समाचार

नेसनल च्याम्पियनसिपको उपाधि आशुतोष ध्वजलाईु

काठमाडौँ, साउन १३ गते । शनिबार धुलिखेलको हिमालयन मोटरल्यान्डमा सम्पन्न क्रसमान्डु नेसनल च्याम्पियनसिपको उपाधि आशुतोष ध्वजुले जितेका छन् । अन्य प्रतिस्पर्धिहरुलाई पछि पार्दै उनले डर्ट बाइक रेसिङको सो उपाधि हात पारेका हुन् । प्रतियोगितामा फस्र्ट रनर अप सुजित ताम्राकार भएका छन् भने सेकेन्ड रनर अप सुवाश कटुवाल भएका छन् । नेसनल च्याम्पियनसिप विजेताहरु आगामी बर्ष […]


निकुञ्जमा तीन वर्षमा ११ बाघ मरे

चितवन, साउन १३ गते । चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन आर्थिक वर्षमा विभिन्न कारणबाट ११ वटा बाघ मरेका छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार मरेका बाघमध्ये आर्थिक वर्ष २०७२/७३ मा एउटा, २०७३÷७४ मा एउटा र २०७४/७५ मा चारवटा बाघ जुधेर मरेका थिए । उक्त अवधिमा एउटा बुढो भएर, एउटा उपचारको क्रममा एउटा विषादी […]


विश्वलाई शान्तिको दिशामा दोहोर्‌याउने बुद्धदर्शन -प्रधानमन्त्री

काठमाडौँ, साउन १२ गते । धम्मावती गुरुमाँको ८५ औँ शुभजन्मोत्सवको अवसरमा यहाँको नघलस्थित धर्मकीर्ति विहारले विहार परिसरमा सप्ताहव्यापी अभिधर्म पाठको आयोजना गरेको छ । अभिधर्म पाठको अन्तिम दिन आज प्रधानमन्त्री केपी शर्मा ओली धर्मकीर्ति विहार पुगेर बौद्धविद्धान धम्मावती गुरुमाँको ८५ औँ शुभजन्मोत्सवका अवसरमा उहाँलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्यको कामना गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले […]


मुख्यमन्त्री राईद्वारा मोटरबोट उद्घाटन

इटहरी, साउन १२ गते । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई यस प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । उहाँले तालतलैया क्षेत्रलाई अझ ब्यवस्थित, आकर्षक र पर्यटक लोभिने केन्द्रका रुपमा प्रवद्र्धन गर्न नीजि सरकारी र विभिन्न दातृ समुदायसमेतको सहकार्यमा जोड दिने कुरामा आफूले प्रयत्न गरिरहेको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले […]


विदेशबाट फर्किएर सामूहिक भैँसीपालन

सुरेन्द्र खत्री / रुकुम (पश्चिम), साउन ११ गते । विदेश गएर फर्किएका रुकुम पश्चिम चौरजहारीका छजना युवाले सामूहिक भैँसीपालन व्यवसाय सञ्चालन गरेका छन् । अर्काको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै गाउँघरमा व्यवसाय गरेर आत्मनिर्भर बन्न सकिने भन्दै उनीहरू यसतर्फ आकर्षित भएका हुन् । चौरजहारी नगरपालिका –५ लहरेसिमलका २९ वर्षीय अमृत शर्माको नेतृत्वमा उनीहरूले लहरेसिमल दुग्ध […]


जोखिमपूर्ण बस्ती सार्न विज्ञको सुझाव

बागलुङ, साउन ११ गते । पहिरोको उच्च जोखिममा रहेका जिल्लाका केही बस्तीलाई स्थानान्तरण गर्नुपर्ने सुझाव भूगर्भविद्ले दिएका छन् । वर्षेनी पहिरोको चपेटामा पर्दै आएका निसीखोला गाउँपालिका– १ हुल्दी र २ का बाहुन गाउँलाई सुरक्षित ठाउँमा सार्न उनीहरुले सुझाव दिएको हो । खानी तथा भू–गर्भ विभागबाट आएको भूगर्भविद्को टोलीले स्थलगत अध्ययनपछि त्यस्तो सुझाव दिएको हो । […]


केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई जानकारी

काठमाडौँ, साउन ११ गते । नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो संसदीय दललाई आज जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी गराउनुभएको हो । बैठकमा सहमतिपछिको फरक स्थितिका बारेमा छलफल भएको र सहमतिले […]


दुग्ध उद्योग सञ्चालनपछि किसान उत्साहित

मोरङ, साउन १० गते । गोठगाउँमा रु एक करोडको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् । सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको बेलामामा मोरङको गोठगाउँमा दूधजन्य सामग्री प्रशोधन तथा संकलन उद्योग सञ्चालनमा ल्याइएपछि किसान उत्साहित बनेका हुन् । स्थानीय सीताराम भट्टराई, पेशल […]


प्रधानमन्त्रीको प्रतिबद्धता “हाम्रो नेपाल: हामी नेपाली, हामी जनताका सेवक”

काठमाडौैँ, साउन १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले “हाम्रो नेपाल ः हामी नेपाली, हामी जनताका सेवक”को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गर्नुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छमहिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रशिक्षार्थीहरुले […]


KCC exhibit 2018 यसै साताको अन्तिममा

काठमाडौैँ, साउन १० गते । सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधि तथा इन्जिनियरिङको अग्रणी कलेज यस कान्तिपुर सिटी कलेज (केसीसी)ले यही शनिबार र आइतबार (१२–१३ श्रावण २०७५ तदनुसार सन् २०१८ जुलाई २८–२९)मा आफ्नै प्राङ्गणमा KCC exhibit 2018 आयोजना गर्दै छ । यस KCC exhibit 2018को मूल नारा “Innovate, Integrate and Sustain” रहेको छ । […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter