समाचार

आचारसहिंता पालना गर्न÷गराउन सबै लाग्नुपर्ने; स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड

ललितपुर, कात्तिक १३ गते । राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, कर्मचारी, पत्रकारलगायतले निर्वाचनको समयमा आचारसहिंताको पालना गर्न गराउन सबै लाग्नुपर्नेमा जोड दिएका छन् । जिल्ला निर्वाचन कार्यालय ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा ललितपुरका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले आचारसहिंताको उल्लंघन हुँदा आयोगले गरेको व्यवस्थाअनुसार कारबाही हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य जरिवानादेखि उम्मेदवारी […]


शान्तिपूर्ण निर्वाचनका लागि सुझाव संकलन

रत्ननगर, चितवन, कात्तिक १२ गते । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आज जिल्लामा सुझाव संकलन गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनको आयोजनामा आज जिल्लाका राजनीतिक दलहरुसँग सुझाव संकलन गरिएको हो । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले भयरहित र सहज रुपमा निर्वाचन सफल पार्न सबैको सहयोगको खाँचो रहेको औँल्याउनुभयो […]


बूढानीलकण्ठलाई विश्वसम्पदामा सूचीकृत गराउन माग

काठमाडौँ, कात्तिक १२ गते । कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म बूढानीलकण्ठ नारायणस्थानमा लाग्ने मेलामा यहाँको महत्व बुझाउन श्रीमद्भागवत महापुराण शुरु गरिएको छ । हरिबोधिनी एकादशीदेखि पाँच दिनसम्म यहाँ विशेष मेला लाग्ने गरेको छ । हरि र हर दुवैको स्वरुप रहेको बूढानीलकण्ठको माहात्म्य सुनाउन आजदेखि आयोजना गरिएको भागवतको उद्घाटन गर्दै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाले […]


मृतकका परिवारलाई दश लाख रुपैयाँ राहत उपलब्ध गराउन अनुरोध गरिने

झापा । कात्तिक ११ गते । प्रहरीले चलाएको गोली लागरे मृत्यु भएका अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय नरेश थापाको परिवारलाई रु दश लाख राहत उपलब्ध गराउन तत्काल गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ । आज बिर्तामोडमा बसेको सर्वदलीय वैठकले मृतकका परिवारलाई तत्काल राहतका लागि बिर्तामोड नगरपालिका, जिल्ला समन्वय समिति झापाले रु २५÷२५ हजार र […]


पर्यटकीय सवारीसाधनलाई व्यवस्थित बनाउन बसपार्क

काठमाडौँ, कात्तिक ११ गते । पर्यटकीय सवारी साधनलाई व्यवस्थित बनाउनका लागि पर्यटकीय बसपार्क आवश्यक रहेको व्यवसायीले बताएका छन् । टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)को ‘सातौँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम’का वक्ताले देशको विकासको मुख्य आधार पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि बसपार्क आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा पोखरा पर्यटन विकास परिषद्का अध्यक्ष केदारनाथ […]


हिउँदको विद्युत व्यवस्थापनका लागि भारतबाट थप ५ मेगावाट विद्युत ल्याइने

काठमाडौँ, कात्तिक १० गते । नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदको विद्युत माग व्यवस्थापनका लागि टनकपुर नाकाबाट थप पाँच मेगावाट विद्युत आयात गर्ने भएको छ । सोसम्बन्धी सम्झौतामा भारतको नयाँ दिल्लीमा आज भएको द्विपक्षीय सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतका तर्फबाट अरुणकुमार गार्गले हस्ताक्षर गर्नुभएको छ । गत वर्ष सोही नाकाबाट प्राधिकरणले ३५ मेगावाट […]


जंगली हात्तीलाई उत्तेजित नपार्न आग्रह

चितवन, कात्तिक १० गते । हिउँदको समयमा मानव बस्तीमा आउने जंगली हात्तीलाई तर्साएर उत्तेजित नपार्न चितवन राष्ट्रिय निुकञ्जले सर्वसाधारणमा आग्रह गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट ठोरी, माडी हँुदै चितवन राष्ट्रिय निकुञ्जमा आउने जंगली हात्तीले निकुञ्ज आसपासका बस्तीमा सताउँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली […]


विद्यालय निर्माण गर्न आएको विदेशी टोली संस्कृतिबारे जानकारी लिई फर्कियो

कञ्चनपुर, कात्तिक १० गते । भूकम्पप्रतिरोधी विद्यालय भवन निर्माणका लागि चार दिनअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ सिसैया पुगेको विदेशी टोलीका सदस्य यहाँको संस्कृति र कलाबारे जानकारी लिई बिहीबार फर्किएका छन् । टोलीका सदस्यले मंगल आधारभूत विद्यालयको तीनकोठे भवन निर्माणका लागि श्रमदानसँगै स्थानीय बासिन्दासँगै बसेर संस्कृति, रहनसहन, पहिरन, परम्परागत नृत्य र गहनाबारे जानकारी लिएर फर्किएका हुन् […]


दशैँ तिहार बिदामा रानीमहलमा पर्यटकको चहलपहल बढ्यो

पाल्पा, कात्तिक १ गते । तानसेन नगरपालिका–१३, बौघागुम्बास्थित रानीमहलमा पर्यटकको चहलपहल बढेको छ । रानीमहल दरबारसम्म सवारी आवागमन सहज भएपछि पर्यटकको चहलपहल बढेको हो । रानीमहल तानसेनदेखि १३ किलोमिटर उत्तर कालीगण्डकी नदी किनारस्थित चट्टानमा रहेको छ । दशैँ तिहारको बिदा र सडक मर्मतपछि यहाँ आउने पर्यटक बढेका हुन् । कालीगण्डकी नदीको भिरालो चट्टानमा अवस्थित नेपालको […]


फूल खेतीप्रति उत्साह भएन

चितवन, कात्तिक १ गते । बाली नहुने सुख्खा बलौटे जमिनमा सयपत्री फूल लगाएर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् चितवनका किसान । भरतपुर महानगरापालिका वडा नं. ७ प्रेम बस्तीको सुख्खा बलौटे बारीमा वर्षौंदेखि खेती हुन छाडेको थियो । एक दशक अगाडि तोरी, तिल, फापरलगायतका बाली हुने त्यस क्षेत्रमा केही वर्षदेखि हुन छाडेपछि हैरान […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter