
काठमाडौँ, साउन १० गते । नेपाल र भारतबीच नदी सिमाना रहेका ५७ स्थानमा सीमा स्तम्भ निर्माण गरिने भएको छ । दुई देशबीच विगत लामो समयदेखि नदी सीमा क्षेत्रमा स्थानीयस्तरमा समस्या रहँदै आएपछि उक्त समस्याको निराकरण दीर्घकालीन रुपमै गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको नापी विभागले गृहकार्य गरिरहेको छ । नेपालका २७ जिल्ला र […]

उदयपुर, साउन ९ गते । नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा झण्डै रु दुई अर्बभन्दा बढी मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ । प्रशासनका अनुसार २०७४ को साउन महिनादेखि २०७५ को असारको पहिलो हप्तासम्ममा उद्योगले रु दुई अर्ब २२ करोड २७ लाख ९६ हजार मूल्यको सिमेन्ट बिक्री गरेको हो । […]

काठमाडौँ, साउन ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शैक्षिक उन्नयनका निम्ति सरकारले नयाँ योजना बनाइरहेको बताउनुभएको छ । प्रधानमन्त्री निवासमा आज भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौँ सभामा उहाँले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ त्यसैअनुसार शिक्षण संस्था स्थापना गर्नुपर्ने बताउनुभयो । अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिका लागि गौरवभन्दा […]

चरिकोट, साउन ८ गते । दोलखाको मेलुङ गाउँपालिका–१, पवटीवासी केरा खेतीतिर आकर्षित हुन थालेका छन् । अन्नबालीमा बाँदरले सारै दुःख दिएपछि विकल्पका रूपमा उनीहरूले केराखेतीमा आकर्षित हुनुपरेको किसान कमलकान्त ओलीले बताउनुभयो । उहाँकाअनुसार गाउँमा बाँदर आतङ्क चलेको छ । मकै, गहुँ, कोदोलगायतका अन्न बालीमात्र होइन तरकारी खेती गरेर पनि बाँदरले खान दिएन । मकैका सुत्लादेखि […]

काठमाडौँ, साउन ८ गते । कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी उहाँले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गर्नुभएको हो । आफ्नो चारमहीने कार्यकालको […]

काठमाडौँ, ८ साउन । राष्ट्रिय सर्तकता केन्द्रले गत आवमा दुई हजार ३३१ कर्मचारीलाई छड्के अनुगमनका क्रममा कारबाहीको लागि सिफारिश गरेको छ । केन्द्रले कार्यालय समयमा नआउने र पोशाक नलगाउने ती कर्मचारीलाई कारबाहीका लागि सिफारिश गरेको केन्द्रका सूचना अधिकारी डोलनाथ अर्यालले जानकारी दिए । केन्द्रले सम्बन्धित कार्यालय प्रमुखलाई ती कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ । […]

कञ्चनपुर, साउन ७ गते । आन्तरिक र बाह्य पर्यटकको प्रमुख गन्तव्यका रुपमा रहेको कञ्चनपुरको प्राकृतिक बेतकोट ताल क्षेत्रमा भ्यूटावर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ठेक्का प्रक्रियाद्वारा रु ७५ लाखको लागतमा दृश्यावलोकनका लागि छ तल्ले टावर निर्माणको कार्य भइरहेको छ । पाँच तले भ्यूटावर निर्माणका लागि नगरपालिकाले कूल लागतको ३० प्रतिशत र संघीय मामिला […]

काठमाडौँ, साउन ७ गते । नेपाल र गणतन्त्र कोरियाबीच रोजगारी अनुमति प्रणालीअन्तर्गत थप नेपाली श्रमिकलाई अवसर दिनेबारे छलफल भएको छ । नेपाल–कोरिया परामर्श संयन्त्रको चौथो बैठकमा कोरियामा कार्यरत नेपाली कामदारको हकहित तथा सुरक्षाका साथै पारस्परिक चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोरियाली विदेश मन्त्रालयमा आज भएको उक्त बैठकमा नेपाल–कोरिया सम्बन्धका समग्र […]

भीमदत्तनगर, साउन ५ गते । भीमदत्त नगरपालिका–१ का १०५ वर्षिया झुसीदेवी विष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुग्नुभयो । अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ट नागरिक (७० वर्ष पुगेका) एकल महिला, दृष्टिबिहीन र अपांगता भएका व्यक्तिलाई वडा अध्यक्ष आसेफ कँुवर (भुन्टु) ले आफूले पाएको तलब दिने तयारी गरेका थिए । सोही अनुसार वडा कार्यालयबाट […]

काठमाडौँ, साउन ५ गते ।भक्तपुरका पर्यटकलाई लक्षित गरी भक्तपुरदेखि पोखरासम्म सुविधासम्पन्न पर्यटकीय बस सञ्चालन गर्ने भएको छ । यसअघि काठमाडौँ ठमेलका पर्यटकलाई लक्षित गरी ठमेलदेखि पोखरासम्म बस सञ्चालन गर्दै आएको व्यास ट्राभल्स एण्ड टुर्सले भक्तपुरका पर्यटकलाई लक्षित गरेर भोलिदेखि बस सञ्चालन गर्न लागेको हो । व्यास ट्राभल्स एण्ड टुर्सका सञ्चालक दीपक भट्टराईले आन्तरिक तथा बाह्य […]