समाचार

जनकपुरधाम सबैका लागि प्रेरक – प्रधानमन्त्री देउवा

जनकपुरधाम, कात्तिक २२ गते । जनकपुरधाममा आज एकै दिनमा एक करोडभन्दा अधिक पार्थिव शिवलिङ्ग बनाई पूजन महायज्ञ गरी नयाँ कीर्ति कायम गरिएको छ । विश्वमै पहिलो पटक एकै दिनमा एक करोडभन्दा अधिक पार्थिव शिव पूजनको कीर्ति कायम गर्न देश र विदेशका लाखौं आस्थावान्को जनकपुरधाममा आगमन भएको थियो । प्राकृतिक विपद्बाट रक्षा तथा सुख, शान्ति, कल्याण […]


आफ्नो मत खरिदबिक्री नगर्न आह्वान

धुलिखेल, कात्तिक २१ गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदाता र राजनीतिक दलका प्रतिनिधिलाई मत खरिदबिक्रीमा नलाग्न आह्वान गर्नुभएको छ । निर्वाचन आयोगले आज यहाँ आयोजना गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा डा यादवले राजनीतिक दल र मतदातालाई आफ्नो मत सुरक्षित गर्न आग्रह गर्दै भन्नुभयो “मतदाता शिक्षा र मतदान गर्ने काम मतको […]


निकुञ्ज हुँदै माडी जाँदा लाग्ने शुल्क हट्यो

चितवन, कात्तिक २१ गते । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाँदा लाग्ने गरेको कर हटाइएको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निकुञ्जमा लाग्ने कर हटाउने निर्णय गरी राजपत्रमा प्रकाशनका लागि पठाइसकिएको बताउनुभयो । अबको केही दिनमा नै सो निर्णय कार्यान्वयनमा आउने उहाँले बताउनुभयो […]


स्वदेशी ५२ संस्थाका ४४ हजारलाई निर्वाचन पर्यवेक्षणको अनुमति

काठमाडौँ, कात्तिक १९ गते । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी चार संस्थालाई अनुमति दिएको छ । आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४ हजार १४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति प्रदान गरिएको हो । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सबैभन्दा धेरै १० हजार तथा […]


उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने

काठमाडौँ, कात्तिक २० गते । जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ । विसं २०७२ वैशाख १२को भूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौँ उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र उपत्यका बाहिर १० वटा जिपिएस केन्द्र निर्माणका लागि सहयोग गरेको थियो । सोहीअनुसार साँगा, कपन, लुभू, सिनामंगल, थानकोट […]


पेट्रोलियम पाइपलाइन निर्माण कार्य तीव्र

दीपकप्रसाद गौतम / वीरगञ्ज, कात्तिक २० गते । करिब चार अर्ब भारतीय रुपियाँको लगानीमा निर्माण हुँदै गरेको भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ६९ दशमलव नौ किलोमिटरकोे पेट्रोलियम पाइपलाइनको कामले तीव्रता पाएको छ । बहुप्रतीक्षित उक्त परियोजना मोतीहारी–रक्सौल ३३.२ किलोमिटर र रक्सौल–अमलेखगञ्ज ३६.७ किलोमिटरको हुनेछ । परियोजनाको सिमरास्थित कार्यालय प्रमुख मेकानिकल इन्जिनियर शरद पौडेलका अनुसार पाइपलाइन कार्य […]


अन्तर्राष्ट्रिय याक अट्याक साइकल दौड शुरु

बेँसीशहर, लमजुङ, कात्तिक १९ गते । विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिताको ११ औँ संस्करण आजदेखि शुरु भएको छ । उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१७’ साइकल दौड प्रतियोगिता बँेसीशहरबाट शुरु भएको हो । अघिल्लो वर्ष काठमाडाँैबाट शुरु भएको प्रतियोगिताको दशौँ र ११ औँ संस्करण बँेसीशहरबाट शुरु भएको […]


थोरै जग्गा हुने किसानलाई मल्चिंग प्रविधि लाभदायी

पाल्पा, कात्तिक १९ गते । तानसेन–१२ बौघापोखराथोकस्थित देवीबहादुर राना एकै याम चार तरकारी बाली फलाउन लागिपरेका छन् । मल्चिंग प्रविधिकै कारण उनी एउटै बारीमा चार प्रकारका तरकारी बाली फलाउन सफल भएका छन् । बारीमा ड्यांग बनाएर गरिएको गोलभँेडा खेतीबाट अहिलेसम्म उनले रु एक लाख आम्दानी लिइसके । गोलभेँडाबीच भागमा अहिले गोभी, सिमी र बोडीका बिरुवा […]


टिएमजेमा गुराँस फँडानी तीव्र

तेह्रथुम, कात्तिक १८ गते । संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानूनीरुपमा रूख कटान र जडीबुटी संकलन भइरहेका छन् । जनसंख्या बृद्धिसँगै वर्षेनी यस्ता गतिविधि बढेर गइरहेको भएपनि यसतर्फ कसैको ध्यान जान सकेको छैन् । वन संरक्षण गर्नुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि इन्धनका लागि दाउराको विकल्प नभएकै कारण स्थानीयवासीले गुराँसे वन फँडानी गर्न वाध्य छन् […]


वाम गठबन्धन घोषणापत्र : घरघरमा बिजुली जनजनमा शेयर

काठमाडौँ, कात्तिक १८ गते । ‘घरघरमा बिजुली ः जनजनमा शेयर’ भन्ने नाराका साथ वामपन्थी गठबन्धनले ऊर्जा क्षेत्रको विकासका लागि महत्वाकांक्षी योजनाका साथ आफ्नो चुनावी घोषणापत्र तयार गरेको छ । मुलुकलाई ऊर्जा उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गठबन्धनले सबै नागरिकलाई शेयरधनी बनाउने र लगानीका लागि आन्तरिक पूँजी परिचालन गर्ने कार्यक्रम तय गरेको छ । ‘नेपालको पानी […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter