
मुग्लिन, वैशाख ३ गते । चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक मोतीलाल शर्माका अनुसार रेलिङ, फुटपाथ र […]

काभ्रेपलाञ्चोक, वैशाख ३ गते । धुलिखेल नगरपालिका–१२ शङ्खुस्थित इँटेमा धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महायज्ञमा रु ३७ लाख रकम सङ्कलन भएको छ । सप्ताह ज्ञान महायज्ञमा स्थानीय सत्यनारायण श्रेष्ठले रु एक लाख ५५ हजार, ईश्वर लामिछानेले रु एक लाख ५१ हजार, मोहनप्रसाद श्रेष्ठले रु एक लाख २६ हजार, दामोदर सापकोटाले रु एक […]

काठमाडौँ, वैशाख ३ गते । प्रदेश नं ५ का विभिन्न जिल्लामा जारी आठौँ राष्ट्रिय खेलकूद अन्तर्गत आजसम्म २५४ पदकको छिनोफानो भइसकेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार आज बिहानसम्म ६७ स्वर्ण, ६६ रजत र १२१ वटा कास्य गरी कूल २५४ वटा पदकको छिनोफानो भएको हो । प्रतियोगिताको औपचारिक उद्घाटन हुन अझै दुई दिन बाँकी […]

काठमाडौँ, वैशाख २ गते । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५ वार्षिक प्रतिवेदन पेश गर्नुभयो । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा ५३ मा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा […]

चितवन, वैशाख २ गते । अर्थमन्त्री डा युवराज खतिवडाले सरकार निजी क्षेत्रसँग काम गर्न तयार रहेको बताउनुभएको छ । नेपाल सरकार, नेपाल उद्योग परिसङ्घ र चितवन उद्योग सङ्घले आज यहाँ आयोजना गरेको प्रदेश नं ३ गण्डकी प्रदेश र प्रदेश नं ५ का उद्यमीबीच पूर्वबजेट छलफल एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी पाँच वर्षमा ५५ […]

काठमाडौँ, वैशाख २ गते । जनप्रतिनिधिसभाका रुपमा परिचित संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी ग¥यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । सरकारले सकेसम्म व्यवस्थापन ग¥यो । त्योसँगसँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो । सोही मध्येको एक थियो पेट्रोलियम पदार्थको खानीको खोज तथा अन्वेषण । देशभित्रै पेट्रोलियम पदार्थको खानी रहेको र […]

लम्की, वैशाख १ गते । केराका परिकार खाद्यवस्तुका रुपमा प्रयोग हुन थालेको छ । कैलालीको टीकापुरमा कृषि व्यवसायी कालु हमालले केराका परिकारलाई खाद्यवस्तुका रुपमा प्रयोग गर्ने वातावरण मिलाएका छन् । ‘बनाना किङ’ को परिचयसमेत बनाइसकेका केरा व्यवसायी हमालले अहिले केराका ४० परिकार उत्पादन गर्छन् । हमालले १३ वर्षअघि विगतमा फलफूलका रुपमा मात्रै प्रयोग गरिने केराखेती […]

काठमाडौँ, वैशाख १ गते । अर्थमन्त्री डा. युवराज खतिवडाले अभियानले संविधानको मौलिक हक कार्यान्वयनका लागि सामाजिक सुरक्षाका कार्यक्रमलाई जोड दिइएको जनाउँदै विगतमा आफ्नो पार्टी सरकारमा हुँदा शुरु गरिएको वृद्धभत्ताको अर्को शृङ्खला आजको अभियान भएको जनाउँदै आमाको गर्भमा बच्चा रहँदादेखि नै हेरबिचार गर्न सरकारले प्रयास थालनी गरेको बताउनुभयो । उहाँले सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने […]

अछाम, वैशाख १ गते । पर्यटकीय क्षेत्र रामारोशनमा नयाँ वर्ष मनाउनका लागि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गतेमा सुन्दर र रमणीय स्थानको भ्रमण गरेर वर्षको सुखद शुरुवात गर्ने हेतुले अछाम जिल्लाभित्र र जिल्लाबाहिरका आन्तरिक पर्यटक रामारोशन क्षेत्रमा पुगेका हुन । नयाँ वर्षमा रामारोशन घुम्नका लागि अछामको […]

काठमाडौँ, चैत ३० गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आगामी सोमबारबाट हुने विद्यालय भर्ना अभियानलाई सफल गराउन निर्देशन दिएको छ । मन्त्रालयको सचिवस्तरीय बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई सरकारले सञ्चालन गर्ने ‘विद्यालय भर्ना अभियान’ लाई सफल पार्न […]