
काठमाडौँ, वैशाख २३ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार भएको भेटमा उहाँहरूबिच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायतका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटाले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबिच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको […]

काठमाडौँ, वैशाख २३ गते। जनता समाजवादी पार्टीका नेता अशोक राईसहित सात सांसदद्वारा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन पेस भएको छ। जसपा सांसद सुशीला श्रेष्ठले दल दर्ता पश्चात् थप कागजी प्रक्रियाका लागि आफूहरू आयोगमै रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामी निर्वाचन आयोगमै छौँ। भित्र दल दर्ता भइसक्यो। थप कागजी प्रक्रियाका लागि हामी पर्खेर बसेका छौँ। […]

काठमाडौं, वैशाख २२ गते। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्लाई सुचारु गराउने विषयमा काँग्रेससहितका प्रतिपक्ष दलहरूसँग छलफल गरेर अघि बढ्ने बताउनुभएको छ। सहकारीको रकम अपचलन गरेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडानसहित कांग्रेसले संसद्को हिउँदे अधिवेशन अवरुद्ध पार्दै आएको थियो। वैशाख २८ गतेबाट सुरु हुने […]

म्याग्दी, वैशाख २२ गते । समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा म्याग्दीका स्थानीय तहका प्रमुख र सुरक्षा अधिकारीहरूको समन्वय बैठक बसेको छ । आठ हजार मिटर अग्लो पहिलो मानवपाइला परेको अन्नपूर्ण हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ । जिल्ला समन्वय समिति म्याग्दीका […]

काठमाडौँ, वैशाख २१ गते । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका आधारमा करका दर हेरफेर गरिने बताउनुभएको छ । अर्थमन्त्री पुनले करका दर हेरफर गर्नुपरे कसैको दबाब र स्वार्थपूर्ति नहुने गरी विवादरहित ढङ्गले हेरफेर गरिनेसमेत बताउनुभयो । अर्थमन्त्रालयमा आयोजित युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँगको पूर्वबजेट छलफलका क्रममा अर्थमन्त्री […]

काठमाडौँ, वैशाख २१ गते । काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् । महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो । अफलाइन र अनलाइनमा परेको निवेदनमार्फत रोजगार उपलब्ध गराइरहको श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले बताउनुभयो । उहाँका […]

काठमाडौँ, वैशाख २० गते। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ड्राइभिङ लाइसेन्सको समस्या पूर्ण रूपमा समाधान गर्न अझै एक वर्षको समय लाग्ने बताउनुभएको छ। बिहीबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले विगत ८/९ महिना यता नेपालमा लाइसेन्सको ठुलो समस्या रहेको उल्लेख गर्दै अहिले एक महिना यता दिनको चारदेखि पाँच […]

काठमाडौँ, वैशाख २० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारलाई बलियो बनाउने गरी विधेयक अगाडि बढाउनुपर्ने बताउनुभएको छ । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको छलफलका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार बलियो हुनुपर्ने धारणा राख्नुभयो […]

काठमाडौँ, वैशाख १९ गते । आइसिसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीमा सागर ढकाल र कमलसिंह ऐरीलाई स्थान दिइएको छ । १५ सदस्यीय खेलाडीमा कप्तान रोहितसँगै आशिफ शेख, अनिलकुमार शाह, कुशल भुर्तेल, कुशल मल्ल, […]

काठमाडौँ, वैशाख १९ गते । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले सो जानकारी दिनुभएको हो । निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको […]