
काठमाडौँ, जेठ १६ गते । पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् । उनीहरुले एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मंगलबार वीर अस्पताल सरसफाइका लागि सो रकम सहयोग गरेका हुन् । ४२ जना पर्यटन व्यवसायीद्वारा संकलित रकम फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरियो । कार्यक्रममा नेपाल पर्यटन […]

काठमाडौं, जेठ १४ । नेपाल टेलिकमले मिस्ड कल एलर्ट सेवालाई पुनः सञ्चालन गर्ने भएको छ। गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले सो सेवा मंगलबारदेखि पुनः सञ्चालनमा ल्याउने भएको नेपाल टेलिकमले जनाएको छ । उनीहरुअनुसार जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ। यो सेवा शुभारम्भ भए पश्चात् सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको […]

काठमाडौं, १२ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको सय दिनको कामको मुल्यांकन गर्ने हो भने सुरुवाती चरणमा आफूहरु १०० मा ९० प्रतिशत सफल भएको दाबी गरेका छन । ‘हो, म १०० मा सय प्रतिशत त भन्दिन्, तर सरकारको डिरेक्शन अर्थात कामको सुरुवातको कुरा गर्दा हामी सयमा ९० प्रतिशत सफल भयौं, यो […]

काठमाडौं–काठमाडौंकी प्रसिद्धि बस्नेत १२ कक्षाका परीक्षा सकाएर बसेकी छिन्। स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न चाहने उनी साथीलाई समेत भेला गरेर शनिबार राजधानीको भृकुटी मण्डपमा जारी शैक्षिक मेलामा आइपुगिन। मेलामा धेरै कलेजको बारेमा थाहा पाएको उनी बताउँछिन्। ‘नेपालमा राम्रो कलेज छैन भन्नेहरुकाले एक पटक यो मेला अवलोकन गर्नै पर्ने हुन्छ,’ उनले भनिन,‘एकै ठाउँमा धेरै कलेजको बारेमा […]

काठमाडौं, जेठ ११/ निजी आवास पुनर्निर्माण अनुदान लाभग्राहीमा आफू सूचिकृत हुनु पर्ने भनी भूकम्प अति प्रभावित १४ जिल्लाहरुमा गुनासो दर्ता गराई केन्द्रबाट प्रारम्भिक परीक्षण भई छुट तथा पुनः जाँच सर्वेक्षण कार्यक्रम अन्तर्गत २०७४ भाद्रदेखि कार्त्तिकमा स्थलगत रुपमा इन्जिनियरहरु परिचालन गरी संकलन गरिएको तथ्यांकलाई विश्लेषण तथा परीक्षण गरी लाभग्राहीहरु पहिचान गर्ने कार्य शुरु भएको छ । राष्ट्रिय […]

काठमाडौं, जेठ १०। आयुशमान हजुर घले र सुनिरा थापाले प्रथम आईएमई-जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यु–१० सिंगल्स उपाधि बुधबार जितेका छन् । दुवै खेल बुढानीलकाण्ठ सुन्दरबस्तीस्थित नौलिन स्पोर्ट्स भिल्लाको कोर्टमा भएको ब्वाइज फाइनलमा आयुशले सक्षमविक्रम शाहलाई ७–५ र ६–३ को सोझो सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा सुनिराले प्रशंसा मोक्तानलाई ६–२, ३–६ र […]

काठमाडौं, जेठ १० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर स्थित याम्बालिङ् खोलामा ७.२७ मेघावाट जलविद्युत आयोजना निर्माण भएको छ । विद्युत उत्पादनको लागि चिनियाँ कम्पनी जोङदिङ ईन्टरनेसनल ईन्जिनिरियङ कम्पनी लिमिटेडले लगानि गर्ने सहमतिमा हस्ताक्षर भएको छ । याम्बालिङ् हाईड्रोपावर प्रा.लिले पत्रकार सम्मेलन गर्दै सो आयोजनाको बारेमा जानकारी दिएको हो । याम्बालिङ् हाईड्रोपावर प्रा.लिका अध्यक्ष कमानसिंह लामाले […]

काठमाडौं, जेठ १०। बुध्द एयरले यहि जेठ १८ गते (जुन १) बाट दैनिक विराटनगर – काठमाण्डौ बिहानी उडान गर्न लागेको छ । विराटनगरबाट बिहानै ७ बजे काठमाडौंका लागि जहाजले उडान भर्नेछ। जहाज ७:४० बजे काठमाडौंमा अवतरण गर्नेछ। यसैगरि काठमाडौंबाट साँझ ६ बजे विराटनगरको उडान पनि थपिएको छ। सो जहाज बेलुका विराटनगरमै बस्ने कम्पनीले प्रेस विज्ञप्तिमा […]

काठमाडौँ, जेठ ९ गते । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलङ्की चक्रपथ सुधार आयोजना अन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो । कलङ्की चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डर पासमध्ये ४०० मिटर कलङ्की–खसीबजार भागको ‘फिनिसिङ’ को […]

काठमाडौं, जेठ ८ । समृद्धि महर्जनले प्रथम आईएमई÷जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यु–९ गल्र्स सिंगल्स उपाधि मंगलबार जितेकी छन् । आईएमई फाउन्डेसनद्वारा आयोजित प्रतियोगताको फाइनलमा समृद्धिले सैबी ढकाललाई ५–४, १–४ र १०–८ को सेटमा पराजित गरिन् । यु–१० ब्वाइज सिंगल्समा सक्षमविक्रम शाहले ऋध्भिक कार्कीलाई ६–० र ६–३ तथा आयुशमान हजुर घलेले राजवीर प्रधानलाई २–६, ६–२ […]