समाचार

प्रा डा शाह काउन्सिल सदस्य पदमा निर्वाचित

काठमाडौँ, वैशाख १० गते । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा डा दीव्यासिंह शाह इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीको काउन्सिल सदस्य पदमा निर्वाचित हुनुभएको छ । चिकित्सा अध्ययन सस्थानमा कार्यरत प्रा डा शाह दक्षिण एशियाली क्षेत्रबाट सो काउन्सिलको उपाध्यक्ष पदमा निर्वाचित हुँदै काउन्सिलको केन्द्रीय सदस्य पदमा समेत निर्वाचित हुन सफल हुनुभएको हो । पाकिस्तान र बङ्गलादेशलाई पछि […]


चीनले बिआरआईमार्फत गरीबी निवारणका अनुभव साझेदारी गर्ने

काठमाडौँ, वैशाख १० गते । चीनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (एक क्षेत्र एक मार्ग ) मार्फत गरीबी निवारणको आफ्नो अनुभवलाई विश्वसामु साझेदारी गर्दै उपयोग गर्न चाहेको छ । यसै साता बेइजिङमा आयोजना हुने ‘अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च कार्यक्रम’मा यसको प्रत्यक्ष अनुभव हुने अपेक्षा विशेषज्ञले गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी उक्त […]


नेपालीस्याट–१ : डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने

ललितपुर, वैशाख १० गते । नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१ भूउपग्रहले अब डेढ महीनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ । यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न ३ः३० बजे (प्रक्षेपण भएको ३६ घण्टा चालीस मिनेटपछि) पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षस्थित अन्तरराष्ट्रिय केन्द्र सिग्नसमा पुगी पृथ्वीको परिक्रमा […]


आरोहीको ओहिरो – ४८ करोड बढी रोयल्टी

काठमाडौँ, वैशाख ९ गते । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न मुलुकका आरोहीको उत्साहजनक सहभागिता रहेको छ । यस यामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म हिमाल आरोहण अनुमति लिने आरोही समूहको सङ्ख्या ९३ पुगेको छ । सगरमाथासहितका […]


नेकपा स्थापनाको ७० औं बार्षिकोत्सव समारोह

काठमाडौं, वैशाख ९ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले राणा, राजा र पञ्चायविरुद्ध लडेकै कारण आज सही ठाउँमा आइपुगेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘असमानताविरुद्ध, थिचोमिचो र शोषणकाविरुद्ध लडेर आज यो ठाउँमा आइपुगेका हौैँ, त्यसैले कसैले राजतन्त्र ब्यूँताउने सपना देखेको भए त्यो केवल सपना मात्र हुनेछ ।’ नेकपा […]


आपतकालीन व्यवस्थापन तालीम प्रभावकारी

काठमाडौँ, वैशाख ९ गते । आपत्कालीन अवस्थामा अस्पताल व्यवस्थापन तथा स्वास्थ्यकर्मीलाई परिचालन गर्न आपत्कालीन व्यवस्थापन तालीम प्रभावकारी देखिएको छ । विशेषगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आपतकालीन अवस्थामा कसरी उद्धार तथा उपचार सेवा पुर्याउने भन्ने ध्येयले विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संयुक्तरूपमा सञ्चालित तालीममा […]


नेपाल वायुसेवा निगमले दिल्ली उडान थप्यो

काठमाडौँ, वैशाख ८ गते ।राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो । निगमले आगामी वैशाख १८ (मे १ देखि) काठमाडौँ नयाँदिल्ली सातामा १४ उडान भर्ने जनाएको छ । उक्त गन्तव्यमा […]


अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्या बढ्यो

गलेश्वर, वैशाख ८ गते । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग र राउण्ड धौलागिरि क्षेत्रमा समेटिएको म्याग्दीका जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पक्षीहरुको सङ्ख्या वृद्धि भएको छ । उत्तरी म्याग्दीका हिस्तान, दोबा, नारच्याङ, घोडेपानी र पश्चिमी म्याग्दीका गुर्जा, मुदी, मुना, ताकम, रुम, ओखरबोट लगायतका जङ्गलमा पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको हो । अनुकूल बासस्थान र […]


नेकपाः पार्टी एकताका बाँकी काम अन्तिम निष्कर्षमा

काठमाडौँ, वैशाख ८ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेकपा एकताका बाँकी काम अन्तिम निष्कर्षमा पुग्न लागेको बताउनुभएको छ । नेकपाको ७० आँै स्थापना दिवसका अवसरमा प्रदेश नं ३ सङ्गठन कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “आज साँझ बस्ने पार्टी सचिवालय बैठकले पार्टी एकताका बाँकी सबै काम […]


रारामा तीन वटा रिसोर्ट स्थापना गरिने

रारा, वैशाख ७ गते । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मुगुको राराताल नजीकैका स्थानमा तीन वटा रिसोर्ट स्थापना गरिने भएको छ । बर्सेनी हजारौँ पर्यटक रारा घुम्न आउने गरेपनि पर्यटकलाई उचित खाना र बस्ने सुविधा सम्पन्न होटल नभएकाले पर्यटकले सास्ती खेपिरहेकाले स्तरीय सेवा दिन भिलेज रिसोर्ट नामका तीन वटा रिसोर्ट खोल्न लागिएको हो । रु […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter