समाचार

धरहराको पुनःनिर्माण छिटो हुन्छ – मन्त्री अधिकारी

काठमाडौँ, जेठ २ गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले भूकम्पका कारण क्षति भएको धरहराको पुनःनिर्माणका लागि छिटो बोलपत्र आह्वान गरिने बताउनुभएको छ । विश्व संग्रहालय दिवसको उपलक्ष्यमा नेपाल म्युजियम एशोसिएसनले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा मन्त्री अधिकारीले महत्वपूर्ण सम्पदाका रुपमा रहेको धरहराको पुनःनिर्माणमा विभिन्न निकायले स्वार्थका कारण विवाद गरेकोमा चिन्ता व्यक्त […]


त्रिविसभा बोलाउन प्राध्यापक संघको माग

काठमाडौं, १ जेठ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले तत्काल त्रि.वि. सभाको बैठक बोलाउन माग गरेको छ । नेपाल प्राध्यापक संघले पत्रकार सम्मेलन गरेर त्रिविका समस्याहरु समाधान गर्नको लागि तत्काल त्रि.वि.सभाको बैठक आह्वान गर्न सरकारसँग माग गरेको हो । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका सभापति योगेन्द्रनारायण बडबरियाले विगत ७ वर्षदेखि गठन हुन नसकेको त्रि.वि.प्राध्यापकसंघको महाधिवेशन गर्न माग […]


तरकारीको सिण्डिकेट तोड्छु: मन्त्री खनाल

काठमाडौं, १ जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषि क्षेत्रमा रहेको सिण्डिकेट आफूले तोड्ने स्पष्ट पार्नु भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले भन्नुभयो ‘कृषकहरुलाई फाईदा हुनेगरि म कदम चाल्छु, तरकारीमा रहेको सिण्डिकेट अब तोडिन्छ ।’ ‘सिण्डिकेटबारे हामीले केही गर्नैपर्दैन्, कालिमाटी बजार अहिले जुन रुपमा […]


सरकारले तीव्र विकास चाहेको छः प्रम ओली

काठमाडौं १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र विकास गर्न चाहेको बताउनुभएको छ।  प्रदेश नं २ का साँसदहरुको सर्वदलीय डेलिगेसनलाई मंगलबार बालुवटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनभुएको हो । प्रधानमन्त्री ओलीले देशको विकासका लागि हिमाल पहाड तराइका जनता एकतावद्ध भएर अघि बढ्नु पर्ने बताउनुभयो। ‘विकासका लागि अरुको मुख ताक्ने र दोष […]


सुपर साञ्जेनमा चौध अर्ब लगानी भित्र्याउन स्वीकृति; सुपर मादीको लगानी स्वीकृत

काठमाडौँ, जेठ १ गते । पछिल्लो समय नेपालको ऊर्जा क्षेत्रमा एक पछि अर्को गर्दै चिनियाँ लगानी भित्रन थालेको छ । पछिल्लो पटक उद्योग विभागको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको बैठकले रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा निर्माण हुने जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले रु १४ अर्ब लगानी भित्र्याउन स्वीकृति दिएको छ । नेपाली प्रवद्र्धकसमेत सहकार्यमा चिनियाँ कम्पनीले लगानी भित्र्याउन […]


अधिकमासःविशेष कामनाका कर्म नगरौँ

काठमाडौँ, जेठ १ गते । जेठ महिनामा अधिकमास परेको छ । जेठ १ गते साँझ ५ बजेर ५३ मिनेटपछि अधिकमास शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।अधिकमास भन्नाले सामान्यभन्दा बढी भएको महीना बुझिन्छ । मंगलबार साँझ ५ बजेर ५३ मिनेटसम्म औँसी रहेको छ । जेठ १ गते शुक्ल प्रतिपदाको आदिमदेखि अधिकमास शुरु हुने […]


बादी समुदायको जीवनशैली फेरिँदै

अछाम, जेठ १ गते । साँफेबगर नगरपालिकामा बसोवास गर्दैआएका बादी समुदायको जीवनशैली फेरिँदै गएको छ । सुल्पा, मादललगायत सामग्री बनाएर गाउँ÷गाउँ गएर बेचेर तथा नाचगान गरेर जीविकोपार्जन गर्दे आएका बादीले अहिले आफ्नो पेशा परिवर्तन गरेका छन् । साँफेबगर नगरपालिका–४ मष्टामाण्डौँको बूढीगंगा नदीको किनारमा बसोवास गर्दे आएका उनीहरुले अहिले व्यापार र कुखुरापालन गर्दैआएका छन् । वडाले […]


रूद्राक्ष खेतीमा किसानको आकर्षण

धनकुटा, वैशाख ३१ गते । कुनै बेला खाद्यबालीको पकेट क्षेत्र मानिने धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ लुम्लिङ अहिले रुद्राक्ष दाना उत्पादन पकेट क्षेत्रको रूपमा चिनिन थालेको छ । केही दशकअघिसम्म खाद्य बालीको खेती हुने गरेको यहाँको जमिन अहिले रुद्राक्षका बिरुवाले ढाकिन थालेको छ । धार्मिक तथा स्वास्थ्यका हिसाबले अति महìवपूर्ण मानिएको रुद्राक्ष दानाको माग […]


बसपार्कमा अपांगमैत्री शौचालय निर्माण

काठमाडौँ, वैशाख ३१ गते । नेपालको एकमात्र राष्ट्रिय बसपार्क गोँगबुको नयाँ बसपार्कमा अपांगमैत्री शौचालय निर्माण भएको छ । पचास वर्षका लागि नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले शारीरिक रुपमा अपांग भएका यात्रुलाई लक्षित गरी शौचालय निर्माण गरेको हो । यसअघि बसपार्कभित्र अपांगमैत्री शौचालय थिएन । ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले अपांगता भएका […]


म्याग्दी भ्रमण वर्ष २०७५ को शुभारम्भ

म्याग्दी, वैशाख ३१ गते । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि म्याग्दी भ्रमण वर्ष २०७५ शुरु भएको छ । प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पौराणिक महत्वका सम्पदाको पहिचान, संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक आगमन वृद्धि गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले स्थानीय तह र संबद्ध सरकारी निकायसँगको सहकार्यमा भ्रमण वर्षको शुभारम्भ गरेको […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter