समाचार

सिङ्गो काँग्रेसको नेता हुन सभापतिसँग आग्रह

काठमाडौँ, जेठ २९ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शैलजा आचार्यले गर्नुभएको निष्ठाको राजनीतिक सबैका लागि अनुकरणीय भएको बताउनुभएको छ । शैलजा आचार्य आदर्श समाजले शैलजा आचार्यको नवौँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “ आचार्य विद्रोही स्वभावको व्यक्ति हुनुहुन्थ्यो, विद्रोही स्वभावका कारण विसं २०१७ मा राजा महेन्द्रलाई कालो […]


कोरियामैत्री अस्पतालः देशभरका जनतालाई सेवा दिन आग्रह

भक्तपुर, जेठ २९ गते । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले नेपालको स्वास्थ्य सेवाको अवस्था प्रशंसायोग्य रहेको बताउनु भएको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री अस्पतालको नवौं वार्षिकोत्सवको अवसरमा उहाँले नेपालका चिकित्सक अस्पताल र सेवा विकसित मुलुकको भन्दा कम नभएको बताउँदै उहाँले नेपाल कोरियामैत्री अस्पतालले देशभरका जनतालाई सेवा दिन सक्ने गरी क्षमता […]


प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याइने – मुख्यमन्त्री राई

विराटनगर, जेठ २८ गते । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज यहाँ आयोजित वायु सेवा कम्पनीहरुको सेवा प्रवाह एवं विमानस्थलका लागि भावी योजना विषयक अन्तक्र्रिया कार्यकममा उहाँले प्रदेशमा रहेका धार्मिकस्थल र हिमाली क्षेत्रमा आवश्यक पूर्वाधार […]


नेपाल टेलिकमले ल्यायो आफ्नै एप

काठमाडौँ, जेठ २७ गते । नेपाल टेलिकमले आफ्नै मोबाइल एप ‘नेपाल टेलिकम’ संचालनमा ल्याएको छ। टेलिकमले जीएसएम, सीडीएमए, पिएसटीएन र एडीएसएल लगायतका सेवासम्बन्धी जानकारी दिन आफ्नै मोवाइल एप संचालनमा ल्याएको जनाएको छ। उक्त मोवाइल एपमा लग इन गर्नसाथ टेलिकमको प्याकेज खरिद गर्न सकिने र प्याकेज सम्बन्धी जानकारी लिनसक्ने कम्पनीले बताएको छ। कम्पनीका अनुसार उक्त एपबाट […]


राजनीतिक स्थिरतासँगै समृद्धि – उपप्रधानमन्त्री यादव

पोखरा, जेठ २६ गते । संघीय समाजवादी फोरम पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा राजनीतिक स्थिरतासँगै राष्ट्रलाई समृद्धितर्फ अघि बढाउने बताउनुभएको छ । संघीय प्रेस फोरम कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले गरिबी निवारणका लागि कृषिको आधुनिकीकरण, पर्यटन, जलस्रोतको उपयोगका साथै उद्योगधन्दाको विकासमा जोड दिनुपर्ने बताउनुभयो । संविधान निर्माणका क्रममा भएका त्रुटिलाई […]


नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने काम तीव्र गतिमा

चितवन, जेठ २५ । नारायणगढ–मुग्लिन सडकको विस्तारका क्रममा कालोपत्रेको पहिलो तह सकिएसँगै पहिरो रोक्ने कार्यलाई तीव्रता दिइएको छ । सडक राम्रो बन्दै गर्दा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी नै रहेकाले पहिरो रोक्ने कार्यलाई तीव्र गतिमा अघि बढाइएको हो । चैत अन्तिम साता सडकलाई दुई भागमा विभाजन गरेर दुई कम्पनीलाई पहिरो रोक्न गर्नुपर्ने कार्यको जिम्मा दिइएको […]


अप्टिकल फाइबर विस्तार लक्ष्य अनुसार : नेपाल टेलिकम

काठमाडौ‌, जेठ २४ । नेपाल टेलिकमले सेवाहरुको स्तरोन्नती गर्दै सेवाको गुणस्तर बृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तारमा राखेको लक्ष्य अनुसार कम भैरहेको जनाएको छ । कम्पनीले २०७५ असार मसान्तसम्म ४ सय किलोमिटर एडीएसएस अप्टिकल फाइबर जडान सम्पन्न गर्ने लक्ष्य राखेकोमा बैशाख मसान्तसम्ममा ३ सय ७५ किलोमिटर जडान सम्पन्न भइसकेको जनाएको छ । असार मसान्तसम्म थप […]


नारायणगढ–मुग्लिन सडक सञ्चालनले पर्यटन व्यवसायीमा उत्साह

चितवन, जेठ २४ गते । नारायणगढ–मुग्लिन सडकको पहिलो तहको कालोपत्रे सकिएर दिनको समयमा रोकिएको आवागमन सञ्चालन भएकाले पर्यटन व्यवसायी उत्साहित भएका छन् । दिनको समयमा छ घण्टा सडक बन्द हुने र साँझ बिहान सडकको खाल्टाखुल्टीका कारण घण्टौँ सवारी साधन जाममा बस्नु पर्दा पर्यटकले गन्तव्य परिवर्तन गर्दै आएका थिए । क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेका […]


नारायणगढ—मुग्लिन सडक दिउँसो बन्द नहुने

चितवन, जेठ २३ गते । नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ । नारायणगढ—मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो । यससँगै दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी रोकेर काम […]


कानून निर्माणमा सजग र सिर्जनशील हुन सभामुखको निर्देशन

काठमाडौैँ, जेठ २३ गते । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई कानून बनाउने मुख्य जिम्मेवारी प्रति प्रर्याप्त समय दिई घोत्लिएर काम गर्न निर्देशन दिनुभएको छ । संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत समग्र संसदीय प्रक्रियाकाबारे जानकारी दिन आज यहाँ आयोजित अभिमुखीकरण कार्यक्रम शुभारम्भ गर्दै उहाँले सांसदको मुख्य काम कानून र नीति बनाउनु भएकाले त्यसप्रति सजग र सिर्जनशील हुन […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter