
काठमाडौँ, जेठ २२ गते । जलवायु विज्ञहरुले विपद्जन्य हानी तथा नोक्सानीका कारण नेपालले विगत आठ वर्षमा करिब साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको बताएका छन् । मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विज्ञहरुले आउने दिनमा जलवायुजन्य विपदका घटनाहरुमा उल्लेख्य वृद्धि हुने बताए । बाढी, पहिरो, समुन्द्री आँधीलगायतका घटनाहरु बढीभन्दा बढी वृद्धि हुने उनीहरुले बताए […]
काठमाडौं, जेठ २१ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । सोमबार अख्तियारले विशेष अदालतमा ५ थान मुद्दा दायर गरेको हो । फरक–फरक शीर्षकमा मुद्दा दर्ताका लागि अख्तियारले सोमबार फाइल पेस गरेको विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले बताए । नदिजन्य पदार्थको ढुङ्गा, गिटी […]

झापा, जेठ १९ गते । कृषि, पशुपन्क्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताउनुभएको छ । विश्व दुध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा मेचीनगरमा आयोजित कार्यक्रममा उहाँले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दुधको महिनौँदेखि भुक्तानी नदिइरहेको भन्ने गुनासो आएकाले त्यो यथाशीघ्र समाधान […]

काठमाडौँ, जेठ १९ गते । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । सोही दिनको स्मरण गर्दै आज साँझ नारायणहिटी दरबार परिसरमा विभिन्न राजावादी पार्टी, तथा अभियन्ताहरूले दीप प्रज्वलन गरि राजा वीरेन्द्र र परिवारप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । २०५८ जेठ १९ गते भएको […]

काठमाडौं, जेठ १८ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान रोजगार मेलाले लाखौं युवा जनशक्तिलाई रोजगार र त्यसबारे ज्ञान प्रदान गर्ने बताउनुभएको छ । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको अवलोकनपछि उहाँले सो कुरा बताउनुभएको हो । “पर्याप्त तथ्याङ्कको अभावमा योजना कार्यान्वयन गर्न कठिन हुन्छ, यो श्रमाधान मेलाले श्रमिकको तथ्याङ्क आउने र आगामी […]

झापा / जेठ १८ गते । झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि ४० लाख अनुदान उपलब्ध गराएको हो । केन्द्रका निमित्त प्रमुख सागर विष्टले कोसी प्रदेश सरकारले ‘सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरण सहयोग’ कार्यक्रमअन्तर्गत […]

काठमाडौँ, जेठ १७ गते । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताउनुभएको छ । करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक सङ्घका पदाधिकारीसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताउनुभएको हो । सङ्घका अध्यक्ष […]

काठमाडौँ, जेठ १७ गते । पशुपति क्षेत्रको गुरु योजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने भएको छ । सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा पशुपति क्षेत्रको गुरु योजना पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदबाट पारित भएको थियो । कोष सञ्चालक परिषद्को हालै सम्पन्न बैठकमा मन्त्री हितबहादुर तामाङले दक्षिण एसिया र विश्वका विभिन्न देशबाट […]

काठमाडौँ, जेठ १५ गते । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा गठन गरिने भनिएको छानबिन समितिको कार्यादेश (टीओआर) मा दलहरूबिच सहमति भएको छ । कार्यदलका संयोजक एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले मङ्गलबार सिंहदरबारस्थित कानुन न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले चार बुँदे सहमति गरेको जानकारी दिनुभयो । बैठकले संसदीय समितिको चार बुँदे टीओआर […]

काठमाडौँ, जेठ १५ गते । नेपाली आमसञ्चार माध्यममा मिडिया नैतिकता (इथिक्स)का समकालीन मुद्दाबारे वरिष्ठ सञ्चारकर्मी, प्राध्यापक तथा नियमनकारी निकायहरूबीच छलफल कान्तिपुर सिटी कलेज, आमसञ्चार तथा पत्रकारिता विभागमा आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्नुहुँदै सञ्चारविज्ञ प्रा.रामकृष्ण रेग्मीले पत्रकारिताको नैतिकतामा अब एबीसी (सत्य, सन्तुलित र विश्वसनीयता)ले नपुग्ने र यसलाई बृहत्तर रूपमा हेनुपर्ने बताउनुभएको छ । “अब […]