
अविनाश चौधरी / धनगढी, कात्तिक २८ गते । कैलालीको लम्कीचुहा नगरपालिका १ स्थित एकतानगर मुक्त कमैया बस्तीमा नमुना अध्ययन गृह निर्माण गर्नका लागि देश विदेशबाट सहयोग प्राप्त भएको छ । सामाजिक कार्यमा सक्रिय युवाले थालेको अभियानमार्फत विपन्न परिवारका बालबालिकाका लागि नमुना अध्ययन गृह निर्माण गर्न सहयोग प्राप्त भएको हो । मुक्त कमैया बस्तीमा रहेका झण्डै […]

हुम्ला, कात्तिक २७ गते । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुग्नुभएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका लागि आज एक विशेष टोली हुम्ला पुगेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका चिनियाँ प्रतिनिधिका […]

काठमाडौँ, कात्तिक २७ गते । नेपालको पर्यटन प्रवद्र्धनमा चीन सरकारले धेरैभन्दा धेरै आफ्ना नागरिकलाई नेपालको भ्रमण गर्न अभिप्रेरित गरेको छ । नेपाललाई प्रमुख गन्तब्यको सूचीमा समावेश गरेर चीनले वर्षौंअघिदेखि सघाउँदै आएको छ । सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत सुमधुर रहेको नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले नेपालको चार दिवसीय भ्रमणमा रहनुभएका चीनका संस्कृति तथा पर्यटनमन्त्री […]

पाल्पा, कात्तिक २७ गते । रिब्दीकोट गाउँपालिकाले एकल महिलालाई उद्यमशीलताको विकासबाट आत्मनिर्भर बनाउन प्रत्येक वडामा समूह गठन गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा पाँच सदस्यीय समिति गठन गरेको छ । अहिलेसम्म रिब्दीकोटको आठ वडामा समिति गठन भइसकेको छ । समितिले एकल महिलाको माग सङ्कलन गर्नेछ । मागका आधारमा गाउँपालिकाले एकल महिलालाई सहयोग गर्नेछ । चालु […]

बर्दिवास, कात्तिक २६ गते । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् । चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर […]

काभ्रेपलाञ्चोक, कात्तिक २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरमा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा आयोजित नौदिने धर्म जागनी महोत्सव–२०७५ को उद्घाटन सभालाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “प्लानेट र पिपुल्सको रक्षा आजको चुनौती हो, प्राणीको रक्षा गर्नु हामी सबैको दायित्व […]

चन्द्रप्रकाश शर्मा / बाग्लुङ, कात्तिक २६ गते । लामो समय सिन्डिकेटका कारण विदेशी पर्यटकको भरमा धानिएको मुस्ताङको पर्यटन व्यवसाय सिन्डिकेट हटेसँगै फेरिएको छ । मुस्ताङ जिल्ला यातायात सञ्जालमा जोडिएपछि शुरू भएको सिन्डिकेट कारण मुस्ताङ प्रवेशमा ढोका बन्द जस्तै बनेको आन्तरिक पर्यटन सिन्डिकेट हटेसँगै ह्वात्तै बढेको हो । सहज रूपमा निजी तथा सार्वजनिक सवारीसाधनमा जोमसोम मात्र […]

पोखरा, कात्तिक २५ गते । चार दिनसम्म मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । आज पहिलो दिन बर्तालु महिला वा पुरुषले स्नान गरी चोखो हुने यस विधिलाई ‘नहायखाय’ भनिन्छ । दोस्रो दिन ‘खरना’ भनिन्छ । तेस्रो षष्ठीका दिन नदी वा तलाउमा अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिइएपछि यो पर्व सम्पन्न […]

घोराही, कात्तिक २५ गते । पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आउनुभएकी धनमाया बुढाले अहिले व्यावसायीक रुपमा च्याउ खेती गर्न थाल्नु भएको छ । पर्याप्त आम्दानी गर्न सकिने भएपछि बुढा च्याउ खेतीतर्फ आकर्षित हुनु भएको हो । पछिल्लो समय जिल्लामा उत्पादन भएको च्याउ स्थानीय बजारमै बिक्री हुन थालेको छ । बुढाले आफ्नै लगानीमा घोराही […]

काठमाडौं, कात्तिक २४ गते । २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम साथ शनिबार मनाइएको छ । १९७२ कात्तिक २४ गते जन्मनुभएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो । आफ्नो अडानमा दृढ रहने नेताका रुपमा छवि बनाउनु भएका सिंहलाई लौहपुरुष समेत भनिन्छ । नेपाली राजनीतिमो सिंहको योगदानलाई […]