समाचार

केयुले क्यान्सर अनुसन्धान केन्द्र सञ्चालन गर्ने

बनेपा, असार २५ गते । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले क्यान्सर रोगको समयमा नै पहिचानका लागि प्रयोगशाला तथा क्यान्सर रोगको अनुसन्धान सुरु गर्ने भएको छ । विश्वविद्यालय परिसरमा रहेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटिआइसी) को भवनमा क्यान्सर रोगको समयमै पहिचान, उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना अघि बढाएको हो । विश्वविद्यालयले कोरिया […]


रास्वपाद्वारा महामन्त्री मुकुल ढकाललाई निष्कासन

काठमाडौँ, असार २५ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको सबै पदीय जिम्मेवारीबाट हटाएको छ । मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निष्कासन गरेको हो । असार १९ गतेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी अनुशासनको सन्दर्भमा महामन्त्री तथा प्रवक्ता ढकाललाई गरिएको निलम्बन […]


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावना खोजिँदै

फडिन्द्र अधिकारी / लेखनाथ, असार २४ गते । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको लामो समयपछि यसको सम्भावनाको खोजी सुरुभएको छ । यो विमानस्थलको समस्या पहिल्याउन र अन्तर्राष्ट्रिय उडानका सम्भावना खोज्न सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको छानबिन उपसमिति पोखरा आइपुगेको छ । डेढ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको […]


खाली जग्गामा वृक्षारोपण गर्न बिरुवा वितरण

गुणबहादुर रोका / सुलीकोट, असार २४ गते । डिभिजन बन कार्यालय गोरखाले खाली जग्गामा वृक्षारोपण गर्न निःशुल्क बिरुवा वितरण गरेको छ । डिभिजन वन कार्यालय गोरखाले यहाँ खाली जग्गा भएका ठाउँमा वृक्षारोपण गर्ने मुख्य उद्देश्यसहित बिरुवा वितरण गरिएको डिभिजन बन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ३ वटा नर्सरीबाट एक […]


शिथिल भएको अर्थतन्त्रलाई गति दिन नयाँ गठबन्धन : अध्यक्ष ओली

काठमाडौँ, असार २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले रोकिएका विकास निर्माणलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको […]


कृषि उपज बेच्ने परिवार एक प्रतिशत

काठमाडौँ, असार २३ गते । नेपालमा कृषि उपज बेच्ने परिवार १ प्रतिशत रहेको पाइएको छ । नेपालमा व्यावसायिक कृषि वस्तु उत्पादन १.१ प्रतिशत मात्रै रहेको पाइएको हो । कृषि अर्थविज्ञ डा. देवेन्द्र गौचनका अनुसार आफ्नो उत्पादन आफै उपभोग गर्ने परिवार झन्डै ६९ प्रतिशत छन् । उनका अनुसार मुख्य रूपमा उपभोग गर्ने र केही बचेको बेचिदिने […]


पहिरोको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, असार २२ गते । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयमा भएको आपत्कालीन बैठकमा उनले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । […]


राजनीति सफा नभई मुलुक बन्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, असार २२ गते । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति सफा नभई देश नबन्ने बताएका छन् । शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले राजनीति सफा नभई मुलुकमा विद्यमान कुनै पनि समस्या समाधान नहुने दाबी गरेका हुन् । उनले मुलुकमा सहकारी क्षेत्रमा देखिएको समस्या पनि राजनीतिक दलहरुको संरक्षणको […]


‘एक घर, एक धारा’ उपभोक्ता उत्साहित

बाबुराम देवकोटा / सिन्धुलीमाढी, असार २१ गते । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ खनियाखर्क निवासी भरतबहादुर थापालाई घरको आँगनमा नयाँ खानेपानीको धारा निर्माण भएपछि यतिखेर दैनिक उपभोग गर्न र गाईवस्तुलाई खुवाउन निकै सजिलो भएको छ । ‘एक घर, एक धारा’ अभिायानअन्तर्गत गाउँमा दुई वर्षअघि निर्माण सुरु भएको खनियाखर्क खानेपानी तथा सरसफाई आयोजना भर्खर निर्माण पूरा भएपछि आफुलाई […]


विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौंः प्रधानमन्त्री

काठमाडौँ, असार २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । सो क्रममा प्रधानमन्त्रीले नेपाल प्राकृतिक विपत्तिको उच्च जोखिमयुक्त […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter