
हरि कोइराला / उर्लाबारी, साउन ५ गते । कागती खेती गरेरै किसान करोडपति भए भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ, तर मोरङको बूढीगंगा–६ (साविक डङ्ग्राहा–३) का ६० वर्षीय ढालुराम माझी कागती खेतीबाटै करोडपति बन्नुभएको छ । २०४९ सालमा भएको स्थानीय चुनावमा तत्कालीन डङ्ग्राहा गाविसको अध्यक्षमा काँग्रेसबाट निर्वाचित हुनुभएका माझी काँग्रेसको क्षेत्रीय सभापतिसमेत बन्नुभयो तर जब उहाँ […]

काठमाडौँ, साउन ५ गते । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा गृहमन्त्री जनार्दन शर्माले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४’ र ‘प्रदेशसभा सदस्य निर्वाचन विधेयक, २०७४’ प्रस्तुत गर्नुभएको छ । नेपालको संविधानअनुसार आगामी माघ ७ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकारले ती विधेयक प्रस्तुत गरेको मन्त्री शर्माले स्पष्ट गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचन […]

काठमाडौँ, साउन ४ गते । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्धको विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दालाई यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश चोलेन्द्रशमशेर जवरा र प्रकाश राउतको संयुक्त इजलासले आज शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको सर्वोच्च अदालतमा प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो […]

इलाम, साउन ४ गते । पोलियो रोगका कारण दुवै खुट्टा कामै नलाग्ने भएपछि मोरङ मङ्गलबारेका पुष्पबहादुर बोहोरा (५७) का जीवनमा कहिल्यै खुशीका दिन आएनन् । सबैथोकको भर हात भएपछि हात टेकेर हिँड्नुपर्ने उहाँको बाध्यता छ । चौध वर्षको उमेरमा पोलियो रोग लागेपछि उहाँ दुवै खुट्टाले अपांग हुनुभयो । उपचारका लागि उत्तिबेलै धरानस्थित बिपी कोइराला स्वास्थ्य […]

काठमाडौँ, साउन ४ गते । निर्वाचन आयोगले रुकुम र नवलपरासी बाहेकका जिल्लामा ‘जिल्ला समन्वय समिति गठन गर्न निर्देशन दिएको छ । आज बसेको आयोगको बैठकले दोस्रो चरणमा सम्पन्न भएको ३५ जिल्ला मध्ये ३३ जिल्लाको समन्वय समिति गठन गर्न निर्देशन दिएको आयोगका प्रवक्ता सूयप्रसाद शर्माले विज्ञप्ती मार्फत जानकारी गराए । उनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘दाेस्राे चरणमा गाउँपालिका/नगरपालिकाको […]

काठमाडौँ, साउन ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार नै १६५ निर्वाचन क्षेत्र कायम गरिने स्पष्ट पार्नुभएको छ । नेपाल इन्जिनियर्स एसोसिएसनको पच्पन्नौँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले २४० निर्वाचन क्षेत्र हुने हल्लाको भ्रममा नपर्नसमेत सबैमा आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले आगामी मङ्सिरभित्रै तीनवटै तहको निर्वाचन सम्पन्न गरिने गृहकार्यमा सरकार जुटेको बताउँदै “माघ ७ […]

काठमाडौँ, साउन ३ गते । सरकारले करको आधार विस्तार र कर प्रणालीमा सुधारको प्रतिबद्धता व्यक्त गर्दै मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउन कुनै कसर नराख्ने बताएको छ । अघिल्लो आर्थिक वर्षमा सरकारले संकलन गरेको राजस्व तथा अर्थमन्त्रालयका कामकारबाहीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले देशलाई आर्थिक समृद्धिको बाटोमा अग्रसर गराउन मन्त्रालय लागिपरेको […]

काठमाडौँ, साउन ३ गते । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालले यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । सिङ्गापुरमा भइहरेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा आज नेपालले दोस्रो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको हो । सिङ्गापुर क्रिकेट क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । सन्दिपको कसिलो बलिङका कारण […]

काठमाडौँ, साउन २ गते । सरकारले स्थानीय तहको सञ्चालनका लागि ‘नमूना कानून’ ल्याएको छ । स्थानीय तहले कानून नबनाउँदासम्म ‘नमूना कानून’का भरमा काम गर्नुपर्ने छ । संघीय मामिला तथा स्थानीय विकास सचिव दिनेशकुमार थपलियाले संक्रमणकालीन अवस्थामा एकै प्रकारको कानूनबाट स्थानीय तह सञ्चालनका लागि नमूना कानून ल्याइएको जानकारी गराउनुभयो । ती कानूनमा सबै स्थानीय तहले एउटै […]

काठमाडौँ, साउन २ गते । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक वर्ष २०७३÷७४ मा रु छ खर्ब १२ अर्ब राजश्व संकलन भएको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद् अर्थसमितिको आजको बैठकमा उहाँले लक्ष्यभन्दा १०८ प्रतिशत राजश्व संकलन भएको जानकारी दिनुभएको हो ।गत आर्थिक वर्षमा सरकारले रु पाँच खर्ब ६५ अर्ब राजश्व उठाउने लक्ष्य निर्धारण गरेको थियो । अर्थमन्त्री […]