्णाली प्रदेशका जुन घरमा छोरी जन्मन्छन ती सबैको प्रदेश सरकारले बैंक खाता संचालन गर्ने भएको हो । छोरी जन्मने […]


सातै प्रदेशको सांस्कृतिक ग्रन्थ प्रकाशनको योजना

काठमाडौँ, असार ८ गते । नेपाल प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको गौरवमय सांस्कृतिक पहिचानको उत्खनन गरी ‘नेपाल दर्शन’ ग्रन्थ प्रकाशन गर्ने योजना अघि सारेको छ । मुलुकका सांस्कृतिक सम्पदाको स्थलगत अध्ययनबाट वस्तुगत विवरण सङ्कलन गरेर विश्लेषणसहित नेपाली र अङ्ग्रेजी संस्करणमा ग्रन्थ प्रकाशन गरिने भएको हो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विदेशीहरुलाई समेत नेपालको सम्पादाबारे देखाउन मिल्ने […]


ऊर्जामन्त्रीलाई नागरिकको प्रश्न– लगातार किन काटिन्छ बिजुली

काठमाडौँ,असार ७ गते । “सामान्य हावाहुरी आउँदासमेत विद्युत्को लाइन काटिन्छ । मोबाइल चार्ज गर्न समेत समस्या भएको छ । किन सधँै यस्तो हुन्छ मन्त्रीज्यू ? समस्या समाधान गर्ने केही उपाय छैन र ?” यो गुनासो हो काभ्रेपलान्चोकका विनोद सत्यालको । हरेक साता शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अपराह्न १२ बजेदेखि १३.०० बजेसम्म नागरिकका […]


समाजवाद सुन्दा प्रिय, कार्यान्वयन चुनौतीपूर्ण : नेता पाण्डे

कास्की,असार ७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले समाजवादतर्फको यात्रा चुनौतीपूर्ण रहेको बताउनुभएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ४०औँ स्थापना दिवसको अवसरमा आज पोखरामा आयोजित सम्मान कार्यक्रममा उहाँले समाजवादमा जमीन, यातायात, उद्योग कलकारखाना, शिक्षा, स्वास्थ्य, सबै राष्ट्रियकरण गरेर सरकारको हुने भएकाले अहिल्यै नेपालमा कहाँबाट शुरु गर्ने […]


समृद्धि, सभ्यता र शान्तिका लागि योगध्यान आवश्यक छ – प्रम

काठमाडौँ, असार ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धि, सभ्यता र शान्तितिर लैजान योग एवं ध्यानको आवश्यकता रहेको बताउनुभएको छ । पाँचौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजना गरेको योगाभ्यास तथा प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालीका पुर्खा ध्यानका सर्जक भएकाले नेपाललाई विश्व ध्यान केन्द्रका रुपमा स्थापना […]


‘वाटरपार्क’ निर्माणको काम धमाधम हुँदै, समयमै सक्ने लक्ष्य

नेपालगज, असार ५ गते । लामो समयको पर्खाइपछि यहाँको बहुप्रतिक्षित ठूलो योजनाभित्रको वाटरपार्क निर्माणको काम अहिले धमाधम भइरहेको छ । “वाटरपार्क निर्माण भएपछि हाम्रो नेपालगञ्जको पहिचान नै बदलिन्छ, आर्थिक समृद्धि र विकासमा यो कोशेढुङ्गा सावित हुनेछ”, नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालले भन्नुभयो । वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउले ओगटेको छ । […]


एटिएमजस्तै सेनेटरी प्याड मेशिन

स्याङ्जा, असार ४ गते । फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा एटिएमबाट पैसा झिकेजस्तै गरी सेनेटरी प्याड झिक्न सकिन्छ । विद्यालयका छात्राले आफूलाई आवश्यकता परेका समयमा विद्यालयमा जडान गरिएको सेनेटरी प्याड मेशिनमा एटिएमबाट कार्ड छिराएर पैसा झिके जसैगरी स्मार्ट कार्ड छिराएर प्याड निकालेर प्रयोग गर्न पाएपछि छात्रामा खुशीयाली छाएको छ । कक्षा १० की अङ्किता खड्काले […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter