समाचार

विद्युत् सेवा विस्तारले टुकी बाल्ने दिनको अन्त्य

कञ्चनपुर, जेठ ५ गते । वर्षौदेखि टुकीको सहारामा उज्यालो गर्दै आएका कञ्चनपुरको लालझाडी गाउँपालिका– ६ चानदेउका तीन दर्जन बढी परिवारले विद्युत् सेवा पाएका छन् । जनप्रतिनिधि आएपछि गाउँमा पहिलो पटक विद्युत् सेवा विस्तार भएको हो । विद्युत् सेवा विस्तारका लागि गाउँपालिकाले विद्युत् पोल खरिद, तार जडान र ट्रान्सफर्मर राख्नका लागि रु दुई लाख ९० हजार […]


पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको समृद्धि – अर्थमन्त्री

काठमाडौँ, जेठ ४ गते । अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएको हुँदा अबको एक दशक पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको विकास र समृद्धि गर्ने बताउनुभएको छ । स्टिलमिन्ट नामक भारतीय कम्पनीले आयोजना गरेको दुई दिवशीय प्रदर्शनी तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले मुलुकमा भएका खनिज तथा फलामजन्य खानीको पहिचान गरी उत्खनन गर्ने कार्यलाई […]


मःमः बेचेर मासिक तीस हजार बचत

झापा, जेठ ४ गते । भद्रपुर नगरपालिका– ६ का सन्देश रिजालले कनकाई क्याम्पस विर्तामोडमा स्नातक तह पढ्दापढ्दै मःमः बेच्न थाल्नुभएको हो । रिजालले दुई वर्षदेखि मःमः यहाँका विभिन्न बजारमा बिक्री गर्दैआउनुभएको छ । मःमः व्यवसाय शुरु गर्नुभएका रिजाल अहिले पनि कनकाई क्याम्पसमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत हुनुहुन्छ । पढ्दा पढ्दै कोरिया जान दुई पटकसम्म […]


एमाले र माओवादी एकीकरणको संयुक्त घोषणाको पूर्ण पाठ

१) २००६ सालमा स्थापना भएदेखि यता सात दशकसम्म वैचारिक  राजनीतिक संघर्षका अनेकौं आरोह–अवरोहका अनुभव संगाल्दै नेपाली जनता तथा पार्टी सदस्यहरुको भावना एवं आकांक्षा अनुरुप आवश्यक छलफल र वहस पश्चात् आज हामीले नेकपा  (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई  विधिवत् एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन गरेका छौं । यस अवसरमा हामी नेपालको वामपन्थी लोकतान्त्रिक आन्दोलनमा जीवन […]


स्याउडाँडा हवाईमैदान निर्माणका लागि अध्ययन

पाँचथर । फिदिम नगरपालिका–८ रानीटारको स्याउडाँडामा हवाईमैदान निर्माणका लागि पुनः सम्भाव्यता अध्ययन थालिएको छ । नागरिक उड्डयन प्राधिकरणको रियलपाथ इञ्जिनियरिङ कन्सल्टेन्सीको टोलीले हवाईमैदानको पूरक सम्भाव्यता अध्ययन गरेको हो । इन्जिनियर ओजश्वीबाबु मल्लसहितको तीन सदस्य टोलीले एक हजार २०० मिटर लम्बाइ र २८० मिटर चौडाइको रनवेका लागि सम्भाव्यता अध्ययन गरेको पाँचथर हवाईमैदान समितिका सदस्य सूर्य अधिकारीले […]


इस्लाम धर्मावलम्बीको ‘रमजान’ शुरु

काठमाडौँ, जेठ ३ गते । इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व ‘रमजान’ आजदेखि शुरु भएको छ । अरबी पात्रोअनुसार नौ महिनामा पर्ने उक्त पर्व साउदी अरबमा अघिल्लो दिन चन्द्रमा देखिएपछि नेपालमा आजदेखि शुरु भएको छ । एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्नुपर्ने प्रचलन छ । राष्ट्रिय मुस्लिम आयोगका पूर्व सदस्य सचिव शम्शेर मियाँका […]


कामी रिताले बनाए विश्व कीर्तिमान

काठमाडौँ, जेठ २ गते । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ । आरोहणको चांैथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको हो । यस वर्षको वसन्त ऋतुमा उहाँसहित ६० भन्दा बढी आरोहीले सगरमाथा (८,८४८ मिटर) हिमालको सफल आरोहण गरिसकेको वेस क्याम्पस्थित सम्पर्क […]


धरहराको पुनःनिर्माण छिटो हुन्छ – मन्त्री अधिकारी

काठमाडौँ, जेठ २ गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले भूकम्पका कारण क्षति भएको धरहराको पुनःनिर्माणका लागि छिटो बोलपत्र आह्वान गरिने बताउनुभएको छ । विश्व संग्रहालय दिवसको उपलक्ष्यमा नेपाल म्युजियम एशोसिएसनले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा मन्त्री अधिकारीले महत्वपूर्ण सम्पदाका रुपमा रहेको धरहराको पुनःनिर्माणमा विभिन्न निकायले स्वार्थका कारण विवाद गरेकोमा चिन्ता व्यक्त […]


त्रिविसभा बोलाउन प्राध्यापक संघको माग

काठमाडौं, १ जेठ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले तत्काल त्रि.वि. सभाको बैठक बोलाउन माग गरेको छ । नेपाल प्राध्यापक संघले पत्रकार सम्मेलन गरेर त्रिविका समस्याहरु समाधान गर्नको लागि तत्काल त्रि.वि.सभाको बैठक आह्वान गर्न सरकारसँग माग गरेको हो । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका सभापति योगेन्द्रनारायण बडबरियाले विगत ७ वर्षदेखि गठन हुन नसकेको त्रि.वि.प्राध्यापकसंघको महाधिवेशन गर्न माग […]


तरकारीको सिण्डिकेट तोड्छु: मन्त्री खनाल

काठमाडौं, १ जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषि क्षेत्रमा रहेको सिण्डिकेट आफूले तोड्ने स्पष्ट पार्नु भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले भन्नुभयो ‘कृषकहरुलाई फाईदा हुनेगरि म कदम चाल्छु, तरकारीमा रहेको सिण्डिकेट अब तोडिन्छ ।’ ‘सिण्डिकेटबारे हामीले केही गर्नैपर्दैन्, कालिमाटी बजार अहिले जुन रुपमा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter