समाचार

दीगो विकास लक्षित विद्यार्थी म्यागेजिन ‘म्यानेजमेन्ट स्कलर्स’ विमोचन

काठमाडौँ, वैशाख ७ गते । दीगो विकासको विषयलाई समेटी विद्यार्थी म्यागेजिन ‘म्यानेजमेन्ट स्कलर्स’को सातौँ अङ्क आज काठमाडौँको पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा विमोचन गरिएको छ । उक्त म्यागेजिनको विमोचन कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बी.सी.ले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बी.सी.ले सरकारले चाँडै नै अनुसन्धान र प्रयोगात्मक ढाँचाको […]


जनकपुर–जयनगर रेल यथाशीघ्र सञ्चालन हुने

जनकपुरधाम, वैशाख ६ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुर–जयनगर रेल यथाशीघ्र सञ्चालन हुने बताउनुभएको छ । तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आज धनुषा जिल्लाको छ स्थानमा सडक निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री महासेठले सरकार भाडामा रेल इञ्जिन र डब्बा लिई चलाउने पक्षमा नरहेको स्पष्ट गर्नुभयो । जनकपुर–जयनगर रेल सञ्चालन सन्दर्भमा दुई […]


सूचीकृत हुने समय फेरि थपियो

सीता शर्मा / काठमाडौँ, वैशाख ६ गते । सरकारले रोजगारदाता तथा श्रमिक आपूर्तिकर्तालाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने समय थप गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कोषले यसअघि घोषणा गरेको समयमा सूचीकृत हुन रोजगारदाताले आनाकानी गरेपछि सरकारले यो समय असार मसान्तसम्मका लागि थप गरेको हो । योगदानमा आधारित सामाजिक सुरक्षा […]


सगरमाथाको चुचुरोबाट पर्यटन जागरणको उद्घोष

काठमाडौँ, वैशाख ६ गते । मुलुकभरि नै पर्यटन जागरणको सन्देश फैलाउने उद्देश्यले किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् । १३ औँ पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाको नाउँ गिनिज बुक अफ वल्र्ड रेकड्समा समेत दर्ज छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित […]


प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता हुन्छ : मन्त्री बाँस्कोटा; मन्त्रिपरिषदद्वारा सरकारका सचिवहरुको बढुवा तथा पदस्थापन

काठमाडौँ, वैशाख ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विद्युतीय कारोवार ऐन खारेज गरी नयाँ प्रेस कानूनद्वारा प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पत्रकारहरुले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गरिरहेको सन्दर्भमा मन्त्री बाँस्कोटाले सो कुरा […]


नेपालको पहिलो भूउपग्रह प्रक्षेपण, प्रधानमन्त्रीद्वारा बधाई

काठमाडौँ, वैशाख ५ गते । नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण गरिएको छ । नेपाली विज्ञान प्रविधिको इतिहासमै पहिलो पटक भूउपग्रह आज बिहान २ः३१ बजे संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यबाट नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । नेपालले आफ्नै स्याटेलाइट भूउपग्रहमा प्रक्षेपण गरेसँगै नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचीमा परेको छ । नेपालको स्याटेलाइट […]


जनतालाई सेवा दिन दत्तचित्त हुनुुहोस्ः राष्ट्रपति

राँझा, वैशाख ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँके र बर्दियाको विकासनिर्माणबारे चासो लिनुभएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न नेपालगञ्ज आउनुभएका राष्ट्रपति भण्डारीले आज ती जिल्लाका जनप्रतिनिधिसँग विकासनिर्माणबारे छलफल गर्नुभएको राष्ट्रपतिका प्रमुख सल्लाहकार भेषराज अधिकारीले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले जनप्रतिनिधिलाई जनताको काम सहज रुपमा गर्न आग्रह गर्नुभएको थियो । “नयाँ अनुभव […]


वडाध्यक्षको कृषि उद्यम !

हेटौँडा, वैशाख ४ गते । प्रदेश ३ को राजधानी हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै सामरी पुल पुगेपछि सामरी खोलाको तिरैतिर १२ किलोमिटर पूर्व लाग्दा बागदली आउँछ । मकवानपुरगढी गाउँपालिका वडा नं ६ को बागदली गाउँ पुग्नासाथ तरकारीखेती गर्न बनाइएका ठूल्ठूला प्लास्टिकका घर(टनेल)हरु देखापर्छ । घरभित्र छन् लौका, काँक्रो, गोलभेडा र तितेकरेलाका रहरलाग्दा बोटहरु । सफा टनेलभित्रका […]


स्वरोजगारका लागि निव्र्याजी ऋण

खलङ्गा, वैशाख ४ गते । जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरीबी न्यूनीकरणका लागि निव्र्याजी ऋण उपलब्ध गराउने भएको छ । गाउँपालिकाको हिउँदे गाउँसभाबाट निव्र्याजी ऋणसम्बन्धी कार्यविधि २०७५ जारी गरेको छ । विदेश पलायन हुने युवालाई लक्षित गरेर निव्र्याजी ऋण उपलब्ध गराउने व्यवस्था गाउँपालिकाले गरेको हो । व्यवसाय गर्ने व्यक्ति, समूह र संस्थालाई उनीहरुले अङ्गालेको […]


बेल्ट एण्ड रोड इनिशिएटिभ ‘बिआरआई’ नेपालको समृद्धिमा

काठमाडौँ, वैशाख ४ गते । चीन सरकारले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिशिएटिभ’ ले नेपालको समृद्धिमा सघाउने एक जना चिनियाँ प्राध्यापकले बताएका छन् । अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन प्रतिष्ठान नेपालले बुधबार राजधानी गरेको एक कार्यक्रममा उनले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा साकार पार्न मद्दत गर्ने बताए । पेकिङ विश्वविद्यालयका प्राध्यापक वाङ डङले बिआरआईअन्तर्गत […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter