समाचार

इञ्जिनियर फिर्ता हुँदा पुनः सर्भेक्षण प्रभावित

गोरखा, कात्तिक २६ गते । यहाँका भूकम्प प्रभावित बस्तीमा भूकम्पले भत्किएका घर पुनः सर्भेक्षण गर्न खटिएका इञ्जिनियर फिर्ता भएपछि सर्भेक्षणको काम प्रभावित भएको छ । साउन २८ गतेदेखि गाउँमा परिचालन गरिएका २८ जना इञ्जिनियरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यालयको निर्देशनमा जिल्लास्थित कार्यालयले फिर्ता बोलाएको हो । गोरखाका ११ स्थानीय तहका ११ हजार भूकम्पपीडितले घर भत्किए […]


काठमाडौंको भंगालमा स्पोर्टस् भिल्ला सञ्चालनमा

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका –८ स्थित सुन्दरवस्ती भंगालमा नौलिन स्पोर्टस् भिल्ला सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका दुई वटा डबल र एउटा सिंगल टेनिस कोर्टसहितको नौलिन स्पोर्टस् भिल्ला शनिबार सञ्चालनमा आएको हो । उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले मनोज राणासँग टेनिस खेलेर स्पोर्टस् भिल्लाको शुभारम्भ गर्नुभयो । उद्घाटन कार्यक्रममा काठमाडौं–४ मा प्रतिनिधिसभा उम्मेदवारहरु नेपाली कांग्रेसका […]


एक वर्षमा एक्काइस हजारको स्वास्थ्य बीमा

इलाम, कात्तिक २५ गते । स्वास्थ्य बीमा कार्यक्रम लागू भएको एक वर्षभित्रमा जिल्लामा २१ हजार २६४ जनाले स्वास्थ्य बीमा गराएका छन् । सामाजिक सुरक्षा विकास समिति इलामले गतवर्ष असार १५ गतेबाट स्वास्थ्य बीमा दर्ता प्रक्रिया शुरू गरी भदौ १ गतेबाट सेवा दिन शुरू गरेको थियो । स्वास्थ्य बीमा गराउने २१ हजार २६४ जनामध्ये १४ हजार […]


अब नेपालको आर्थिक, सामाजिक रुपान्तरणले मुर्तरुप पाउँछ : राष्ट्रपति भण्डारी

सिन्धुली, कात्तिक २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले अब नेपालको आर्थिक सामाजिक रुपान्तरणले मूर्तरुप पाउने बताउनुभएको छ । ऐतिहासिक सिन्धुली गढीको २५० औँ विजय उत्सवको अवसरमा ठूलो गढीमा झण्डोत्तोलनपछि राष्ट्रपति भण्डारीले अबको प्रतिनिधिसभा र प्रदेशसभाको सफल निर्वाचनपछि आर्थिक सामाजिक रुपान्तरणले मूर्तरुप पाउने बताउनुभयो । संविधानले निर्दिष्ट गरेअनुरुप संघीय संसद र प्रदेशस्तरमा निकट भविष्यमा हुन लागेको […]


बाहिरी चक्रपथ निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया शुरु

काठमाडौँ, कात्तिक २४ गते । बाहिरी चक्रपथ निर्माणको चर्चा चलेको एक दशकपछि उपत्यकाका तीनै जिल्ला जोडिने ७३ किलोमिटर लामो चक्रपथ निर्माणको काम अघि बढेको छ । चक्रपथ निर्माणको पहिलो चरणमा चोभार–गाम्चा–सतुंगल ६.६ किमी दूरीको ३.५ वर्ग किमी जग्गा विकास गर्न जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान शहरी विकास मन्त्री दिलनाथ गिरीले यसै साता निर्णय गर्नुभयो […]


५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने

काठमाडौँ, कात्तिक २४ गते । नेकपा(माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले अघाँखाची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने बताउनुभएको छ । उहाँले सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडी–सुर्खेत तथा चाक्ला जुकेना–प्युठानसहित सात केन्द्रीयस्तरका सडक कालोपत्रे गर्ने, जिल्लाका पर्यटकीय दृष्टिले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक संरचनाको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्ने कार्यक्रम राखिएको रासससँग काठमााडौँमा भएको […]


हेलिकोप्टरमार्फत खोटाङमा निर्वाचन सामग्री

खोटाङ, कात्तिक २३ गते । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री आज नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । हेलिकोप्टरमार्फत मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारलगायत आवश्यक सामग्री ढुवानी गरिएको हो । एक लाख २५ हजार १८३ मतदाता रहेको जिल्लामा निर्वाचन सामग्री ल्याइएसँगै निर्वाचनको […]


आर्थिक अभावले उपचारमा बाधा

बागलुङ, कात्तिक २३ गते । घाँटीको क्यान्सरबाट पीडित गलकोट नगरपालिका–७ सिरवारेकी ५४ वर्षीया कौशिला दर्जीको उपचारमा आर्थिक अभाव भएको छ । क्यान्सरको उपचारका लागि किमो गर्न नसकेपछि दर्जीका परिवारले सहयोगको याचना गरेका छन् । दर्जी गत जेठ २४ गतेदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ । “ऋण काढेर चार पटक किमो चढाइयो, अझै दुई वटा चढाउनलाई […]


नेपाली अलैँचीको ‘ट्रेड मार्क’ दर्ता प्रक्रियामा

नारायण तुम्बापो / फिदिम, कात्तिक २२ गते । अलैँचीको मूल्य धेरै घटेर निराश भइरहेका किसानका लागि खुसीको खबर छ । मूल्यमा समेत सुधार ल्याउन सक्ने गरी नेपाली अलैँचीको ‘ट्रेड मार्क’ दर्ता प्रक्रियामा रहेको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक नेपालले नेपाली अलैँचीको ‘ट्रेड मार्क’ दर्ता प्रक्रियामा रहेको बताउनुभयो । दर्तापछि सीधै अन्तर्राष्ट्रिय […]


राजनीतिको प्रयोगशाला मात्रै बन्दै आयो प्यूठान

प्यूठान, कात्तिक २२ गते । केन्द्र र बाहिरबाट झट्ट हेर्दा प्यूठान वामपन्थीको उर्वर भूमिको रुपमा चिनिन्छ तर विकासमा सधैँ पछि छ । यहाँ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहदेखि शुरु भएको वामपन्थी राजनीति मोहन वैद्य, बामदेव गौतम, लीलामणि पोख्रेल, मणि थापासम्म आउँदा पनि सधैँ प्रयोगशालाका रुपमा मात्रै जिल्ला रहन पुगेको गुनासो सुनिन्छ । त्यति मात्रै होइन […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter