समाचार

सबैभन्दा बढी मतदाता प्रदेश नं ३ मा

नवलपरासी, कात्तिक १८ गते । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मुलुकभरीबाट कूल एक करोड ५४ लाख २७ हजार ९३६ मतदाता सहभागी हुन पाउने छन् । नवलपरासी–(बर्दघाट सुस्ता) पश्चिमको जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं ३ मा ३० लाख ७४ हजार ४१२ मतदाता रहेका […]


पहिलो तीन महिना: मलेसिया रोजगारीको पहिलो गन्तव्य

सीता शर्मा / काठमाडौँ, कात्तिक १७ गते । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मलेसिया नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक भएको छ । अघिल्लो आर्थिक वर्षमा तेस्रो गन्तव्य मुलुक भएको मलेसिया चालू आर्थिक वर्षमा प्रमुख गन्तव्य मुलुक हुन पुगेको हो । वैदेशिक रोजगार विभागका अनुसार साउन, भदौ र असोज महिनामा वैदेशिक रोजगारीमा गएको सङ्ख्याको अवस्था […]


भूमण्डलीय तापक्रम वृद्धिले नेपालका पर्वतीय क्षेत्र प्रभावित

काठमाडौँ, कात्तिक १७ गते । संयुक्त राष्ट्रसंघीय शैक्षिक–वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)का लागि नेपालका स्थायी प्रतिनिधि अम्बिका लुइँटेलले भूमण्डलीय तापक्रम वृद्धिका कारण नेपालका पर्वतीय क्षेत्र नराम्ररी प्रभावित भएकाले त्यसको न्यूनीकरणका लागि उपयुक्त कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभएको छ । युनेस्कोको ३९औँ साधारणसभालाई बिहीबार पेरिसमा सम्बोधन गर्दै उहाँले भूमण्डलीय तापक्रम वृद्धि हुन नदिने उपाय गर्नुपर्नेमा जोड दिनुभयो […]


चमेलियाको एक युनिटबाट मङ्सिर दोस्रो साताभित्र बिजुली

काठमाडौँ, कात्तिक १७ गते । निर्माणको अन्तिम चरणमा पुगेको चमेलिया जलविद्युत् आयोजनाको एउटा युनिट आगामी मङ्सिर दोस्रो साताभित्र सञ्चालनमा ल्याउने तयारी प्राधिकरणले गरेको छ । ३० मेगावाट क्षमताको सो आयोजनाको एउटा युनिटबाट १५ मेगावाट बिजुली उत्पादन हुनेछ । आयोजना प्रमुख अजयकुमार दाहालका अनुसार ठेकेदार कम्पनीसँगको पछिल्लो छलफलपछि काममा पुन तीव्रता आएको छ । उहाँले भन्नुभयो, […]


भूकम्प अति प्रभावित स्थानीय तहका वडामा प्राविधिक खटाइने

काठमाडौँ, कात्तिक १६ गते । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लाका स्थानीय निकायका वडामा कम्तीमा एकजना प्राविधिक खटाउने निर्णय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा बसेको ८९औँ कार्यकारी समितिको बैठकले शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाईबाट निजी आवास पुनः निर्माणका लागि जिल्लामा खटिएका तथा प्राधिकरणबाट नयाँ नियुक्त […]


नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै

काठमाडौँ, कात्तिक १६ गते । अक्टोबर क्रान्तिको एक सय वर्ष पुगेको सन्दर्भमा आगामी साता काठमाडौँमा नेपाल, भारत र चीनका वामपन्थी बुद्धिजीवीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल वैकल्पिक अनुसन्धान समाजले आयोजना गर्ने सम्मेलनमा तीन देशका कम्युनिस्ट शक्तिहरुबीचको आपसी सहकार्य र माक्र्सवादी विचारधाराबारे चिन्तन हुने समाजका अध्यक्ष डा महेश मास्केले बताउनुभयो । आउँदो नोभेम्बर ८, […]


आठ महिनामा पैँसठ्ठी कैदीबन्दीको मृत्यु

काठमाडौँ कात्तिक १५ गते । नेपालमा आठ महिनामा ६५ कैदीबन्दीको मृत्यु भएको छ ।कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार विसं २०७३ फागुनदेखि हालसम्म ६५ जनाको मृत्यु भएको हो । विभागले २०७३ फागुन २६ गतेदेखि मात्र मृत्यु भएका कैदीबन्दीको विवरण राख्न शुरु गरेको हो । केन्द्रीय कारागार, जगन्नाथ देवलमा १३, सुनसरीको झुम्का कारागारमा नौ, जिल्ला कारागार चितवनमा […]


मानवअधिकारमैत्री घोषणापत्र बनाउन माग; एमालेले भक्तपुर १ मा बिजुक्छेलाई र प्रदेश नं २ मा माओवादी केन्द्रलाई छाड्ने

काठमाडौँ, कात्तिक १४ गते । राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्तहरुको समूह पूर्वआयुक्त समाजले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि दलहरुले तयार पार्ने घोषणापत्र मानव अधिकारमैत्री हुनुपर्ने माग गरेको छ । समाजमा अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले आज जारी गरेको प्रेस विज्ञप्तिमा आगामी मंसिर १० र २१ गते हुने लागेको प्रतिनिधि सभा र प्रदेश सभाको […]


राष्ट्रिय प्रसारण लाइनमा १३ मेगावाट विद्युत् जोडिँदै

पोखरा, कात्तिक १४ गते । कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा सञ्चालित सिक्लेस जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । केसी कन्सट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले तीन वर्षअघि शुरु गरेको सो आयोजनाबाट उत्पादित १३ मेगावाट विद्युत् तीन सातापछि नियमित रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिनुभयो । कूल रु दुई अर्ब पाँच करोडको […]


मानसिक समस्या बढ्दो, कम आम्दानी भएका परिवार बढी प्रभावित

चितवन, कात्तिक १३ गते । नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दो रहेको एक अध्ययनले देखाएको छ । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको बहुसांस्कृतिक मनोसामाजिक संस्था (टिपिओ) नेपालले हालै गरेको अध्ययनले करिब ५० प्रतिशतभन्दा बढी मानिसमा कुनै न कुनै प्रकारको मानसिक समस्या रहेको देखाएको हो । यो समस्या न्यूनीकरणका लागि सरकारी कार्यक्रम बढाइनुपर्नेमा विज्ञहरूले जोड दिएका […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter