समाचार

पुनः मतदान गराउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, जेठ २२ गते । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज भरतपुर महानगरपालिकाको वडा नं १९ मा यही जेठ २८ गतेसम्मका लागि निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको […]


एक करोडको लगानीमा पूर्वाधार विस्तार ; महिलाको सक्रियतामा सडक निर्माण

म्याग्दी, जेठ २२ गते । निलगिरि हिमालको काखमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराहमा करिब रु एक करोडको लागतमा धमाधम पूर्वाधार विस्तारको काम भइरहेको छ । स्वदेश तथा प्रवासमा रहेका स्थानीय पाउद्वार र शिखका युवाले आर्थिक सङ्कलन गरी रु ९८ लाख ८६ हजारको लागतमा पूर्वाधार निर्माण कार्य भइरहेको स्थानीय क्या राजु पुनले जानकारी […]


मकै, गहुँ छाडेर जडीबुटी खेती

नेपालगञ्ज, जेठ २२ गते । राम्रो उत्पादन र आम्दानी हुन थालेपछि बाँकेको शम्सेरगञ्ज, महादेवपुरी र चिसापानीका किसान जडीबुटी खेतीतर्फ आकर्षित भएका छन् । गहुँ र मकै लगाउँदा खान नपुग्ने जग्गामा सुगन्धित तेल उत्पादन गर्ने जडीबुटी लगाएर गाउंँका किसानले राम्रो आम्दानी गरेका छन् । चारवर्ष वर्षयता बाँकेका केही गाउँका जग्गामा मकै र गहुँको खेतीभन्दा जडीबुटी बढी […]


‘निर्वाचन खर्च हालसम्म करिब पाँच अर्ब’

काठमाडौँ, जेठ २१ गते । स्थानीय तहको निर्वाचनमा हालसम्म करिब रु पाँच अर्ब खर्च भएको छ । सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा वैशाख ३१ गते गर्ने गरी निर्वाचन आयोगलाई रु १० अर्ब २८ करोड ४९ लाख ७२ हजार १६८ उपलब्ध गराएको थियो । सरकारले निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन आवश्यक रहेको जनाउँदै दोस्रो चरणको […]


पर्यटनबाट करिब रु ४२ अर्ब आम्दानी

काठमाडौँ, जेठ २१ गते । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट गत आर्थिक वर्ष करिब रु ४२ अर्ब आम्दानी भएको छ । सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३÷७४ अनुसार आव २०७२÷७३ मा पर्यटन क्षेत्रबाट रु ४१ अर्ब ७६ करोड ५० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यो आर्जन विदेशी मुद्राको अनुपातमा […]


आफूले काम लगाउनसकिने मान्छेलाई मत दिऔँ : पूर्वप्रधानन्यायाधीश

सोलुखुम्बु,जेठ २१ गते । पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानवाधिकार आयोगका पूर्वअध्यक्ष केदारनाथ उपाध्यायले यसपटक स्थानीय निकाय नभई स्थानीय तहको निर्वाचन भएका कारण सोहीअनुसारको व्यक्तिलाई मतदान गर्नुपर्ने बताउनुभएको छ । लोकतान्त्रिक स्वतन्त्र मानवाधिकार संस्था, काठमाडौँको आयोजनामा आज सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सम्पन्न ‘स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन’ विषयक अन्तक्र्रियामा उपाध्यायले निर्वाचनबाट स्थानीय सरकार गठन हुने भएकाले आफूहरुले काम […]


आरोही फर्किएपछि सगरमाथा आधारशिविर सुनसान; पर्यटन मन्त्रालयको सहयोगमा पदमार्ग निर्माण सुरु

सोलुखुम्बु, जेठ २० गते । हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेपछि अहिले सगरमाथा आधारशिविर सुनसान देखिएको छ ।सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधारशिविर अहिले सुनसान देखिएको हो । आरोहणको मुख्य मौसम (चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म) यो आधारशिविर हजारौँ आरोहीले भरिएका हुन्छन् । अहिले त्यहाँ सगरमाथा प्रदूषण नियन्त्रण […]


पुगेन बीमा किसानसम्म

बाबुराम शर्मा / चरिकोट, जेठ २० गते । दोलखाको भीमेश्वर–३ का रमेश थापा पाँच वर्षदेखि दुई रोपनीभन्दा बढी जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । तरकारी खेतीलाई मुख्य आयस्रोत बनाउनुभएका थापाको बाली बीमा गर्ने इच्छा पूरा हुन सकेको छैन । बाली बीमा गरेमा असिना, खडेरी, रोग कीराले सताउँदा क्षतिपूर्ति पाउने सुनेको छु, जानकारी नहुँदा […]


निजी आवास अनुदान रकम वितरण कार्य सुरु

खोटाङ, जेठ २० गते । खोटाङका भूकम्पपीडितलाई निजी आवास अनुदान रकम वितरण गर्न थालिएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त निजी आवास तथा भवन पुनःनिर्माणका लागि शुक्रबारदेखि सालपा विकास बैंक र सेञ्चुरी कमर्सियल बैंकबाट अनुदान वितरण सुरु गरिएको हो । भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माणका लागि उनीहरुलाई पहिलो किस्ताबापत रु […]


छाता ओढेर नमुना मतदान, एक सय दुई मत खस्यो, १० मत बदर;  एउटै पदमा सासूबुहारीको प्रतिस्पर्धा

  काठमाडौँ, जेठ १९ गते । शुक्रबार दिउँसो १२ बजे । स्थानीय र सुरक्षाकर्मी मतदान स्थल बनाउँदै थिए । निर्वाचन कार्यालयका कर्मचारी निर्वाचन साम्रागी व्यवस्थापनमै व्यस्त । धुमिलो आकाश । धेरै जनाले आकाशतिर हेरेर विभिन्न अड्कलबाजी गर्दै थिए । आज पक्कै पानी पर्छ । नभन्दै केहिबेरमै पानी पर्न थाल्यो । खुल्ला चौरमा मतदान केन्द्र भएकाले […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter