
राममणि दाहाल / हेटौँडा, असार २ गते। एकल तथा विपन्न महिलाको आयआर्जनमा वृद्धि गर्न सहयोग पुर्याउन जनै बनाउने तालिम प्रदान गरिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ७ को वडा कार्यालयको आर्थिक सहयोगमा हेटौँडा ७ स्थित नागस्वतीमा हिन्दु धर्माबलम्बीले प्रयोगमा ल्याउने जनै बनाउने तालिम आयोजना गरिएको हो। जनै विदेशबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र […]

काठमाडौँ, असार १ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएका छन् । आज काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले रास्वपासँग आम नागरिकहरूको ठुलो आस रहेको भन्दै रास्वपाले सरकारमा गएको सय […]

काठमाडौँ, असार १ गते । रुसका प्रसिद्ध कविहरूका नेपालीमा अनुदूति करिब एक दर्जन कविताको आज काठमाडौँमा प्रस्तुति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित कार्यक्रममा नेपाली र रुसी दुवै भाषा-साहित्यमा सक्रिय स्रष्टाहरू डा.जङ्गल चौहान र जुगल भुर्तेलले ती कविताको प्रस्तुति गर्नुभएको हो । उहाँहरूले कतिपय कविता रुसी भाषामै […]

जनकपुरधाम, जेठ ३२ गते । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा पार्टीका नेता तथा कायकर्ताका साथै सबै एकजुट भएर अगाडि बढनुपर्ने बताउनुभएको छ । आज जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले मुलुक सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले आपसी सहकार्य र समन्वयबाट मुलुकको समृद्धिमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । नेता कोइरालाले पार्टीबाट […]

काठमाडौँ, जेठ ३२ गते । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बृहत्तर जनकपुर क्षेत्रको करिब नौ हजार जमिन अतिक्रमणको विग अप्रेसन सुरु गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लामिछानेले लगभग नौ हजार बिगाहा जमिन हिनामिना भएको रिपोर्ट आएको भन्दै बिग अप्रेसन सुरु गर्न लागेको जनाएका हुन् । ‘बृहत्तर जनकपुर क्षेत्रको करिब नौ […]

निकेश खत्री / काठमाडौँ । सर्वसाधारणले राष्ट्रिय परिचयपत्रलाई बेवास्ता गरिरहेको बेला सरकारले साउन १ गतेदेखि भने लाइसेन्ससहित आधा दर्जन कागजपत्रको सट्टा यसलाई नै प्रयोगमा ल्याउने भएको छ । राष्ट्रिय परिचयपत्र बनाउने र लिन नआउनेको सङ्ख्या बढेपछि परिचयपत्र थुप्रिएको छ । सर्वसाधारणले बेवास्ता गरेपछि सरकारले साउन पहिलो सातादेखि प्रयोग व्यापक बढाउने नीति लिएको हो । तयार […]

काठमाडौँ, जेठ ३१ गते । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले कृषि अनुसन्धानका लागि बजेटको अभाव भएको गुनासो गरेका छन् । कृषि अनुसन्धानका लागि बजेटमा वृद्धि नगरेसम्म खाद्यान्नमा आत्मनिर्भर हुन नसकिने उनीहरूको दाबी रहेको छ । देशको कुल बजेटमध्ये कृषिका लागि सरकारले ३.३७ प्रतिशत मात्र बजेट छुट्याएको छ । कृषि बजेटमध्ये नार्कका लागि ५.६६ […]

काठमाडौँ, जेठ ३० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। सिंहदरबारमा बुधबार आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताउनुभएको […]

काठमाडौँ, जेठ ३० गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा जारी एक सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवम् भारत र चीनबिचको रणनीतिक बजारका कारण लगानीको […]

काठमाडौँ, जेठ २९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र मलेसियाका मानव संसाधन मन्त्री ची केवङ सिम द्विपक्षीय भेटवार्ता भएको छ । जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुने क्रममा मलेसियन समकक्षी बिच भेटवार्ता भएको हो । भेटमा मन्त्री अर्यालले नेपाली […]