समाचार

रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर

काठमाडौँ । सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो । उनको हकमा सजाय भने पछि निर्धारण गरिनेछ । बम्जनले सर्लाही र सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा आश्रम खडा गर्ने, जबरजस्ती करणी गर्ने, व्यक्ति बेपत्ता पर्ने कार्य गरेको आरोप […]


मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा; निमित्त मुख्य सचिवको जिम्मेवारीमा लीलादेवी

काठमाडौँ, असार ९ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। आइतबार विशेष अदालतमा मुख्यसचिव अर्यालसहित १२ जना विरुद्ध मुद्दा दर्ता गरिएको हो। सार्वजनिक संस्थाको सम्पत्ति हानि, नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा सञ्चारकर्मीसँग कुरा गर्दै विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले […]


भेरी अस्पतालमा ठुलो आन्द्राको क्यान्सरको दूरबिन प्रविधिबाट शल्यक्रिया

सिराज खान / नेपालगन्ज, असार ९ गते। नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक ठुलो आन्द्राको क्यान्सरको दूरबिन प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ। विगत डेढ वर्षदेखि पेटको समस्याले पीडित पञ्चपुले नगरपालिका–१ की ७५ वर्षीया हस्ता शर्माको भेरी अस्पतालमा सफल शल्यक्रिया गरिएको हो। पीडितका छोरा ललित शर्माले दिनुभएको जानकारी अनुसार लामोसमयदेखि पत्थरी भयो भन्दै प्रदेश अस्पताल सुर्खेत, लगायत […]


मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, असार ८ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताउनुभएको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजे पनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबी समेत गर्नुभयो। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण […]


मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुनसक्ने, आयोजनास्थल २४ घण्टा निगरानीमा

काठमाडौँ, असार ८ गते। मनसुन सुरु भएसँगै सिन्धुपाल्चोकबाट काठमाडौँ ल्याइएको मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बर्सात धेरै भएर बाढी आउने अवस्थामा काठमाडौँ ल्याइएको खानेपानी बन्द हुने बताए । हाल आयोजनास्थल र त्यसभन्दा माथिको भागमा कर्मचारी राखेर २४ सै घण्टा बाढीको अवस्था हेरिरहेको र […]


फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार गर्छौँ : कप्तान पौडेल

काठमाडौँ, असार ६ गते। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताउनुभएको छ। बिहीबार टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो। टिममा आत्मविश्वास भए पनि मैदानको स्थितिले जित हात पार्न नसकिएको उहाँको भनाइ थियो। उहाँले अमेरिका […]


फेवाताल अतिक्रमण : सर्वोच्चका दुई फैसला कार्यान्वयन रोक्न माग गरिएको रिटमा भएन अन्तरिम आदेश

काठमाडौँ, असार ६ गते । सर्वोच्च अदालतले फेवातालको फैसला कार्यान्वयन रोक्न माग गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्धय प्रकाशमान सिंह राउत र कुमार चुडालको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । सर्वोच्चले यसअघि गरेका दुई फैसला कार्यान्वयन गर्न अन्तरिम आदेश जारी नगरेपछि सरकारलाई फैसला कार्यान्वयनको बाटो खुलेको छ […]


वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ, असार ५ गते। वैदेशिक रोजगारका क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको छ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले १० बुँदे ज्ञापनपत्र बुझाएको हो । व्यवसायी र कामदारका विरुद्ध हुने ढिलासुस्ती, एकाधिकार तथा सबै प्रकारका सिन्डिकेटहरूको अन्त्य गर्दै यो क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका […]


जोखिम न्यूनीकरणका लागि समयमै सही सूचना आवश्यक : मन्त्री शर्मा

काठमाडौँ, असार ५ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरो लगायत विपद् जोखिम न्यूनीकरण गर्न आम नागरिकलाई समयमै सही सूचना दिने व्यवस्था मिलाउन मातहतका निकाय तथा सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ । मनसुनजन्य विपद्का घटना बढ्न थालेको बेला इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर (ईटिसी) को बैठक आह्वान गरेर मन्त्री शर्माले सबैलाई तयारी अवस्था रहन […]


संवैधानिक परिषद् बैठक : निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

काठमाडौँ, असार २ गते। संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गर्ने निर्णय गरेको छ। सभामुख देवराज घिमिरेको निजी सचिवालयका अनुसार बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्त सिफारिस गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, राष्ट्रिय […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter