समाचार

चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’

काठमाडौँ, असार २७ गते । नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंँडाको एक जोडी ‘रुपसी र भद्र’ काठमाडाँ ल्याइएको छ । चितवनबाट मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको गैंडा गएराति काठमाडौँ ल्याइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले सडकमार्ग भएर गैंँडा सहज रुपमा काठमाडौँ भित्र्याइएको जानकारी दिनुभयो । काठमाडाँ ल्याइएको […]


डा केसीको अनशनबारे राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ, असार २६ गते । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तत्काल सदनसमक्ष प्रस्तुत गरियोस् भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेको छ । जनताको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य शिक्षा र सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन जारी भएको अध्यादेशअनुरुप सो विधेयक प्रस्तुत गर्न र अनशनरत डा गोविन्द केसीको […]


गाँजाफाँडी बिरुवा रोप्दै उपत्यकाका नदी र चक्रपथ सफाइ

काठमाडौँ, असार २३ गते । उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाअभियान शुरु भएको ३०० हप्ता हुन लाग्दा पनि नदीको सफाइमा खासै परिवर्तन आएको छैन । विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी प्रत्येक हप्ता नदी किनारमा जम्मा भएर सफाइ भने गर्छन् । सफाइ अभियानलाई फेसबुकमा सेल्फी खिच्नकै लागि शनिबार बिहान नदी […]


सुनुवाइ समितिका लागि तीनजनाको नाम स्वीकृत

काठमाडौँ, असार २२ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाका तर्फबाट प्रतिनिधित्व गर्नुहुने तीनजनाको नाम घोषणा गर्नुभएको छ । आजको बैठकको प्रारम्भमा उहाँले राष्ट्रियसभाका तर्फबाट उक्त समितिमा सुमनराज प्याकुरेल, नन्दा चपाई र जितेन्द्रनारायण देवले प्रतिनिधित्व गर्नुहुने जानकारी गराउनुभएकामा बैठकले उहाँहरुको नाम स्वीकृत गरेको थियो । पन्ध्र सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र […]


नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन दिनभर लाग्ने

चितवन, असार २० गते । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेका दुई ठूला पहिरो पन्छाउन दिनभर लाग्ने भएको छ । सो सडक खण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार थप पहिरो नखसे कम्तीमा दिनको ४ बजेसम्ममा दुईतर्फी सडक सञ्चालन गर्न सकिने छ । सो सडकको टोपे खोलामा […]


चीन र भारत जोड्ने आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने

काठमाडौँ, असार १९ गते । सरकारले दुई छिमेकी देशसँग ऊर्जा आदान प्रदानका लागि विभिन्न स्थानमा आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको छ। सन् २०४० सम्मका लागि तयार पारेको प्रसारण लाइन गुरुयोजनाअनुसार भारततर्फ ६ वटा अन्तरदेशीय प्रसारण लाइन र चीनतर्फ तत्कालका लागि दुई अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखेको छ। प्रसारण लाइन गुरुयोजनामा समेटिएका […]


बुटवल–तानसेन सडकखण्डमा पहिरोले बाटो अवरुद्ध

बुटवल, असार १८ गते । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडकमा […]


नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालनमा

चितवन, असार १८ गते । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः१० बजे ती स्थानमा पहिरो खसेसँगै सवारी एकतर्फी मात्र चलेका हुन् । पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले […]


तुलसीपुर अमेलिया सडकखण्डको यात्रा जोखिमपूर्ण

तुलसीपुर, दाङ, असार १७ गते । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डमा ठाउँठाउँमा परेका खाल्डाखुल्डी र भत्किएका नाला समयमा मर्मत नगराउँदा यात्रु जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन् । गत वर्ष आएको बाढी तथा अविरल वर्षाले सो सडकखण्डमा क्षति पुर्‌याए पनि सम्बन्धित निकायले समयमा सडक मर्मतमा कुनै चासो नदिएपछि यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका […]


रैथाने जात लोप हुँदै जाँदा परम्परागत धान खेती जनजिब्रोमा सीमित हुने चिन्ता

पोखरा, असार १५ गते । “झिनुवा रोप्ने फाँटमा ठूला बंगला सजाए । हिलोमा खेली रोपाइँ गर्ने चलनै हराए ।।” पोखरेली शिक्षासेवी एवम् साहित्यकार तारा पाखेले असार पन्ध्र २०७५ का सन्दर्भमा रच्नुभएको असारे गीत हो यो । असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै गर्दा पाखेले भने जस्तै परम्परागत खेती प्रणालीका साथै रैथाने धानका बीउहरू […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter